हिमाल आरोहणका लागि धमाधम अनुमति लिंदै
१३ चैत्र २०८०
•
२ मिनेट पाठ
हिमाल आरोहणका लागि धमाधम अनुमति लिंदै
वसन्त ऋतुमा हिमाल आरोहण गर्न आरोहीहरूले पर्यटन विभागबाट धमाधम अनुमति लिन थालेका छन्। मार्च पहिलो हप्ताबाट आरोहण अनुमति दिन थालेको विभागले हालसम्म पाँचवटा हिमाल आरोहण गर्ने अनुमति दिइसकेको छ।




साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरूङका अनुसार विश्वको सर्वोच्च हिमाल सगरमाथा, अमादब्लम, हिमालुङ, जुगल र अन्नपूर्ण हिमालका लागि विभागले आरोहीलाई अनुमति दिएको हो। ‘वसन्त ऋतुका लागि हिमाल चढ्न अनुमति लिनेहरू धमाधम आइरहेका छन्’, निर्देशक गुरूङले भने, ‘अहिलेसम्म पाँच हिमालका लागि अनुमति दिएका छौं।’

वसन्त ऋतु सुरु भएसँगै विभागले हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको हो। विभागले हाल सगरमाथा अमादब्लम, हिमलुङ, जुगल र अन्नपूर्ण हिमाल गरी पाँच वटा हिमाल आरोहणको लागि आरोहीहरूलाई अनुमति दिइसकेको छ। हालसम्म २२ देशका ४१ आरोहीले विभागबाट आरोहण अनुमति पाएका छन्।

यसै क्रममा विभागले हालसम्म सबैभन्दा धेरै अनुमति अन्नपूर्ण हिमाल आरोहणका लागि दिएको छ। जसमा दुई समूहबाट १४ जना पुरूष र १० जना महिला गरी जम्मा २४ जना आरोहीले अनुमति लिएका छन्।

यस्तै सगरमाथा हिमालका लागि एक समूहका आठ जना आरोहीले विभागबाट अनुमति लिएका छन् । यसै क्रममा हिमालुङ हिमालका लागि एक समूहबाट तीन महिला र दुई पुरूष गरी पाँच आरोहीले विभागबाट अनुमति लिएका छन्। क्रमशः अमादब्लम आरोहणका लागि एक समूहबाट ३ पुरूष, जुगल हिमाल आरोहणका लागि एक समूहबाट एक महिलाले अनुमति लिएका छन्।

विभागको तथ्यांक अनुसार हालसम्म अनुमति लिने २२ देशमध्ये अमेरिकाका आरोहीको संख्या पहिलो नम्बरमा छ। अमेरिकाका सात जना आरोहीले विभागबाट हिमाल आरोहणका लागि अनुमति लिएका हुन्।

अमेरिकापछि अष्ट्रेलियाबाट पाँच आरोहीले आरोहण अनुमति लिएका छन्। त्यसपछि भने स्पेन र युक्रेनबाट तीनतीन जनाले आरोहण अनुमति लिएका छन्। यसैगरी बेलायत, रोमानिया, जर्मनी र फ्रान्सका दुईदुई जना र बाँकी मुलुकबाट एकएक जना आरोहीले हालसम्म विभागबाट आरोहण अनुमति लिएका छन्।

सगरमाथा आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ। यस याममा सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहण गर्छन्। यसैक्रममा विभागले हिमाल अनुसार आरोहण दस्तुर पनि फरकफरक तोकेको छ।

विभागले विदेशीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा प्रतिव्यक्ति एक हजार एक सय, शरदमा पाँच हजार पाँच सय र अन्य सिजनमा दुई हजार सात सय ५० अमेरिकी डलर दस्तुर तोकेको छ। नेपालीका लागि भने वसन्त ऋतुमा ७५ हजार, शरदमा ३७ हजार पाँच सय र अन्य सिजनमा १८ हजार दुई सय ५० रूपैयाँ प्रतिव्यक्ति शुल्क तोेकको छ।

हाल सरकारले जम्मा चार सय पाँच वटा हिमाल खुला गरेको छ। कुल चार सय पाँच हिमालमध्ये २७ हिमालका लागि आरोहण अनुमति नेपाल पर्वतारोही संघले र बाँकी विभागले दिँदै आएको छ।

विभागका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीबाट आठ जनाले विभागबाट अनुमति लिएका छन्। 
अर्को समाचार
के तपाई प्रकृतिमा रमाउन खोजिरहनुभएको छ? आउनुहोस् ताप्लेजुङ
०७ वैशाख २०८०
•
७ मिनेट पाठ
के तपाई प्रकृतिमा रमाउन खोजिरहनुभएको छ? आउनुहोस् ताप्लेजुङ
वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो। चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन्। तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूर पूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो।




विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो। यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ। 

विश्वको तेस्रो अग्लो (८५८६ मिटरको उचाइमा रहेको) कञ्चनजङ्घा, हिमाल पर्वतारोही र पदयात्रा गर्नेका लागि उपयुक्त गन्तव्य हो। कञ्चनजङ्घासहित त्यस वरपरका परिदृश्यले आरोही एवं पदयात्रीलाई आनन्द प्रदान गर्ने भएकाले उक्त हिमालमा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्। चैत, वैशाख, जेठ, कात्तिक र मङ्सिर महिनामा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू पदयात्राका लागि आउने गरेका छन्। आरोहण भने वैशाख र जेठमा हुने गरेको छ।
पर्यटन व्यवसायीका अनुसार सामान्यतया ४५ दिनमा कञ्चनजङ्घा आरोहण गरेर फर्किन सकिन्छ भने सदरमुकाम फुङ्लिङदेखि कञ्चनजङ्घा आधार शिविर पदयात्रा गरेर फर्किन करिब १७ दिनको समय लाग्छ। कञ्चनजङ्घा जान तीन वटा पदमार्ग छन्। सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने तापेथोक, घुन्सा र अर्को सुकेटार हुँदै सिरिजङ्घा गाउँपालिकाको तेल्लोक याम्फुदिन भएर पुग्न सकिन्छ। यस्तै पाँचथरको गणेशचोक, आम्बेगुदिनस्थित हप्पुखोला र खेवाङ हुँदै अर्को बाटोबाट पनि जान सकिन्छ। याम्फुदिन र तापेथोकसम्म सवारी साधनमै जान सकिन्छ।

झापाको बिर्तामोडबाट मेची राजमार्ग र धरानबाट तमोर कोरिडोर बाटो हुँदै ताप्लेजुङमा आउन सकिन्छ। कञ्चनजङ्घा पदयात्राका क्रममा पहाडका टाकुरा, हरियाली वनजङ्गल, खोला, झरना, हिमाली क्षेत्रका चराचुरुङ्गी र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ। पदयात्राकै क्रममा विभिन्न जातजातिको वेषभूषा, भाषा, संस्कार संस्कृति र रहनसहनलाई समेत नियाल्न पाइन्छ। पदमार्गका विभिन्न ठाउँमा सामान्यदेखि सुविधासम्पन्न होटल सञ्चालनमा रहेका छन्।
नेपालका प्रमुख शक्तिपीठमध्ये यहाँस्थित पाथीभरा मन्दिर पनि एक हो। समुन्द्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन्। अलौकिक शक्तिपीठका रूपमा मानिने पाथीभराको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ। 

यहाँ बडादसैँका बेला अन्य समयमा भन्दा धेरै तीर्थयात्री आउँछन्। त्यसपछि फागुन, चैत र वैशाखमा आउने गर्छन्। चैत, वैशाखमा प्रकृतिको सुन्दरता खुल्ने र मौसमसमेत न्यानो हुने भएकाले यो समयमा घुमघाम र पूजाआजा गर्ने दुवै खालका पर्यटक आउने गर्छन्।  

उच्च क्षेत्रमा पाइने विभिन्न प्रजातिका बोटबिरुवा, गुराँस, रेडपाण्डासहितका जीवजन्तुको अवलोकन गर्दै पुग्न सकिने पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्णसहितका हिमालकोसमेत अवलोकन गर्न सकिन्छ। 

धार्मिकरुपले महत्त्वपूर्ण मानिने पाथीभरामा पुग्नेले प्राकृतिक सुन्दरताको समेत आनन्द लिन सक्छन्। सदरमुकाम फुङ्लिङबाट सुकेटार हुँदै काफ्लेपाटीसम्म सवारीसाधनमा र सोभन्दा माथि हिँडेर जानुपर्छ। काफ्लेपाटी र त्यसमाथि रहेको माथिल्लो फेदीमा दर्जनौं होटल, पसल सञ्चालनमा छन्।

जति हेरे पनि हेरिरहँु लाग्ने मनमोहक फुङ्फुङे झरना पनि यहाँको आकर्षक पर्यटकीय गन्तव्य हो। मिक्वाखोला गाउँपालिकाको साँवामा पर्ने यो झरनामा करिब तीन सय मिटर माथिबाट आरामदायी ध्वनिका साथ कञ्चन पानी झरेको दृश्य देख्न सकिन्छ। यो झरना हिउँदको समयमा पानी सुकेर केही सानो र बर्खाको समयमा निक्कै ठूलो देखिन्छ। झरना भएको ठाउँसम्म नै सवारीसाधन पुग्छन्।

झरनाको अवलोकन गर्ने ठाउँसम्म पुग्न सडकदेखि करिब दुई सय मिटरभन्दा लामो दूरीमा पैदलमार्ग निर्माण भएको छ। झरनाको दृश्य अवलोकनका लागि हेर्ने र बस्ने ठाउँसमेत बनाइएको छ। झरनाको अवलोकनसँगै झरनासहितका तस्बीर कैद गर्न सकिन्छ। नजिकै लिम्बू समुदायको बसोबास भएकाले उनीहरूको रहनसहन समेत देख्न पाइन्छ। सदरमुकामदेखि सो क्षेत्रमा पुग्न सवारी साधनमा करिब तीन घण्टा लाग्छ।

मुलुकका थुप्रै सिमसारमध्ये तिम्बुङ पोखरी सिदिङ्वा गाउँपालिकाअन्तर्गत साविकको कालिखोला गाविसमा पर्ने धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो। चार हजार चार सय ८१ मिटरको उचाइमा रहेको पोखरी चार सय ६६ मिटर उत्तर–दक्षिण लम्बाई र एक सय ४५ मिटर पूर्व–पश्चिम चौडाई रहेको जानकारहरू बताउँछन्।

विशेषगरी नागपञ्चमी र जनैपूर्णिमाको दिन धेरै पर्यटक यहाँ पुग्ने गर्छन्। हिउँ पर्ने समयमा भने यहाँ पुग्न कठिन छ। वैशाखदेखि असोज, कात्तिकसम्म यो पोखरीमा जान सकिन्छ। यस पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै आवाज आउने गरेको बताइन्छ। पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने जनविश्वास छ। पोखरीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भए गरेका पापबाट मुक्ति पाइने पनि मान्यता रहिआएको छ।
मनसुनी समयमा प्राकृतिक सोन्दर्यतामा रमाउन चाहने धेरै मानिस बर्सेनी यो पोखरीमा पुगेर फर्किन्छन्। हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गई सकेपछि ठाउठाउँमा ढकमक्क फुलेका हिमाली फूलले मन नै फुरुङ्ग भएर आउँछ। केन्जो (रेनुम नोविल) माइकोपिला, पदमचाललगायतका फूलहरूले भरिने त्यस क्षेत्रमा पुगेपछि फूलैफूलको बगैँचामा घुमेको आभास हुने गर्छ।

विश्व संरक्षित सूचीमा रहेको रेडपाण्डा, बहुमूल्य जडीबुटी केञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराइतो, यार्सागुम्बा, कुड्की, बुढो ओखतीलगायतका जडीबुटी पनि यही क्षेत्रमा पाइन्छ। फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, गोठालाहरूसँग गोठमै खानु बस्नुको मज्जा छुट्टै छ। गोठमै पनि खान र बस्न पाइन्छ। पछिल्लो समय पदमार्गका केही ठाउँमा होमस्टेसहित होटल पनि खुलेका छन्।

यो पोखरीमा पुग्नलाई पाँचथर वा ताप्लेजुङका दुई वटा फरक रुट रहेका छन्। जताबाट गए पनि दुई दिनकोसम्मको यात्रा गर्नुपर्छ। पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरीजङ्घा स्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ। पाँचथर तर्फबाट जाँदा कालीखोलासम्म र ताप्लेजुङतर्फ सिरीजङ्घाको खेवाङसम्म सवारी साधनमा पुगिन्छ । सोभन्दा माथि एक दिनको पैदल यात्रा गर्नुपर्छ। पोखरीको आसपासमा अरू पनि ससाना थुप्रै पोखरी रहेका छन्। हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयुर पोखरी, नीर पोखरीलगायतका दर्जनौं पोखरीहरू रहेका छन्। यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जलिङलगायतका ठाउँसमेत देख्न सकिन्छ।

दिकीछ्योलिङ गुम्बा चीनको तिब्बतसँग सीमा जोडिएको हिमाली गाउँ ओलाङचुङ्गोलामा रहेको छ। ऐतिहासिक गुम्बामा करिब सयौँ वर्ष पुराना धार्मिक पुस्तक, ऐतिहासिक बुद्धका मूर्ति र अखण्ड बत्ती रहेको छ। धार्मिक रूपमा महत्त्वपूर्ण र ऐतिहासिक यस गुम्बामा देश विदेशका बौद्ध धर्मावलम्बी पुग्ने गरेका छन्।

करिब तीन हजार दुई सय मिटरको उचाइमा रहेको ओलाङचुङ्गोलामा भोटे समुदायका मानिसको मात्र बसोबास छ। पहाडी तथा हिमाली क्षेत्रका प्राकृतिक दृश्यको अवलोकन गर्दै पुगिने ओलाङचुङ्गोलामा ५२ घर परिवारको बाक्लो बस्ती छ। यहाँ पुग्दा भोटे समुदायको भाषा, वेषभूषा र रहनसहनको समेत अवलोकन गर्न सकिन्छ। यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलास्थित सोदु पोखरी, भूत पोखरीसमेत आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेका छन्। यी पोखरीमा वैशाखदेखि असोजसम्म  आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ। सदरमुकामदेखि सवारीसाधन र पैदल गरी दुई दिनको समयमा त्यहाँ पुग्न सकिन्छ।
 यता सदरमुकाम फुङलिङ बजार नजिकै रहेको सिद्धी डाँडासमेत आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। शिवालय मन्दिर र पोखरी रहेको सिद्धी डाँडामा विभिन्न संरचना निर्माण र प्रचारप्रसार हुन थालेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ। चाडबाड, नयाँ वर्षलगायतका अनुकूल समयमा घुमफिरका लागि ठूलो सङ्ख्यामा मानिस जान थालेपछि ती ठाउँको विकासमा समेत स्थानीय सरकारको ध्यानाकर्षण भएको छ। (सन्तोष पुर्कुटी-रासस)
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस