उपत्यकामा साझाका ४० बिजुली बस
२८ चैत्र २०८०
•
२ मिनेट पाठ
उपत्यकामा साझाका ४० बिजुली बस
साझा यातायातले काठमाडौंमा उपत्यकाभित्र पहिलोपटक ४० वटा विद्युतीय बस सञ्चालन गरेको छ। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले ४० वटा विद्युतीय बस र २४ वटा चार्जिङ पोइन्टको एकैसाथ औपचारिक उद्घाटन गरे।




साझाले ती बसहरू काठमाडौं उपत्यकाभित्र ‘सिटी बस’ का रूपमा सञ्चालन गर्न थालेको हो। विद्युतीय बस र चार्जिङ पोइन्ट रहेको चार्जिङ डिपो निर्माणको लागत ८५ करोड रूपैयाँभन्दा बढी रहेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए। ती बस उपत्यकाभित्र चल्नेछन्।

काठमाडौं उपत्यकाबाहिर भने अवस्था हेरिकन साझाले प्रदेश सेवाअन्तर्गत ठूला विद्युतीय बस खरिद गर्ने योजना बनाएको उनले बताए। ‘पहिलो चरणमा सिटी बसका रूपमा  

४० वटा बस उपत्यकाभित्र सञ्चालन गर्छौं। त्यसपछि उपत्यका बाहिर पनि बिजुली बस नै चलाउने चाहना हाम्रो छ’, उनले भने, ‘तर विद्युतीय बस चलाउन सडकको अवस्था विचार गरी बिजुली बस अथवा यूरो–६ मापदण्डको बस सेवा प्रस्तुत गर्ने लक्ष्य छ। त्यसका लागि हामीले प्रदेश सरकारसँग पनि सहकार्य गर्नेछौं।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा साझाले विद्युतीय बस चलाउन तीन अर्ब रूपैयाँ पाएको थियो तर बिजुली बस खरिदको अन्योल र चार्जिङ स्टेसन बनाउन चाहिने जग्गा उपलब्ध नभएकोे बताउँदै आएको थियो। साझा यातायात पुल्चोकको हाताभित्र रहेको भवनबाट नेपाल टेलिकम सारेपछि साझाले बिजुली बस पार्किङ र चार्जिङ स्टेसन राखेको हो।  

थप एक अर्ब लगानी गर्दै

साझा यातायातले दोस्रो चरणमा १२ मिटरका बिजुली बस खरिद गर्ने तयारी गरिरहेको छ। दुई महिनाभित्र त्यस्ता बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने योजना रहेको अध्यक्ष दीक्षितले बताए। ती बस खरिद गरेपछि आवश्यक पर्ने चार्जिङ स्टेसन तथा पूर्वाधारका लागि जग्गा अभाव हुने उनी बताउँछन्।

‘दोस्रो चरणमा हामीले दुई महिनाभित्रै १२ मिटरका बसहरूको खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दैछौं,’ उनले भने, ‘विद्युत् चार्जिङका लागि भने अन्य ठाउँ पाएका छैनौं।’ साझा यातायात सञ्चालक समितिले यसअघि नै बिजुली बस सञ्चालनका लागि सरकारले दिएको तीन अर्ब रकम तीन चरणमा खर्च गर्ने निर्णय गरेको थियो।

‘हाम्रा लागि विद्युतीय बस नयाँ प्रविधि भएकाले सरकारी लगानी एकैचोटी खर्च गर्दा कुनै गल्ती हुन सक्छ। त्यसकारण हामीले सरकारको तीन अर्ब लगानीलाई तीन भागमा छुट्याएर खर्च गर्ने योजना बनाएका छौं’, उनले भने। ती बिजुली बस नौ मिटरका छन् भने बसमा ५० जनासम्म यात्रु बस्न मिल्छ।

डिजेल-पेट्रोलको विस्थापन

साझा यातायातले मास ट्रान्सपोर्टेसनमा विद्युतीय परिवहन सेवा सुरु गरेसँगै नेपालमा उत्पादित विद्युत्को खपत बढ्ने भएको छ। मुलुकभित्र उत्पादित बिजुलीको खपत बढ्ने र यसले व्यापार घाटा कम गर्ने अपेक्षा गरिएको छ। हाल साझाले सञ्चालनमा ल्याएका २४ चार्जिङ पोइन्ट रहेको चार्जिङ डिपोमा १.१ मेगावाट बिजुली खपत भएको छ।
अर्को समाचार
काठमाडौं उपत्यकामा पर्दैछ पानी !
०२ जेष्ठ २०८१
•
१ मिनेट पाठ
काठमाडौं उपत्यकामा पर्दैछ पानी !
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिखेर पानी परिरहेको छ। उपत्यकाको मौसम बदली भइ सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र आसपासका क्षेत्रमा पानी दर्किरहेको छ।




मौसम पूर्वानुमान  महाशाखाका अनुसार, बिहान उपत्यकाकाे माैसम सफा रहेकाे थियाे। अहिले दिउँसाेपछि मौसम बदली भइ अहिले उपत्यकामा पानी परेकाे हाे। 

यस्तै,कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा तराई भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहको छ।

गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावारहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढिरहेको छ भने भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पनि देखा परेकाले देशभर आशिंक बदली तथा वर्षा भइरहेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस