पूर्वपश्चिम राजमार्गबाट मकवानपुरको मनहरी हुँदै राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुर जाने बाटो कालोपत्रे गर्ने तयारी भइरहेको छ।
मनहरी बजारबाट चैनपुरसम्म पुग्ने बाटो कालोपत्रेका लागि धमाधम काम भइरहेको हो। अघिल्लो कार्यकालमा ट्र्याक खोलिएको बाटो अहिले कालोपत्रे हुन लागेको हो।
मनहरीदेखि राक्सिराङको केन्द्र चैनपुर ६ किलोमिटर भएपनि अहिले पहिलो चरणमा ५ किलोमिटर मात्र कालोपत्रे हुने गाउँपालिकाले जनाएको छ।
३० वर्ष भन्दा अघि देखि गोरेटोको रुपमा रहेको बाटोलाई राक्सिराङ गाउँपालिकाले ट्र्याकको रुपमा विस्तार गरेको थियो। अघिल्लो कार्यकालमा बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले यस ट्र्याकको उद्घाटन गरेका थिए।
‘२०७६ सालको अन्तिममा ट्र्याक खोलेको बाटो अब पिच गर्ने तयारीमा रहेको छ। हेटौंडाको डीएस कन्स्ट्रक्सनले धमाधम पिचको लागि काम गरिरहेको छ’, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘आगामी जेठभित्रमा पिचको काम सम्पन्न हुनेछ। निर्माण व्यवसायीले सोही अनुरूप धमाधम काम गरिरहेको छ।’
यो बाटो कालोपत्रे भएपछि वर्षाको समयमा पहिलो भीर र झाडीबाट हिँड्न बाध्य राक्सिराङका बासिन्दा अब गाडीमा हिँड्न पाउने मल्लले बताए। बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयको बजेटमा पिचको काम भइरहेको हो। डीएस कन्स्ट्रक्सनले करिब १३ करोड रुपैयाँमा पिचको ठेक्का पारेको थियाे।
‘यो राक्सिराङ गाउँपालिकाकाकै पहिलो कालोपत्रे हो। यसअघि कुनैपनि बाटो पिच भएको छैन’, अध्यक्ष मल्लले थपे, ‘यसबाट राक्सिराङसहित मकवानपुरकै कैलाश र धादिङको रोराङ गाउँपालिकाका बासिन्दा समेत लाभान्वित हुनेछन्।’
यो बाटो हुँदै धादिङको मलेखु ५२ किलोमिटर र आदमघाट ६५ किलोमिटर रहेको छ। यसलाई वैकल्पिक र छोटो मार्गको रुपमा प्रयोग गर्न सकिने भन्दै राक्सिराङ गाउँपालिकाले पटक पटक आवाज उठाउँदै आएको थियाे। धादिङ जानका लागि राक्सिराङकै मादलसिङबाट बाटो छुटिन्छ। कालोपत्रेसँगै पहिरो आउन सक्ने अवस्थाको भीरमा विभिन्न बिरुवा लगाउने र आवश्यक स्थानमा जाली लगाउने काम समेत गरिने बताइएको छ।
भौगोलिक रुपमा विकट रहेको यस पालिकामा भौतिक विकासको बढी माग हुने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए। ‘विकट क्षेत्र भएकोले पनि यहाँ सामाजिक भन्दा भौतिक विकासकै माग बढी हुने गरेको छ’, गर्तौलाले भने, ‘हामीले सबै क्षेत्रको विकासलाई उत्तिकै महत्वका साथ अघि बढाइरहेका छौं।’
राक्सिराङकै ६ नम्बरसहितका वडाका बासिन्दा छिमेकी जिल्ला चितवनको भण्डारा हुँदै आवतजावत गर्नुपर्ने अवस्थामा रहेका छन्।