इप्पानद्वारा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौताको स्वागत
२२ पौष २०८०
•
४ मिनेट पाठ
इप्पानद्वारा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौताको स्वागत
नेपाल र भारतबीच दीर्घकालिन विद्युत् व्यापार सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ। इप्पानले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन सम्झौताले विद्युत् व्यापारमा मार्गप्रशस्त गरेका भन्दै स्वागत गरेको हो।




इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले नेपालमा उत्पादन भएको विद्युत् भारतमा निर्यात गर्ने बाटो खोलेको बताए ।‘नेपालमा उत्पादन भएको बिजुली खेर गइरहेको परिपेक्षमा भारतसँग भएको दीर्घकालिन विद्युत् सम्झौताले ठुलो अर्थ राख्छ,’ उनले भने‘अब कम्तिमा नेपालमा उत्पादन भएको बिजुली भारत निर्यात गर्ने ढोका खुलेको छ।’

अध्यक्ष कार्कीले भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा २०८० पुस १९ गते भारतसँग भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताबाट पनि नेपालको निजी क्षेत्रले ठूलो लाभ लिन सक्ने बताए। यसले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्याउने पनि कार्कीले बताए।

‘अहिले अल्पकालीन बजारमा नेपालले करिब ५ सय मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको छ। यसमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ भने आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यातमा पनि निजी क्षेत्रको महत्वपूर्ण योगदान हुनेछ।’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले भने, ’यति धेरै विद्युत निर्यात गर्नका लागि निजी क्षेत्रको संलग्नताविना असम्भव नै छ। निर्यातको यो लक्ष्य पूरा गर्नका लागि निजी क्षेत्र तयार पनि छ।’

गत जेठमा सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा विद्युत निर्यातको प्रारम्भिक समझदारी भएकोमा अहिले आएर भएको सम्झौताको ऐतिहासिक महत्व रहेको इप्पानको ठम्याई छ। यो सम्झौतासँगै अब नेपाल विद्युत प्राधिकरणले रोकिराखेको विद्युत खरिद सम्झौता ९पीपीए० पूर्णरुपमा खुल्ला हुनुपर्ने तथा निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने, बैंक तथा वित्तिय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतहरु घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याहरुको समाधानका लागि सरकार थप सक्रिय भई तुरुन्तै अघि बढ्नुपर्ने माग पनि इप्पानको छ।  यो सम्झौतापछि दीर्घकालीन रुपमा विद्युत व्यापारका लागि निजी क्षेत्रका कम्पनीहरुलाई बाटो खुल्ला गर्ने गरी सरकारले थप नीतिगत व्यवस्था गर्ने अपेक्षा रहेको इप्पानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।

यसका लागि नेपाल तथा भारत सरकारले दुई देशका निजी क्षेत्रलाई विद्युत व्यापारका लागि निर्वाध रुपमा पहुँच दिने गरी थप कार्य तुरुन्तै अघि बढाउनुपर्ने र यसका लागि आवश्यक सहयोग गर्न ऊर्जा उत्पादकहरुको साझा संस्थाको हैसियतमा इप्पान सदैव तयार रहेको पनि आचार्यले बताए।

१० हजार मेगावाट विद्युत निर्यात तथा सरकारले आगामी १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित गर्न लागेको मार्गचित्र कार्यान्वयनका लागि अहिले देखिएका सबै समस्या समाधान गर्ने गरी अधिकार सम्पन्न एकद्धार प्रणालीमा आधारित विशेष डेस्क स्थापना गरी चुस्त दुरुस्त रुपमा काम गर्नु आवश्यक रहेको इप्पानका महासचिव बलराम खतिवडाले बताए। सरकारको तर्फबाट यसमा सुधार नभएमा निर्यात र उत्पादनको लक्ष्य हासिल गर्न असम्भव प्रायः नै हुने उनको भनाई छ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले सरकारको तर्फबाट जलविद्युत आयोजनाले पूरा गर्नुपर्ने विभिन्न प्रावधानहरु कार्यान्वयनमा ढिलाई हुँदा धेरै आयोजनाको विद्युत खरीद सम्झौता (पीपीए) गर्न ढिलाई भएको र हाल करिब १२ हजार मेगावाट पीपीएको प्रतिक्षामा रहेकोले भविष्यमा यी आयोजनाहरुको निर्माणमा पनि ढिलाई हुने बताए।

नेपालमा विद्युत उत्पादन भएको ११२ वर्षमा २ हजार ८३७ मेगावाट विद्युत उत्पादन हुँदा निजी क्षेत्रको योगदान मात्र २ हजार १७५ मेगावाट पुगेको छ। ३ हजार १०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन भने २० हजार मेगावाट बराबरका आयोजना अध्ययन तथा निर्माणका विभिन्न चरणमा छन्।

सन १९७१ देखि नेपाल र भारतबीच विद्युत आदान प्रदान हुँदै आएकोमा सन २०१४ मा विद्युत व्यापार सम्झौता (पीटीए) भएको थियो। सोही सम्झौतामा टेकेर पछिल्लो समय नेपालबाट ५०० मेगावाटसम्म विद्युत अल्पकालिन रुपमा भारतमा निर्यात हुँदै आएको थियो। चालू आर्थिक वर्षमा मात्रै नेपालबाट १५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत भारत निर्यात भएकोमा यसमा निजी क्षेत्रले निर्माण गरेका जलाविद्युत आयोजनाको ठूलो हिस्सा रहेको थियो।
अर्को समाचार
विस्फोटक पदार्थ ल्याउन भारतीय अवरोध
२५ वैशाख २०८१
•
३ मिनेट पाठ
विस्फोटक पदार्थ ल्याउन भारतीय अवरोध
विस्फोटक पदार्थ आयातमा भारतीय अवरोधका कारण नेपालका विकासे परियोजना प्रभावित हुन थालेका छन्। विस्फोटक पदार्थ अभावमा निर्माणाधीन सडक, सुरुङमार्ग र जलविद्युत् आयोजनाको काम रोकिन पुगेको छ। 




सबैभन्दा बढी जलविद्युत् आयोजनाका सुरुङमार्ग, टनेल बनाउन आवश्यक पर्ने विस्फोटक पदार्थ अभाव हुँदा ती आयोजनाको निर्माण प्रभावित हुन थालेको ऊर्जा प्रवर्धकहरूको भनाइ छ। भारतले दुई महिनादेखि विभिन्न बहानामा विस्फोटक पदार्थको आयात रोकेको उनीहरू बताउँछन्।

विस्फोटक पदार्थ आयात रोकिँदा चार दर्जन बढी जलविद्युत् आयोजनाको काम प्रभावित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले बताए।

उनका अनुसार विस्फोटक पदार्थ आयातमा काठमाडौंस्थित भारतीय दूतावासले स्वीकृति नदिएकाले निर्माणाधीन ८० प्रतिशत जलविद्युत् आयोजनाको काम रोकिन पुगेको छ।

‘विस्फोटक पदार्थ किन्न आवश्यक नो अब्जेक्सन लेटर (एनओसी) नवीकरण गर्न भारतीय दूतावास आनाकानी गरिरहेको छ। जसका कारण नेपालका निर्माणाधीन ८० प्रतिशत जलविद्युत् आयोजना प्रभावित भएका छन्,’ उनले भने, ‘अहिले नै चार दर्जन बढी जलविद्युत् आयोजनाको निर्माण रोकिन पुगेको छ।’  

काम रोकिँदा जलविद्युत् आयोजनाको समय र लागतसमेत बढ्ने देखिएको छ। भारतले विस्फोटक पदार्थ ल्याउन नदिँदा जलविद्युत् आयोजना निर्माण एकदेखि ६ वर्षसम्म धकेलिने अवस्था देखिएको कार्कीले बताए।

‘भारतले एकपटक मात्रै विस्फोटक पदार्थ आयात रोक्दा आयोजनाको लागत बढ्नुका साथै ६ महिनादेखि एक वर्षसम्म पर धकेलिन्छ,’ उनले भने, ‘त्यो अवस्था अहिले सिर्जना भएको छ।’  

विस्फोटक पदार्थ अभाव हुन थालेपछि लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजनाको काम रोकिने अवस्था आएको छ।

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले पनि विस्फोटक पदार्थ नपाउँदा निर्माण कार्य प्रभावित भएको जनाएको छ। तीबाहेक निर्माणाधीन साना तथा ठुला क्षमताका जलविद्युत् आयोजना प्रभावित हुन थालेको इप्पानले जनाएको छ।

निर्माणाधीन अधिकांश जलविद्युत् आयोजनामा सुरुङ तथा टनेल खन्न विस्फोटक पदार्थ चाहिन्छ। सडक विभागअन्तर्गतका कतिपय सडकखण्ड निर्माणमा पनि विस्फोटक पदार्थको अभाव हुन थालेको निर्माण व्यवसायी बताउँछन्।

‘विस्फोटक पदार्थ अभावले धेरैजसो हाइड्रोपावर प्रोजेक्टलाई समस्या परेको देखिन्छ,’ नेपाल निर्माण व्यवसायी महासंघ नेपालका अध्यक्ष रवि सिंहले भने, ‘सडकअन्तर्गतका आयोजनामा पनि यो समस्या नहोला भन्न सकिन्न।’ 

कतिपय ठुला रणनीतिक महत्वका सडक सञ्जाल र सुरुङमार्ग बनाउन विस्फोटक पदार्थको अभाव रहेको विभागले जनाएको छ। भारतले विस्फोटक पदार्थ रोकेको यो पहिलोपटक भने होइन। विगतमा पनि भारतले विभिन्न बहानामा विस्फोटक पदार्थको आयात रोकेको थियो। विकासे आयोजना निर्माणका लागि विस्फोटक पदार्थ भारतबाटै आयात गर्नुपर्छ।

यसअघि नागढुंगा सुरुङमार्ग निर्माणका क्रममा पनि भारतले विस्फोटक पदार्थ रोक्दा निर्माण कार्य प्रभावित हुन पुगेको थियो। नेपाली सेनाले नेपालमा दैनिक १० टन विस्फोटक पदार्थ उत्पादन गरिरहेको जनाएको छ। नागढुंगा सुरुङमार्ग आयोजनामा पनि सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न प्रस्ताव गरे पनि जापानी कम्पनीले परीक्षण गर्नुपर्नेलगायत कारण देखाएर मानेको थिएन।

भारतले नेपालमा आफ्नै पुँजी, स्रोत र जनशक्तिमा प्रयोग हुने आयोजनाहरूलाई प्राथमिकतामा राख्ने गरेको छ। अर्थात् नेपालमा चिनियाँ कम्पनी र लगानीमा निर्माण भएका कतिपय जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीसमेत भारतले किन्न आनाकानी गर्दै आएको छ।

नेपालका अधिकांश जलविद्युत् आयोजनामा चिनियाँ लगानी छ। नयाँ सरकार परिवर्तनपछि नेपालमा चिनियाँ प्रभुत्व बढ्न थालेको भन्दै भारतले विभिन्न बहाना बनाएर विस्फोटक पदार्थलगायतमा कडाइ गर्न थालेको विज्ञहरू बताउँछन्।

भारतबाट नेपालमा विस्फोटक पदार्थ ल्याउन भारतीय दूतावासले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिनुपर्छ। प्रत्येक ६ महिनामा एनओसी नवीकरण गरेपछि मात्र विस्फोटक पदार्थ आयात गर्न पाइन्छ। तर नवीकरण गर्ने अवधि सकिएको दुई-तीन महिना हुँदासम्म भारतीय दूतावासले एनओसी दिएको छैन।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस