कञ्चनपुर कमला सडक स्तरोन्नतिमा चिनियाँ ठेकेदारको आलटाल
०४ माघ २०८०
•
२ मिनेट पाठ
कञ्चनपुर कमला सडक स्तरोन्नतिमा चिनियाँ ठेकेदारको आलटाल
फाइल तस्बिर : नागरिक
कञ्चनपुर-कमला सडक निर्माण काममा चिनियाँ ठेकेदार कम्पनीले आलटाल गर्दा ३९ महिनामा ४१ प्रतिशत मात्र काम भएको छ।




ठेकेदार कम्पनीले निर्धारित समयमै काम गरेको भए कञ्चनपुर–कमला सडक खण्ड गत अक्टोबर २८ तारिखभित्रै निर्माण सम्पन्न भइसक्ने थियो। चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण यो सडक खण्ड निर्माणको काम अधुरो भएको हो। कञ्चनपुर–कमला योजना कार्यालयले तीन वर्षअघि ८६.८२ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो।

सो योजनाअन्तर्गत ५४ पुल, ८ अन्डरपास र दुई वटा फ्लाईओभर निर्माण गर्ने योजना अघि सारिएको थियो। यो योजनाको काम २९ अक्टोबर २०२० मा सुरु भएर २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। चिनियाँ कम्पनीकै लापर्बाहीका कारण यो सडक स्तरोन्नतिको काम हालसम्म समग्रमा ४१.४७ प्रतिशत मात्रै भएको छ।

सरकारले कञ्चनपुर–कमला सडकको ८६.८३ किलोमिटर सडकमध्ये ७०.३३ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गरिँदैछ भने १६.५० किलोमिटर सडक सडकमा चारलेनसहित दुईतर्फ ६-६ मिटरको सर्भिसलेन विस्तार गरिँदै छ।

आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक चुडाराज ढकालले कञ्चनपुर –कमला सडक खण्डको सडक स्तरोन्नतिको काम अपेक्षित गतिमा हुन नसकेको बताए। ‘अहिलेसम्म यो सडक खण्डको समष्टिगत भौतिक प्रगति ४१.४७ प्रतिशत मात्रै भएको छ,’ उनले भने ‘अहिलेसम्म दुई लेनको २०.१२ किलोमिटर सडक कालोपत्र भइसकेको छ।’

निर्देशनालयका अनुसार आयोजनाअन्तर्गत ५४ वटा मेजर पुल, २१८ वटा कल्भर्ट निर्माण गर्नुपर्ने हुन्छ। तीमध्ये हालसम्म दुई सय पाँच वटा कल्भर्ट तयार भइसकेका छन्। त्यसैगरी २७.१७ किलोमिटर दुई लेनको बेस र ७४.४१ किलोमिटर सब बेस तयार भइसकेको छ।

निर्देशनालयका अनुसार ७४.९६ किलोमिटर ड्रेन निर्माण गर्नुपर्नेमा हालसम्म १९.०८ किलोमिटर तयार भइसकेको छ। आयोजना निर्देशक ढकालले गत चैतभन्दा अघि र चैतपछिको नौ महिनामा अपेक्षाकृत नभए पनि निर्माणको काम सुधारोन्मुख भएको बताए।

उनले भने, ‘२०७९ को चैत अगाडि २५ महिनामा २९.३८ प्रतिशत मात्रै थियो,’ उनले भने, ‘अहिलेको प्रगति भने ४१.४७ प्रतिशत पुगेको छ ।’ २०७९ चैत अघिसम्म १८८ वटा कल्भर्ट मात्र निर्माण भएका थिए। दुई लेनको २६ किलोमिटर सबबेस तयार भएको थियो।

निर्देशनालयले पछिल्लो नौ महिनामा ३० वटा कल्भर्ट, ४८.४१ किलोमिटर सबवेस, २७.१७ किलोमिटर दुई लेनको बेस तयार भएको छ। त्यसैगरी दुई लेनको २०.१२ किलोमिटर बाइन्डिङ कोर्ष तयार भएको छ। पछिल्लो नौ महिनाको अवधिमा १७.४२ किलोमिटर दुई लेनको अस्फाल्ट कंक्रिटको काम समेत भएको छ।

चाइना रेल्वे इन्जिनियरिङ दुई ग्रुप कम्पनी लिमिटेडले अहिले कञ्चनपुर कमला सडक योजनाको पूर्वी र पश्चिमी खण्डको निर्माणको काम गरिरहेको छ। गत डिसेम्बरसम्म मासिक पाँच प्रतिशत भौतिक प्रगति गरेको कम्पनीले फेरि सडक स्तरोन्नतिको काममा आलटाल गर्दै आइरहेको छ।

यो आयोजनाको निर्माण लागत १५ अर्ब ६६ करोड ४४ हजार ९३८ रूपैयाँ राखिएको छ। यो योजनाअन्तर्गत आठ वटा अन्डरपास निर्माण गरिँदैछ। निर्देशनालयले यो सडक खण्डको म्याद २०२४ डिसेम्बर २८ सम्म थप गरेको छ।
अर्को समाचार
आधारभूत अस्पताल भवन अलपत्र
१९ पौष २०८०
•
३ मिनेट पाठ
आधारभूत अस्पताल भवन अलपत्र
म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन्। ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत मंगला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवन निर्माण कार्य व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन्।




धौलागिरि- ७ ताकममा पाँच र मंगला- ५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो। निर्माण व्यवसायीले भवन निर्माण कार्य रोकेपछि यहाँका दुवै अस्पताल योजना अधुरो बनेका हुन्।

ताकममा निर्माणाधीन अस्पतालको जिम्मा लिएको आइएस एसी जेभी बुर्तिबाङ बागलुङले भुइँ ढलान गरेर पिल्लर मात्रै उठाएर कामलाई अधकल्चे बनाएको धौलागिरि– ७ का वडाध्यक्ष अशोक खत्रीले बताए।  ‘स्थानीयस्तरमा कुनै विवाद र समस्या छैन, निर्माण व्यवसायीलाई काममा फर्कन पटकपटक आग्रह गरेका छौं, केही दिनमै काममा फर्कने प्रतिबद्धता आएको छ’, उनले भने।

ताकममा अस्पताल भवन बनाउन चार करोड ८८ लाख ७२ हजार एक सय ३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको २० प्रतिशत भौतिक प्रगति भएको छ।

भवन निर्माण गर्ने समय ब्यतित गरेको उक्त कम्पनीलाई १२ औं संशोधन नियमावलीअनुसार एक वर्षका लागि म्याद थप भएको थियो। दुईतले अस्पताल भवनमा आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतका संरचना रहने प्रस्ताव गरिएको छ।

निर्माण कम्पनीका प्रतिनिधि दीपक अढाईले बजेटको सुनिश्चितालगायतका विविध कारणले आफूले समयमै काम सम्पन्न गर्न नसकेको बताउँदै पालिकाको नेतृत्वमा सबै समस्या हल भएकाले अब छिट्टै कार्य क्षेत्रमा फर्कने बताए। उनले निर्माण सामग्री, मेसिन उपकरण तथा जनशक्ति व्यवस्थापनमा जुटेको जनाउँदै एक सातामै कार्य क्षेत्रमा काम सुरु हुने जानकारी दिए।

मंगला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेपछि निर्माण व्यवसायीलाई ताकेता गरिएको छ। ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण यहाँको अस्पताल भवन विगत डेढ वर्षदेखि अलपत्र अवस्थामा छ। भवनको र्‍याप फाउन्डेसन तयार पारी पिल्लर उठाएर छाडिएको यस योजनाको जम्मा १० प्रतिशत भौतिक प्रगति भएको छ।

पिल्लरको  संरचना ठडाएर छाडिएको छ भने रडमा खिया लागेको छ। अस्पताल भवन निर्माणका लागि पालिकाले ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौंसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा नौ करोड ११ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

मुख्य ठेकेदारले योजनाको काम गर्न अर्को पेटी ठेक्का लगाएको र उनीहरूबीचको आन्तरिक विवादले योजना नै अलपत्र परेको गाउँपालिकाका असिस्टेन्ट सब-इन्जिनियर नगेन्द्र सापकोटाले जानकारी दिए। पालिकाले पटकपटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए। यस भवनको आगामी असार मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप भएको छ।

पालिकाको अस्पताल भवनलाई सम्पन्न गराउन निरन्तर ताकेता गरेको र मुख्य ठेकेदार नै पालिकामा आएर केही दिनमै काम अघि बढाउने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए। मंगलामा आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्पप्रतिरोधी क्षमताको ३५ कोठा भएको अपांगमैत्री अस्पताल  भवन निर्माण हुनेछ।

जिल्लाको मालिका गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर आधारभूत अस्पतालका रूपमा सञ्चालनमा ल्याएको छ। दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार, मेसिन उपकरण, जनशक्तिलगायतको बन्दोबस्त गरेर पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ।

म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर १ दोबामा पाँच शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ भने रघुगंगा गाउँपालिकामा वडा नम्बर १ बेगमा निर्माण हुने भनिएको अस्पताल योजना विवाद र जग्गा व्यवस्थापन समस्याले अझै शिलान्यास हुन सकेको छैन। -रासस
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस