परम्परागत कानुनमा परिमार्जन नहुँदा औद्योगिक वातावरण बन्न नसकेको गुनासो गर्दै आएको निजी क्षेत्रले संस्थागत रूपमा केही ऐन, कानुन खारेज र संशोधन गर्न माग गरेको छ।
कानुनी जटिलता, नीतिगत तथा प्रक्रियागत झन्झटका कारण काम गर्न कठिनाइ भएको भन्दै उद्योगीहरूको छाता संस्थाले लगानीमैत्री हुन नसकेका कानुन खारेज गर्दै ऐन, नियमावली संशोधन गर्न माग गरेको छ। मुलुकको आर्थिक विकासका लागि ऐन, कानुन बाधक भएको निजी क्षेत्रको ठहर छ।
मुलुकको अर्थतन्त्र सुधारका लागि ऐन, कानुन बाधक रहेकाले संशोधन र खारेजी आवश्यकता रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए।
‘मुलुकको आर्थिक विकासका लागि असान्दर्भिक कानुनको खारेजी एवं केही नयाँ कानुन बनाउनुपर्ने आवश्यकता छ,’ अध्यक्ष अग्रवालले भने, ‘समृद्ध अर्थतन्त्रका लागि कानुनमा सुधार अपरिहार्य देखियो।’
कानुन सुधारको आवश्यकता महसुस गरी सुधारका लागि पहलकदमी लिन ढिलाइ भएको उनले बताए। २८ वटा ऐन, नियमावलीमा संशोधन गर्नुपर्ने, ५ वटा ऐन खारेज गर्नुपर्ने र ३ वटा नयाँ ऐन,कानुन ल्याउनुपर्ने आवश्यकता रहेको अग्रवालले बताए।
परिसंघले सुधार गर्नुपर्ने, खारेज गर्नुपर्ने र नयाँ बनाउनुपर्ने ऐन, कानुन, नियमावलीको बारेमा लिखित रूपमा सुझाव दिएको छ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सो सुझाव दिएको हो। परिसंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई पनि सुझाव प्रदान गरेको छ।
परिसंघले सरोकारावालासँग अध्ययन, छलफल गरेर मुलुकमा आर्थिक विकासका लागि सुझाव दिएको जनाएको छ। परिसंघले विज्ञको राय सुझाव, छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय अभ्यासलाई पनि अनुसन्धानात्मक अध्ययन गरेको थियो।
परिसंघले ५ वटा खारेज गर्नुपर्ने, ३ वटा नयाँ कानुन ल्याउनुपर्ने र १८ वटा ऐन तथा १० वटा नियमावली तथा एकएक वटा कार्यविधि तथा आदेशका दफाहरूसमेत उल्लेख गरी सुधारका लागि सुझाव दिएको छ।
उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधि संस्थाको रूपमा परिसंघले औद्योगिक विकासका माध्यमबाट समग्र आर्थिक समृद्धिका लागि नेपाल सरकारसँग निरन्तर सहकार्य तथा समन्वय गर्दै आइरहेको छ।
मुलुकको औद्योगिक, आर्थिक तथा सामाजिक विकासका लागि परिसंघले नीति, नियम तथा कानुनी क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा समेत अध्ययन अनुसन्धान गरी सरकारलाई रचनात्मक सुझाव दिँदै आएको छ।
आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, लगानीको वातावरण निर्माण तथा औद्योगिकीकरण गर्न अनुकूल कानुन आवश्यक रहेको निजी क्षेत्रको माग छ।
लगानी आकर्षित गर्दै औद्योगिक विकासका लागि अनुकूल कानुनी व्यवस्थाको महत्त्वपूर्ण भूमिका रहने भएकाले नीतिगत स्थायित्वको आवश्यकता रहेको अग्रवालले बताए।
‘आर्थिक संमृद्धिको तीव्र आकांक्षा हासिल गर्न सरकारले सहजीकरण गर्नुपर्छ,’ उनले भने।
नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ। चितवन प्रदर्शनी केन्द्रमा भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो।
दुई दिने सम्मेलनमा भएका छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छायाँ शर्माले बताइन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायतका सरोकारवाला निकाय समक्ष यो घोषणा पेश गरी नीतिगत सुधारको लागि पैरवी गर्ने उनले बताइन्।
घोषणा पत्रमा कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने, महिलामैत्री कृषि यान्त्रिकरण, कृषिमा काम गर्ने सरकारी निकायहरूको विकेन्द्रीकरणसँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय वृद्धि गर्न संरचना बनाउनु पर्ने उल्लेख छ।
साथै घोषणापत्रमा कृषिमा बिमा र सहुलियत ऋणको प्रभावकारिता बढाउनुपर्ने, कृषिमा पर्याप्त लगानीको खाँचो देखिएकाले सरकारको कृषिमा लगानी गर्ने नीति एकद्वार प्रणालीमा हुनुपर्नेलगायतका विषय पनि उल्लेख गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...