इलाम भित्रिने पर्यटक संख्यामा वृद्धि
१३ माघ २०८०
•
१ मिनेट पाठ
इलाम भित्रिने पर्यटक संख्यामा वृद्धि
इलामको पर्यटन लयमा फर्कन थालेको छ। कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो।




पछिल्लो समय इलाममा भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको पाइएको छ। जिल्लाका दर्जनौँ पर्यटकीय स्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्न थालेको छ। झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्यांकअनुसार पछिल्लो समय इलाम घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको हो।

चालु आर्थिक वर्ष २०८०-८१ के ६ महिनामा ८५ हजार तीन सय २६ जना पर्यटक इलाम भित्रिएका हुन्। गत साउन १ देखि पुस मसान्तसम्म ७४ हजार सात सय ७७ आन्तरिक र १० हजार पाँच सय ४९ जना विदेशी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए।

गत साउनमा एक हजार दुई सय ८९, भदौमा नौ सय १८, असोजमा दुई हजार एक सय ४५, कात्तिकमा १८ हजार तीन सय तीन, मङ्सिरमा २६ हजार पाँच सय ४८ र पुसमा ३६ हजार एक सय २२ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए।

पर्यटन सूचना केन्द्रका अनुसार जोरकलश हुँदै गत आव २०७९-८० मा एक लाख ३३ हजार चार सय ४५ जना पर्यटक भित्रिएका थिए। त्यसअघि आव २०७८-७९ मा एक लाख २९ हजार पाँच सय ८१ जना पर्यटक इलाम घुम्न आएका थिए। कोरोना सङ्क्रमण बेला आव २०७७-७८ मा २९ हजार आठ सय ११ मात्र इलाम घुम्न आएको पर्यटन सूचना केन्द्रको तथ्यांक छ।

इलामका पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी र माङमालुङ रहेका छन्। यी क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउँछन्। –रासस
अर्को समाचार
गरिबमाथि नै प्रकृतिको बज्रपात
२२ पौष २०८०
•
३ मिनेट पाठ
गरिबमाथि नै प्रकृतिको बज्रपात
बझाङको मष्टा गाउँपालिका ५ द्वारीकी कञ्चना कठायतले ३५ वर्षमा पाइला टेकिन्। यो उमेरसम्म उनलाई प्रकृतिले संकटमा पारेको अहिलेसम्म सम्झना छैन। बाल्यकालमा पर्याप्त आवश्यकता माइतीघरमा पूरा गरेकी कञ्चनालाई बिहेको दिनदेखि नै दौडधुप बढ्यो। माइतीघरमा छँदा सबै आवश्यकता पूरा गरिएको हुँदा सानोतिनो समस्याले उनलाई छुँदैन थियो। जब पराइ घर गइन्, त्यसपछि उनीमाथि संकट आइलाग्न थाल्यो।




उनलाई बिहेपछि घरकी जेठी बुहारीको जिम्मेवारी थपियो। पति खडक कठायतलाई पनि भाइबहिनीको शिक्षादीक्षालगायत जिम्मेवारी थपियो। त्यति हुँदाहुँदै घरमा उनीहरुको वैवाहिक जीवन चलेकै थियो। सात वर्षअगाडि सबै भाइसहित बाआमा अलग भए। घरको सम्पत्ति बाँडफाँट गरियो। त्यो बेलामा खडकका दुई सन्तान मात्रै थिए, दिव्य र सीमा।

उनले परिवारबाट अलग भइसकेपछि एउटा घर निर्माण गरिन्। घरमा सबै राम्रै चल्दै थियो। त्यसपछि सुरु भए उनका दुःखका दिन। दुई सन्तानको लालनपालन गर्न उनको कमाइले ठीकै हुन्थ्यो। उनले परिवारका लागि समय र घरखर्च चलाइरहेकी थिइन्।

समयअनुसार भारत गएर राम्रै आम्दानी गर्ने खडक कोरोना महामारीको ‘लकडाउन’ ले निकै मर्कामा परे। भारतमा भएको रोजगारीसमेत खोसिएपछि घर आउनुपर्‍यो। गाउँमा पनि काम पाइएन। लकडाउनले भारत जाने अवस्था पनि रहेन।

घरमा रहँदाबस्दा छोरी जन्मिइन्। दोस्रो वर्ष छोरा र तेस्रो सन्तान छोरी जन्मिइन्। अहिले खडक छोराछोरीको पालनपोषणकै लागि भारतको उत्तर प्रदेशको खरीखानीमा पसिना बगाइरहेका छन्।

‘सुरुआती दिनमा राम्रै कमाइ थियो’, कञ्चनाले भनिन्, ‘अहिले आफूलाई खान पनि नपुग्ने कमाइ छ, सानोतिनो कमाइको केही भाग यता पठाउनुहुन्छ, घरमा दाल, चामल किन्नसमेत पुग्दैन।’ द्वारीमा भएको आफ्नो जमिनबाट उत्पादन हुने अन्नले दुई महिना पनि नपुग्ने र बाँकी १० महिना किनेर खानुपर्ने उनले बताइन्।

द्वारीमा करिब चार सय परिवार बस्छन्। त्यसमध्ये दोघरी (दुई घर भएका), तेघरी (तीन घर भएका) धेरै छन्। खडकको भने एउटै घर छ। ‘गाउँका मानिस प्राकृतिक सङ्कट आउँदा अर्को घरमा जान्छन्‘, कञ्चनाले भनिन्, ‘तर अन्यत्र जाने ठाउँ छैन मेरो, सबैले गाउँ छाडेर गए। हामी एक्लै यतै बसिरहेका छौं।’

दुःख त थियो नै, बस्नका लागि सानोतिनो घर पनि थियो, गत असोजदेखि त्यो घर पनि नरहेको उनले बताइन्। असोज १६ मा भूकम्पले उनको घर क्षतिग्रस्त भयो। चर्पी भत्कियो, ठाडो घर तेर्सो बनायो, ढोका नमिल्ने भएका छन्, त्यही घरमा सुतिरहेका छौं’, उनले भनिन्। राति भूकम्प आयो भने ज्यानै जोगाउन मुस्किल हुने उनले बताइन्। उनले भनिन्, ‘कतै नपाएर फेरि यसैमा टाउको जोगाएका छौं।’

कञ्चना भत्केकै घरमा पाँच छोराछोरीसहित बस्छिन्। खडक भारतमै ज्यालादारी गर्छन्। ‘पतिले पठाएको सानोतिनो खर्चले खान पुग्दैन, घर केले बनाउनु, पैसा नभए अरू ठाउँ कसरी जानु ?’, उनी भन्छिन्। भुँइचालो आएपछि नेपाल राष्ट्रिय समाज कल्याण संघ र डिसिए नेपाल नामक कञ्चनपुरले भूकम्पको मारमा परेका परिवारलाई १५ हजार नगद सहयोग गरेका थियो। त्यसमा उनको परिवार पनि पर्‍यो। संस्थाले मष्टामा मात्रै चार सय ८१ परिवारलाई १५ हजारकै दरले नगद सहयोग गरेको थियो।

कतिपयले उक्त रकम टहरा निर्माणमा खर्च गरे भने कतिले अन्य प्रयोजनमा खर्च गरे। खडकको परिवारले भने सो रकमले खाद्यान्न ल्याएको र मजदुरी गर्न भारत जान खर्च गरेको कञ्चनाले बताइन्। पालिकाले भूकम्प आएका बेलामा एउटा त्रिपाल दिएको थियो। त्यसबाहेक राहतको नाममा केही नपाएको उनले गुनासो गरिन्।

स्थानीय दीपक कठायतले भने, ‘सरकारी तवरबाट केही आएको छैन, ५० हजार रुपैयाँ दिने मात्रै भनेको छ। अहिलेसम्म आएको छैन, आए पनि घर निर्माण गर्न मुस्किल हुन्छ।’ उनका अनुसार उक्त रकम पनि सरकारी किस्ताबन्दीमा आउन सक्छ। सामान्य एउटा काठको टुक्रालाई हजार रुपैयाँ पर्छ भने त्यो रकमले अस्थायी आवास निर्माण गर्न चुनौती नै भएको उनले बताए। –रासस
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस