जलवायु परिवर्तनले विद्युत् उत्पादन घट्यो
१० फागुन २०८०
•
२ मिनेट पाठ
जलवायु परिवर्तनले विद्युत् उत्पादन घट्यो
सुक्खायाम भएसँगै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन ह्वात्तै घटेसँगै नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा चुनौती थपिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन र मागबीच सन्तुलन नहुँदा विद्युत् व्यवस्थापनमा चुनौती थपिएको छ।




नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलवायु परिवर्तनको कारणले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले हिउँद याममा १० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्दै आइरहेको बताए।

‘नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले कुल जडित क्षमतामध्ये १० प्रतिशत बिजुली मात्रै उत्पादन गर्दै आइरहेका छन्,’ उनले भने, ‘काबेली कोरिडोरमा रहेका विभिन्न आयोजनाको जडित क्षमता दुई सय मेगावाटभन्दा धेरै छ तर अहिले सो कोरिडोरबाट मुस्किलले २० मेगावाट मात्रै बिजुली उत्पादन हुँदै आइरहेको छ।’

कार्यकारी निर्देशक घिसिङले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा धेरै सुक्खायाम लागेकाले पनि बिजुलीको उत्पादन घट्दै आइरहेको दाबी गरे। ‘यो वर्षको हिउँद याममा पर्याप्त मात्रामा हिउँ नै परेको छैन,’ उनले भने, ‘नदीनालामा पानीको वहाव सुकेसँगै विद्युत्को उत्पादन पनि ह्वात्तै घटेको छ।’

प्राधिकरणका अनुसार गत वर्ष हिउँद याममा दैनिक दुई करोड ८० लाख युनिट विद्युत्को माग रहेको थियो तर चालु आर्थिक वर्षको हिउँद याममा भने दैनिक तीन करोड ५० लाख युनिट विद्युत्को माग रहेको छ।

नदी प्रवाहमा आधारित आयोजनाले कम्तीमा पनि ३० देखि ४० प्रतिशत विद्युत् उत्पादन गर्नुपर्नेमा अहिले घटिरहेको छ। प्राधिकरणका अनुसार प्रत्येक वर्षको हिउँद याममा सरदर तीन सय मेगावाटभन्दा धेरै बिजुलीको माग बढ्ने गरेको छ तर बर्सेनि सरदर ५÷७ सय मेगावाट थपिँदा समेत सन्तुलन हुन सकेको छैन।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँद यामको माग थेग्नका लागि सोलार प्लान्ट आयोजनालाई प्राथमिकतामा राखिएको दाबी गरे। ‘एक-दुई वर्षभित्रै निर्माण गर्न सकिने सोलार प्लान्टलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘सोलार प्लान्टले ऊर्जा समिश्रणमा निकै ठूलो भरथेग गर्ने छ।’

प्राधिकरण अर्धजलाशय तथा जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर निर्माणको चरणमा अघि बढ्ने तयारीमा जुटेको बताए। पछिल्लो समय साढे पाँच सय मेगावाटको हाराहारीमा विद्युत् आयात गरेर स्वदेशी माग थेग्दै आइरहेको छ।
अर्को समाचार
जलवायु परिवर्तनले जलविद्युत् आयोजनाको उत्पादन घट्यो
०९ फागुन २०८०
•
२ मिनेट पाठ
जलवायु परिवर्तनले जलविद्युत् आयोजनाको उत्पादन घट्यो
सुख्यायाम भएसँगै नदीप्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन ह्वातै घटेसँगै नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा चुनौती थपिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार नदीप्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन र मागबीच सन्तुलन नहुँदा विद्युत व्यवस्थापनमा चुनौती थपिएको छ। 




नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलवायु परिवर्तनको कारणले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले हिउँदे याममा १० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्दै आइरहेको बताए।

‘नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाका कुल जडित क्षमतामध्ये १० प्रतिशत मात्रै बिजुली उत्पादन गर्दै आइरहेका छन्,’ उनले भने, 'काबेली कोरिडोरमा रहका विभिन्न आयोजनाको जडित क्षमता दुई सय मेगावाटभन्दा धेरै छ। तर,अहिले सो कोरिडोरबाट मुस्किलले २० मेगावाट मात्रै बिजुली उत्पादन हुँदै आइरहेको छ।’

कार्यकारी निर्देशक घिसिङले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा धेरै सुख्यायाम लागेकाले पनि बिजुलीको उत्पादन घट्दै आइरहेको  दाबी गरे ।‘यो वर्षको हिउँदे याममा पर्याप्त मात्रामा हिउँ नै परेको छैन,’ उनले भने‘नदीनालामा पानीको बहाव सुकेसँगै विद्युत्को उत्पादन पनि ह्वातै घटेको छ।’ प्राधिकरणका अनुसार गत वर्ष हिउँदे याममा दैनिक २ करोड ८० लाख युनिट विद्युत्को माग रहेको थियो।

तर, चालु आर्थिक वर्षको हिउँदे याममा भने अहिले दैनिक तीन करोड ५० लाख युनिट विद्युत्को माग  रहेको छ। नदीप्रवाहमा आधारित आयोजनाले कम्तीमा पनि  ३० देखि ४० प्रतिशत विद्युत् उत्पादन गर्नुपर्नेमा अहिले घटिरहेको छ। प्राधिकरणका अनुसार प्रत्येक वर्षको हिउँदे याममा सरदर तीन सय मेगावाटभन्दा धेरै बिजुलीको माग बढ्ने गरेको छ। तर, वर्षेनी सरदर ५/७ सय मेगावाट थपिदा समेत सन्तुलन हुन सकेको छैन।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँदे यामको माग थेग्नका लागि सोलार प्लान्ट आयोजनालाई प्राथमिकतामा राखिएको दाबी गरे। ‘एक/दुई वर्षभित्रै निर्माण गर्न सकिने सोलार प्लान्टलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने‘सोलार प्लान्टले ऊर्जा सम्मिश्रणमा निकै ठूलो भरथेग गर्नेछ।’

प्राधिकरणले अर्धजलाशय तथा जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर निर्माणको चरणमा अघि बढ्ने तयारीमा जुटेको बताए। पछिल्लो समय  साढे ५ सय मेगावाटको हाराहारीमा विद्युत् आयात गरेर स्वदेशी माग थेग्दै आइरहेको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस