एक सय ३६ वर्षअगाडि निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका ७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुंगे पुल पुनर्निर्माण हुने भएको छ। स्थानीय प्रविधिबाट निर्मित नेपालकै पहिलो झोलुंगे पुल जीर्ण भएपछि वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बुधबार शिलान्यास गरेका छन्।
कुल ३४ लाख ९८ हजार रुपैयाँ लागतमा पुनर्निर्माण गर्न लागिएकोमा संघीय सरकारको क्षेत्रगत झोलुंगे पुल सुधार कार्यक्रमबाट ८०, बेनी नगरपालिका १३ प्रतिशत र समुदायबाट २ प्रतिशत लागतमा सम्पन्न हुने छ।
तत्कालीन समयमा म्याग्दी जिल्लाका विभिन्न खानीबाट निकालिएका काँचा फलाम गोलमा तताएर, कुटेर साङ्ले लठ्ठा संरक्षण गरिने वडाध्यक्ष श्रेष्ठले बताए।
१३६ बर्से झोलुंगे पुल। तस्बिर : नागरिकविसं १९४४ मा निर्माण गरिएको पाती चढाउने डिल र मंगलाघाट जोड्ने झोलुंगे पुल जीर्ण हुँदा दुर्घटनाको जोखिमसमेत बढेको अवस्थामा मर्मत गरिएको थियो, लामो समय टिकाउ हुन सकेन।
नेपालमा झोलुंगे पुल राख्ने अभियान राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९६० मा नै गरेका थिए भने देवशमशेरको शासनकालदेखि झोलुंगे पुल निर्माण गर्न थालिएको थियो। सन् १९६० मा डा. हेगनको अगुवाइमा नेपालमा झोलुंगे पुल निर्माण थालिएपछि धमाधम झोलुंगे पुलहरू निर्माण हुँदै आएका छन्।
मटेलाको पुल बन्नुपहिले वि.सं. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधन प्रयोग गरी म्याग्दीको बेनीमा पहिलो झोलुंगे पुल निर्माण भएको तथ्यांकले देखाउँछ। बागलुङको गलकोटका लालप्रसाद शेरचनले सो पुल बनाएका थिए। यसमा लुकुर वनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीय बासिन्दाको सीप प्रयोग गरिएको थियो।
पुलमा प्रयोग भएका साङ्ले लट्ठा। तस्बिर : नागरिकतत्कालीन समयमा माथि र तल गरी दुईवटा साङ्ले लट्ठामा फलामको पाता राखेर वारपार गर्ने गरी झोलुंगे बनाइएको थियो। कुनै जमानामा म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा म्याग्दी नदीमाथि निर्मित झोलुंगे पुल, म्याग्दी र मुस्ताङका दुर्गम बस्तीबाट हप्ता दिन पैदल हिँडेर नेपालका विभिन्न स्थान र भारतसम्म आवत–जावतका लागि प्रयोग हुने गरेको थियो। पुलमा प्रयोग भएका साङ्ले लट्ठा सोही समयमा स्थानीय स्रोत र सीप प्रयोग गरी बनाइएका हुन्।
गाउँ–गाउँबाट श्रमदान गर्न ठुलो संख्यामा आएकाबाट खुला आकाशमा भोकभोकै काम गरेका थिए। विसं २०१४ मा म्याग्दीको बाबिया चौरमा बसोवास गर्ने पुल निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा झोलुंगे हटाएर झोलुंगे पुलका रूपमा विकास गरिएको थियो।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...