लगातार तीन दिनसम्म दोहोरो अंकले बढेको सेयर मापन गर्ने परिसूचक नेप्से बुधबार भने दोहोरो अंकले नै करेक्सन भएको छ।
साताको चौथो कारोबार दिन बुधबार नेप्सेपरिसूचक २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा झरेको छ। बुधबार दिनभरजसो नेप्सेपरिसूचक तिव्र उतारचढावपूर्ण रह्यो। २१५ कम्पनीको सेयर घट्यो भने २९ कम्पनीको मात्रै सेयर बढ्यो। तीन कम्पनीको सेयरभने स्थिर रह्यो।
बुधबार एक करोड ४७ लाख ७७ हजार १ सय २० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका तीन वटै सूचक घटेर राताम्भे भयो। सेन्सेटिभ सूचक ३.०८ अंकले घटेको छ। फ्लोट सूचक १.५७ अंकले घटेको छ।
त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि १.२१ अंकले घटेको छ। १३ उपसमूहमध्ये १२ उपसमूहको घट्यो भने एक उपसमूह बढ्यो। बुधबार जीबनबीमातर्फको उपसमूह १४७.४२ अंकले घट्यो भने निर्जीवनबीमातर्फ ११६.५१ अंक र होटल तथा पर्यटनतर्फको उपसमूह ११४.१७ अंकले घट्यो।
बुधबार उत्पादन तथा प्रशोधनतर्फको उपसमूह ८.३८ अंकले घट्यो। बुधबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा सामलिंग पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.८७ प्रतिशतले बढ्यो। त्यसैगरी मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर ९.६७ प्रतिशत र पिपुल्स पावर कम्पनीको सेयर पनि ७।६७ प्रतिशतले बढेको छ।
बुधबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा मेन्छियाम हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ५।८७ प्रतिशत र स्वाभिमान लघुवित्त कम्पनीको सेयर पनि ५.७८ प्रतिशतले घटेको छ।त्यसैगरी अपर स्याङग्रे हाइड्रोपावर कम्पनीको सेयर पनि ५.१५ प्रतिशतले घटेको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से १०।३७ अंकले बढेर २०९४.४६ विन्दुमा पुगेको छ। सो दिन १७३ कम्पनीको सेयर बढ्यो भने ७० कम्पनीको सेयर घट्यो। चार कम्पनीको सेयर स्थिर रह्यो। आइतबार एक करोड सात लाख ५१ हजार एक सय ६४ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार पाँच सय ८० रुपैयाँको सेयर कारोबार भयो।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा पुगेको थियो। १५० कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो। ११ कम्पनीको सेयर स्थिर रह्यो। सोमबार एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० रुपैयाँको सेयर कारोबार भएको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा पुगेको छ। १५२ कम्पनीको सेयर बढ्यो भने ८५ कम्पनीको सेयर घट्यो। त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो। सो दिन एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ५४ करोड रुपैयाँको कारोबार भयो।