वैदेशिक व्यापारमा असन्तुलन
१० वैशाख २०८१
•
४ मिनेट पाठ
वैदेशिक व्यापारमा असन्तुलन
अर्थतन्त्रमा देखिएको मन्दीको कारण मुलुकको वैदेशिक व्यापारमा असन्तुलन देखिएको छ। बजारमा उत्पादन र उपभोग घट्दा पोहोरको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१को नौ महिना(चैतसम्म)मा वैदेशिक व्यापारमा कमी आएको छ। आयात, निर्यात दुबै घटेको छ।




हरेक वर्ष वैदेशिक व्यापार वृद्धि हुँदै गए पनि चालु आवको चैत्रमसान्तसम्मको तथ्यांक अनुसार पोहोरको तुलनामा वैदेशिक व्यापारमा ३८ अर्ब ४८ करोड रूपैयाँले कमी आएको छ। मुलुकको व्यापार घाटा १० खर्ब ५३ अर्ब रूपैयाँ रहेको छ।

अर्थतन्त्रमा देखिएको शिथिलताको असर वैदेशिक व्यापारमा देखिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले बताए। ‘उपभोक्तामा क्रयशक्ति नभएपछि उपभोग भएन,’ राणाले भने, ‘उपभोग घटेपछि वस्तुको आयात पनि घट्यो।’

गत आवको नौ महिनामा १३ खर्ब १९ अर्ब ७८ करोड रूपैयाँको वैदेशिक व्यापार भएकोमा यो वर्षको सोही अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रूपैयाँमा खुम्चिएको भन्सार विभागले जनाएको छ। पोहोरको तुलनामा ३८ अर्ब ४७ करोड रूपैयाँले वैदेशिक व्यापार घटेको छ। विभागका अनुसार २.९२ प्रतिशतले कमी आएको छ।

आयात व्यापार २.८४ प्रतिशत र निर्यात ब्यापार ३.६६ प्रतिशतले गिरावट आएको हो। पोहोर यो अवधिमा १२ खर्ब एक अर्ब ५० करोड रूपैयाँको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रूपैयाँको मात्र वस्तु आयात भएको छ।

पोहोरको तुलनामा आयात ३४ अर्ब रूपैयाँले घटेको छ। विगतमा निर्यात बर्सेनि बढ्दै गएकोमा कोभिड यता निर्यात व्यापार चिन्ताजनक बनेको छ। पोहोरको तुलनामा निर्यात ३.६६ प्रतिशतले घटेको छ।

गत आवको नौ महिनामा एक खर्ब १८ अर्ब २७ करोड रूपैयाँको वस्तु निर्यात भएकोमा यो वर्ष सोही अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। निर्यात चार खर्ब ३३ अर्ब रूपैयाँले घटेको छ।

सेवा व्यापारमा केही सुधार आए पनि वैदेशिक व्यापार चिन्ताजनक अवस्थामा रहेको उनले बताए। ‘आयात, निर्यात दुवै घटेको छ,’ राणाले भने। व्यापार घाटा न्यूनीकरण गर्न बनाएका योजनाहरू कार्यान्वयन गर्न बजेट अभाव भएको राणाको गुनासो छ। ‘व्यापार अभिवृद्धि गर्ने रणनीति बनाए पनि कार्यान्वयनमा आउन सकेको छैन,’ उनले भने।

वैदेशिक व्यापारमा गिरावट आउँदा राजस्वमा पनि असर परेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। राजस्वको प्रमुख स्रोत भन्सार भएकाले प्रभावित भएको हो। नेपालको अर्थतन्त्र आयातमा आधारित रहेको छ।

उपभोग घटेकाले आयात घटेको हो। विकास निर्माणसँग सम्बन्धित वस्तुको आयातमा कमी आएको हो भने पनि त्यसले पुँजीगत खर्च कम भएर अर्थतन्त्रमा असर परेको हो। पोहोरको तुलनामा व्यापार घाटा कम हुनु राम्रो मानिए पनि उपभोक्ताको उपभोग क्षमतामा ह्रास आएका कारण आयात घटेको हो। स्वदेशमा उत्पादन बढेर आयात घटेको भने होइन। अर्थतन्त्रको आकार बढेसँगै निर्यात बढ्नुपर्नेमा त्यो पनि घटेको छ।

आयात र निर्यात दुवै घट्नु अर्थतन्त्रका लागि राम्रो नभएको अर्थ क्षेत्रका जानकार बताउँछन्। आयात र निर्यात दुवै घट्नु अर्थतन्त्रका लागि राम्रो होइन। यो अर्थतन्त्र सुस्ताएको संकेत हो। अर्थतन्त्रमा विस्तारै सुधार होला भन्ने अपेक्षा छ।

सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आए पनि नेपालको सवा सयभन्दा बढी मुलुकसँग व्यापार घाटा रहेको छ। नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। दोस्रो व्यापार घाटा चीनसँग रहेको छ। भौगोलिक सीमा जोडिएका छिमेकी मुलुक भारत र चीनसँग सबैभन्दा धेरै व्यापार घाटा रहेको छ।

सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापारमा उत्साह आउन सकेको छैन। नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा तेल, धागो, अलैंची, उनी गलैंचा कार्पेट, जुटबाट बुनिएका कपडा, चिया, फलफूल जुस लगायतका वस्तुहरू रहेका छन्। निर्यातलाई प्रोत्साहन गर्न सरकारले सिमेन्ट लगायतका करिब तीन दर्जन वस्तु निर्यातमा आठ प्रतिशतसम्म अनुदान दिने नीति लिएको छ।

उच्च निर्यात गर्ने सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायत निर्यात हुने विश्वास लिइएको छ। सरकारले करिब तीन दर्जन वस्तु निर्यातमा अनुदान दिने गरी कार्यविधि बनाएर प्रयोगमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि’ जारी गरिसकेको छ।

स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवद्र्धनका लागि निजीक्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर, जुत्ता लगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवद्र्धन गर्ने योजना बनाएको छ।
अर्को समाचार
बहुमूल्य वस्तुको निकासीलाई प्रोत्साहित गर्न माग
०८ साउन २०७८
•
२ मिनेट पाठ
बहुमूल्य वस्तुको निकासीलाई प्रोत्साहित गर्न माग
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन नेतृत्वको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर कोभिड–१९ को दुष्परिणामबाट शिथिल बनेको अर्थतन्त्रको पुनरुत्थान गर्न र बाह्य व्यापारमा देखिएको अत्याधिक घाटा कम गर्न अवलम्बन गर्नुपर्ने उपायबारे सुझाव प्रस्तुत गरेको छ।  




मुलुकको वैदेशिक व्यापारमा असन्तुलन बढेर आयात ९२ प्रतिशत र निर्यात ८ प्रतिशतमा सीमित हुन पुगेको गम्भीर अवस्थालाई दृष्टिगत गरी अर्थतन्त्रमा महत्वपूर्ण रूपमा मूल्य अभिवृद्धि गर्न सक्ने बहुमुल्य वस्तुको निर्यातलाई प्रोत्साहित गर्नुपर्नेमा महासंघले जोड दिएको छ।  

महासंघका अनुसार देशभित्र बर्सेनि अर्बौं मूल्यका सुन, चाँदी, रत्न, पत्थर आदि बहुमूल्य वस्तु आयात हुन्छ। स्वदेशमा रहेका बहुमूल्य धातु तथा रत्न, पत्थरको उत्खनन र प्रशोधन भएमा आयात प्रतिस्थापनमा ठूलो टेवा पुग्ने र निर्यात पनि गर्न सकिने महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक बहुमुल्य गहनाप्रति ठूलो आकर्षण रहेको भन्दै महासंघले नेपालबाट निकासी हुने अन्य वस्तुले पाएसरहको सुविधा बहुमूल्य गहनाको निकासीमा दिनुपर्ने जनाएको छ। अर्थतन्त्रमा बढी लाभ दिन सक्ने क्षेत्र नै कुष्ठित भएकोले निर्यात व्यापारले गति लिन नसकेको भन्दै महासंघले कम तौल र उच्च मूल्यका गहनाको निर्यातलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएको छ । यसबाट विद्यमान व्यापार घाटा कम गर्नमा उल्लेख्य योगदान हुन सक्ने भएकोले त्यसतर्फ अविलम्ब कदम चाल्नुपर्ने महासंघको भनाइ छ।  

आभूषण व्यवसायले बृहत् आकार लिइसकेको र आम नागरिकको ठूलो लगानी भइसकेको यस क्षेत्रलाई थप व्यवस्थित तुल्याउनुपर्नेमा जोड दिएको महासंघले सुन आयातमा कायम कोटा हटाउन भनेको छ। कोटा निर्धारण गरी बढ्दो मागलाई नियन्त्रण गरिएको र आयातको एकाधिकार वाणिज्य बैंकहरूलाई मात्रै दिइएकोले बहुमूल्य गहनाको कच्चा पदार्थको आपूर्तिमा अन्योलको स्थिति उत्पन्न हुने गरेको महासंघको गुनासो छ। यस्तो असन्तुलित परिस्थितिको फाइदा अवैध कारोबारीले उठाइरहेको भन्दै मागको अनुपातमा आपूर्तिलाई सहज तुल्याउन कोटा बढाउन वा बैंकको एकाधिकार अन्त्य गरी सुन आयातलाई ओपन जनरल लाइसेन्स अन्तर्गत ल्याउनुपर्ने महासंघको माग छ।  

प्रतिनिधिमण्डलमा महासंघका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्मा र सह–कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा सहभागी रहेको विज्ञप्तिमा उल्लेख छ। 
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस