चिया टिप्न हाते मेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका
१४ माघ २०८०
•
४ मिनेट पाठ
चिया टिप्न हाते मेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका
गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका १ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए। नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ छ, तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ।




किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन्। ‘चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौँ’, अधिकारीले भने।

सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हाते मेसिन वितरण गर्दै छ। उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हातेमेसिन वितरण गर्न लागेको नगर प्रमुख रणबहादुर राईले बताए।

‘यस वर्ष हातेमेसिन ५० प्रतिशत अनुदानमा दिँदैछौँ। हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौँ’, नगरप्रमुख राईले भने, ‘यसले हाम्रो चियाको भविष्य बिग्रन्छ। चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ। तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन।’

किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र सूर्योदय नगरपालिकाको साझेदारीमा किसानले ५० प्रतिशतमा हाते मेसिन प्राप्त गर्न लागेका हुन्। ‘त्यो मेसिन पट्रोल र डिजेलले होइन ब्याट्रीबाट चल्छ।  अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गर्न लागेका हौँ’, उनले भन। ‘चियालाई ‘अर्गानिक’ बनाउन पालिका लागिरहेको छ।’

एउटा व्यापारीले व्यापार परिवर्तन गर्न जति सजिलो छ, किसानले खेती परिवर्तन गर्न नहुने भन्दै उनले चियाको दीर्घकालीन समाधान नभए यहाँका किसानलाई समस्या हुने बताए। ‘व्यापारीलाई कहिल्यै घाटा हुँदैन। उसले आफ्नो व्यापार परिवर्तन गर्न सक्छ। तर किसानले सजिलै चियाखेती परिवर्तन गर्न सक्दैन। ठुलो घाटा भनेको किसानलाई हुने हो। त्यसैले हामी सचेत बनेर गुणस्तरीय चिया टिपौँ’, उनले भने।

राम्ररी टिपेको चिया ४० देखिमाथि दुई सयसम्म पनि बिक्री भइरहेको उनको भनाइ छ। ‘गुणस्तरीय चिया टिपौँ न। चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ हो। तर चियाको मुना ४० प्रतिशतचाहिँ हुनुपर्छ।’ उनी भन्छन्, ‘चालीस प्रतिशत मुना भएको चियालाई कुनै उद्योगले ४० रुपैयाँ दिएन भने नगरपालिकामा आउनुहोस् हामी दिलाउँछौँ।’

सूर्योदयको मात्र नभई समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने र आवश्यक अनुदान उपलव्ध गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने राईले बताए। ‘बोर्डले किसानलाई सचेतना गराउनुपर्छ, कसरी चिया टिप्नुपर्छ भनेर सिकाउनुपर्छ, किसान ठगिएको छन् कि ? ४० पतिशत मुना भनेको के हो भन्ने कुरा बोर्डले ‘अवार्नेस्’ गर्नुपर्छ‘, उनले भने।

चिया बिक्री नहुनुको कारण उत्पादन गुणस्तरीय नभएर हो। किसानले पाएका दुःखमा समाजसेवी, अभियान्तालगायत सबैले साथ दिनुपर्ने रार्ई बताउँछन्। सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन्।

यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ। यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायतका किसानले उत्पादन गरेको हरियो पत्तीसमेत प्रशोधनका लागि पुग्ने गरेको छ। यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ।

नगरपालिकाले किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो ० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको पाँच वर्ष भयो। चिया उद्योगी र किसानसमेतको सहभागितामा कार्यविधि पारित गरिएको थियो। 

किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ। कार्यविधिले किसानदेखि हरियो चिया संकलक, उद्योगी, विक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ। गुणस्तर कायम भए–नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था पनि कार्यविधिमा छ।

नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती लगाइएको छ। देशभरमै बढी चिया उत्पान हुने जिल्ला इलाम हो। यहाँ ६ हजार नौ सय ९५ बगान रहेका छन्। सूर्योदय नगरपालिकालाई चियाको राजधानी नै भन्ने गरिएको छ। देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुन्छ। –रासस
अर्को समाचार
साढे १६ अर्बको सुन आयात
१४ चैत्र २०८०
•
२ मिनेट पाठ
साढे १६ अर्बको सुन आयात
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भए पनि नेपालमा खपतमा खासै कमी आएको छैन। चालु आवको आठ महिनामा करिब साढे १६ अर्ब रूपैयाँको सुन आयात भएको छ।




डलर कमजोर हुँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुँदा मूल्य निरन्तर बढ्दै आएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार चार सय रूपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रूपैयाँ थियो।

स्थानीय बजारमा सोमबारको तुलनामा मंगलबार सुनचाँदी मूल्य केही घटेको छ। सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेको हो। यसैगरी तेजाबी सुन भने १ लाख २५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलामा १० रूपैयाँ मात्र घटेको छ। चाँदी प्रतितोला एक हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको हो।

नेपालीले पनि सुनलाई सम्पत्तिको रूपमा लिँदा सुनको माग हुन्छ। विवाह, धार्मिक काममा पनि सुनको प्रयोग हुन्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको असर स्वतः नेपाली बजारमा पर्छ।

अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपालमा हरेक दिन सुनको मूल्य निर्धारण हुन्छ। डलर बलियो नहुँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले सुनको भाउ निरन्तर बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए।

‘लगानीको सुरक्षाका लागि सुनमा लगानीकर्ताको आकर्षण देखियो,’ शाक्यले भने, ‘त्यसले मूल्य बढेको हो ।’ अमेरिकाको फेडरल रिजर्भ बैंकले निक्षेपको ब्याज घटाएको कारण पनि लगानीकर्ता सुनमा फर्केको उनको दाबी छ।

नेपालमा सुन आयात गर्ने अनुमति बैंकलाई मात्र छ। बैंकहरूले दैनिक २० किलो सुन आयात गर्ने अनुमति पाउँछन्। राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयात गर्ने अनुमति दिने गरेको छ। अवैधानिक रूपमा पनि नेपालमा सुन आयात हुने गरेको छ। अवैधानिक रूपमा सुन आउँदा सरकारको राजस्व गुम्छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस