तीन करोडमा बनेको बधशाला प्रयोगविहीन
१४ माघ २०८०
•
२ मिनेट पाठ
तीन करोडमा बनेको बधशाला प्रयोगविहीन
कुखुराको सफा र स्वस्थकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको बधशाला लामो समयदेखि प्रयोगविहीन छ। कुश्मा नगरपालिका ४ स्थित अर्मादीमा एक निजी कृषि फार्मले तीन करोड लागतमा स्थापना गरेको बधशाला प्रयोगविहीन बनेको हो। बधशाला स्थापना स्थानीय किसान लालबहादुर हरिजनले गरेका थिए।




किसान हरिजनले पाँच वर्ष पहिले इटलीबाट खरिद गरी सञ्चालनमा ल्याएको बधशालातर्फ मासु उत्पादक र बिक्रेताको आकर्षण हुन नसक्दा बन्द गर्नुपरेको हो। बधशाला ऐन, २०५५ लागू गर्न सरकारले कुनै चासो नदेखाउँदा समस्या भएको हरिजनले बताए। कुखुराको मासु अव्यवस्थित रूपमा बिक्री वितरण भइरहेको अवस्थामा आधुनिक स्वचालित मेसिन रहेको बधशाला बन्द गर्नुपरेको भन्दै यसको सञ्चालनमा सरोकारवाला निकायले चासो दिनुपर्ने बताए।  

विसं २०७५ देखि करिब १५ रोपनी क्षेत्रफलमा धवलागिरि एकीकृत कृषि फार्म सञ्चालन गर्दै आएका किसान हरिजनले कुखुरापालन व्यवसायसँगै माछापालन र तरकारी खेती गर्दै आएका छन्। बधशाला सञ्चालनमा आएको केही महिनासम्म आफूले पालन गरेका कुखुराको मासु उत्पादन गरेको भए पनि अन्य कुखुरापालक कृषक, मासु बिक्रेता र सरोकारवालाले स्वच्छ मासु उत्पादनमा चासो नदेखाएको किसान हरिजनको गुनासो छ।  

हरिजनका अनुसार बधशालाको क्षमता प्रतिघनटा दुई सय २० वटा कुखुरा बध गर्ने रहेको छ। आधुनिक बधशालामा व्यवस्थापन गरिने कुखुराको मासु बाह्य स्थानमा तयार गरिनेभन्दा स्वच्छ, सफा र स्वस्थकर हुन्छ। मासु काटमार गर्न प्रयोग हुने स्वचालित मेसिनमा खिया नलाग्ने स्टिल प्रयोग हुन्छ भने कुखरा सफा गर्न प्रयोग हुने पानीसमेत स्वच्छ प्रयोग हुने, ंिझँगा र धुवाँधुलो नहुने गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र स्वस्थकर मासु तयार हुने हरिजनको भनाइ छ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका अनुसार जिल्लाभर कुखुराको मासु बिक्री पसलको संख्या करिब दुई सयको हाराहारीमा छन्। माछामासुको वार्षिक उत्पादन दुई हजार ८४ मेट्रिक टन रहेकामा बिक्री हुने मासु ७० प्रतिशत कुखुराको रहेको छ।

कुखुराको मासु बिक्री गरिनु पहिले जिउँदो कुखुराको स्वास्थ्य परीक्षण हुने व्यवस्था नरहेको केन्द्रले जनाएको छ। केन्द्र पर्वतका प्रमुख रामजी पौडेलले पशु वधशाला ऐन, २०५५ लागू हुन नसक्दा आधुनिक वधशाला सञ्चालक किसानलाई समस्या परेको बताउनुभयो। –रासस
अर्को समाचार
पोखरामा बनेन पशु बधशाला
२६ साउन २०७८
•
३ मिनेट पाठ
पोखरामा बनेन पशु बधशाला
पोखरामा निर्माण गरिने भनिएको अत्याधुनिक पशु बधशाला अझै बनाउन थालिएको छैन । जमिनको टुंगो नलाग्दा बधशालाको निर्माण टुंगो नलागेको हो ।  पोखरामा अत्याधुनिक पशु बधशाला बनाउन गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पोखरा महानगरपालिका बीच डेढवर्ष अघि सम्झौता भएको थियो । पोखरा–२१ दोविल्लामा बनाउने भनिएको बधशाला एकवर्ष भित्र निर्माण गरिसक्ने सम्झौतामा उल्लेख छ । तर सम्झौता भएको डेढवर्ष बित्दापनि बधशाला निर्माणको काम अघि बढ्न सकेको छैन ।




पोखरामा पशु बधशाला निर्माणसँगै पोखरेलीले स्वस्थ मासु खान पाउने अपेक्षा गरिएको थियो । पोखरामा हालसम्म व्यवस्थित बधशाला नहुँदा मासु ब्यबसायीले आफूखुसी जथाभावी रुपमा पशु बध गर्दै आएका छन् । जसका कारण सहर दुर्गन्धित हुँदै आएको छ ।  

उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपीलनाथ कोइराला महानगरपालिकाको उदासिनताका कारण बधशाला निर्माणमा ढिलाई भएको बताउँछन् । ‘बधशाला निर्माणका लागि पैसा पनि छ अनि जग्गा पनि पाइएकै छ । तर जनप्रतिनिधि र कर्मचारीको उदासिनताका कारण अहिलेसम्म बधशाला निर्माण भएन,’ उनले भने । जनप्रतिनिधि र कर्मचारीलाई काम गर्नु भन्दा पनि कताबाट भत्ता र कमिसन पाइन्छ भन्ने मात्र ध्यान जाँदा बधशाला निर्माणले ठोस प्रगति नगरेको उनको आरोप छ । पोखरा–२१ का अध्यक्ष खगराज आचार्यले पनि बधशाला निर्माणमा महानगरपालिकाकाको ईफोर्ट नपुगेको बताए । ‘महानगरपालिकाले थोरै पहल लिएर अगाडि बढ्ने हो भने नबन्ने भन्ने होइन, तर महानगर र प्रदेशले त्यसरी अगाडि बढेजस्तो लाग्दैन,’ उनले भने ।

महानगरपालिकाका जिम्मेवार व्यक्तिहरु भने महानगरपालिकाको उदासिनता भन्ने कुरामा सत्यता नभएको बताउँछन् । दोबिल्लामा निर्माण गर्ने भनिए पनि जग्गामा कुरा नमिल्दा बधशाला निर्माणमा ढिलाई भएको उनीहरुको भनाई छ । दोबिल्लामा क्रसरका लागि प्रयोग गर्दै आएको १२८ रोपनी सरकारी जग्गामा निर्माण गर्ने भनिएको बधशाला निर्माणमा स्थानियले आफूहरुले घाटका रुपमा प्रयोग गर्दै आएकाले सो ठाउँमा बधशाला निर्माण गर्न नदिने भन्दै विरोध गरेपछि बधशाला निर्माणबाट ब्याक भएको पोखरा महानगरपालिकाका ईञ्जिनियर भुवनेश्वर तिमिल्सिनाले बताए । उनले भने, ‘निर्माणका लागि भनेर ठिक्क पारेको जग्गामा स्थानियले अवरोध गरे, विरोध हुँदाहुँदै निर्माण गर्ने कुरा भएन, त्यसैले ढिलाई भएको हो ।’ वडाध्यक्ष आचार्य भने केही व्यक्तिका कारण बधशाला निर्माण रोकिएको बताउँछन् । उनी भन्छन्, ‘स्थानीयले भने अनुसार केही जग्गा घाटका लागि छुट्याएर बाँकी जग्गामा पनि बधशाला निर्माण गर्न सकिन्छ, तर त्यसमा महानगरले चासो दिएन ।’

महानगरपालिकाले स्थानीयको विरोध आएपछि अब बधशाला सहारा एकेडेमी र ओसो ध्यान केन्द्रको बीचमा बनाउने योजना बनाएको छ । बस्ती नभएकाले बधशाला निर्माणका लागि सो ठाउँ उपयुक्त हुने महानगरको ठम्याई छ । जस अनुसार अहिले सो ठाउँमा बनाउँदा प्रारम्भिक वातावरण परीक्षण (आईईई) गर्ने काम भइरहेको छ । कन्सल्टेन्टले फाइनल रिपोर्ट दिने वित्तिकै सरोकारवालाहरुसँग छलफल गरेर साझा धारणा बनाइने तिमिल्सिनाले बताए । त्यसलगत्तै टेण्डर आह्वान गरेर निर्माण कार्य गरिने ईञ्जिनियर तिमिल्सिनाले बताए ।
२४ करोड रुपैयाँमा बन्ने बधशाला निर्माणका लागि प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यसअघि नै ५ करोड रुपैयाँ प्रदान गर्ने सम्झौता भएको थियो । त्यसका अलावा संघ सरकारले १० करोड रुपैयाँ दिनेछ भने हेफर ईन्टरनेसनलले प्राविधिक सहयोग गर्नेछ । अपुग रकम महानगरपालिका आफैले बेहोर्नेछ ।

बधशाला अत्याधुनिक हुने महानगरले जनाएको छ । एक हजार वटा खसी–बोकासम्म एकै दिन बध गर्न मिल्नेगरी बधशाला निर्माण गर्न लागिएको पोखरा महानगरपालिका पशु विकास महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार खसी–बोका काट्ने अत्याधुनिक मेसिन ल्याइनेछ । बधशालामा पशु् बध गर्नुअघी त्यसको स्वास्थ्य परीक्षण गरिने उनले बताए । उनका अनुसार पशु स्वस्थ रहेको प्रमाणित भएपछि मात्रै काटिनेछ । बध गरिसकेपछि त्यसको मासु, छाला, आन्द्राभुँडी, खुट्टा, हड्डी लगायत छुट्याइनेछ । काटिएको मासु प्याकेजिङ गरेर टाँचा मारेपछि बजारमा जाने व्यवस्था गरिने उनले जानकारी दिए । बधशाला निर्माण भएपछि बाहिर खुल्ला रुपमा खसी–बोका काट्न नपाइने उनले बताए ।

त्यस्तै, कुखुराको लागि पनि छुट्टै बधशाला निर्माण गरिने र त्यसका लागिपनि जग्गा प्राप्तिको काम भइरहेको जनाइएको छ । महानगरले चाँडै राँगा, भैसी र बंगुरका लागि पनि छुट्टाछुट्टै बधशाला निर्माण गर्ने र त्यसका लागि जग्गा खोज्ने काम भइरहेको जनाएको छ ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस