सवा दुई अर्ब ठगेर फरार मेयरलाई ‘प्रहरीकै संरक्षण’
२२ पौष २०८०
•
५ मिनेट पाठ
सवा दुई अर्ब ठगेर फरार मेयरलाई ‘प्रहरीकै संरक्षण’
ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली । तस्बिर : नागरिक
सर्वसाधारणको करिब सवा दुई अर्ब रूपैयाँ ठगी गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली राजनीतिक तथा प्रहरी प्रशासनको संरक्षण हुँदा पक्राउ परेका छैनन्।

इमेज बचत तथा ऋण सहकारी संस्थामा पोखरा र बागलुङका बचतकर्ताले राखेको २ अर्ब २५ करोड रूपैयाँ ठगी गरेको आरोप नेपालीमाथि छ। राजनीतिक पहुँचका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरेको पीडितको गुनासो छ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीले बागलुङमा करिब १५ सय जनाको १ अर्ब ६० करोड रूपैयाँ र पोखरामा ५ सय २४ जनाको ६४ करोड ८८ लाख रूपैयाँ हिनामिना गरेको उजुरी परेको थियो। उजुरी परेपछि नेपालीसहित ११ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो।  

इमेज बचत तथा ऋण सहकारीमा बचतकर्ताले राखेको २ अर्ब २४ करोड ८८ लाख रूपैयाँ हिनामिना गरेको आरोपमा नेपालीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि राजनीतिक संरक्षणका कारण प्रहरीले पक्राउ नगरेको पीडितको गुनासो छ।

प्रहरीसँगकै मिलेमतोमा नेपाली फरार भएको पीडितको अनुमान छ। एमालेबाट नगरप्रमुख जितेका नेपालीको शीर्ष नेताहरूसँग राम्रो सम्बन्ध भएकै कारण प्रहरी प्रभावित भएको आरोप छ। एमालेले भने नेपालीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ।

साढे आठ महिनादेखि फरार नेपालीलाई प्रहरीले पक्राउ गर्न बेवास्ता गरेको पीडितको गुनासो छ। ‘प्रहरीले आज समात्छौं, भोलि समात्छौं भनेको आठ महिना बित्यो,’ इमेज बचत तथा ऋण सहकारी पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले भने, ‘नेपाली फेसबुकबाट लाइभमा आएको सूचना पाउँदा पनि प्रहरीले हामीसँग प्रविधि छैन भनेर पक्राउ गरेको छैन।’

मुलुकमा न्याय पाउने वातावरण नभएको भन्दै पीडित आक्रोशित छन्। ‘एक जनप्रतिनिधि बचतकर्ताको अर्बौं रूपैयाँ ठगेर फरार हुँदा पनि प्रहरी, प्रशासन मूकदर्शक भएर बसेका छन्,’ कार्कीले भने, ‘मुलुकमा न्याय पाइँदो रहेनछ।’

कार्कीका अनुसार इमेज बचत तथा ऋण सहकारीबाट उनको परिवारले करिब ६५ लाख रूपैयाँ पाउनुपर्छ। इमेजले बागलुङ बजार, गलकोट र बुर्तिबाङमा कार्यालय सञ्चालन गरेर कारोबार गरेको थियो। उसले पोखरामा पनि कारोबार गर्दै आएको थियो।

गत वैशाख ९ गते नेपालीले पैसा अभाव भएको भन्दै सूचना निकालेर इमेज सहकारी बागलुङको कारोबार बन्द गरेका थिए। पीडितले रकम फिर्ता माग गर्दै आन्दोलन गरे पनि प्रहरी प्रशासनले तत्कालीन समयमा नेपालीलाई पक्राउ गर्न बेवास्ता गरेको थियो। बचतकर्ता इमेजको कार्यालयमा भुक्तानी माग्न जाने गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बागलुङले ठगी आरोपमा नेपालीसहितलाई मुद्दा दायर गरेको थियो। चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परेका थिए। पक्राउ पाँचजना अदालतको आदेशमा पुर्पक्ष थुनामा छन्। नेपाली भने फरार छन्।

नेपालीले गत मंसिर ५ गते आफ्नो फेसबुक लाइभमा वातावरण तयार गरे जमिन बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए। पीडितले भने नेपालीले सहानुभूति बटुल्न र विषयान्तर गर्न यस्तो बताएको आरोप लगाएका छन्।

सवा दुई अर्ब ठगेर फरारमेयरलाई ‘प्रहरीकै संरक्षण’

फेसबुकबाट लाइभमा आउँदा पनि प्रहरीले अझै पक्राउ गरेको छैन। इमेज सहकारी बागलुङको ठगी प्रकरणमा अन्यलाई पक्राउ गरेर मुद्दा चलाएको भए पनि नेपाली फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख योगेन्द्र खड्काले बताए। ‘पक्राउ गर्न केन्द्रीय निकायसँग पनि समन्वय गरिरहेका छौं,’ उनले भने।

नेपाली फेसबुक लाइभमा आएको विषयमा भने नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय गरिरहेको उनले बताए। ‘कुन लोकेसनबाट फेसबुक चलाएको हो भन्ने पत्ता लगाउन साइबर ब्युरोलाई अनुरोध गरेका छौं,’ उनले भने। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीले नेपालीको खोजी भइरहेको बताए। ‘उनी विदेश गएको आशंका छ,’ अधिकारीले भने, ‘प्रहरीले खोजी गरिहेको छ।’ नेपालीलाई प्रहरी र राजनीतिकर्मीको संरक्षण भएको आरोप निराधार भएको उनले बताए।

नेपालीले कानुन व्यवसायीमार्फत आफ्नो जग्गा बेचेर बचतकर्ताको पैसा तिर्ने खबर पठाउने गरेका छन्। ‘नेपालीका कानुन व्यवसायीले सहमतिमा मुद्दा मिलाउन आग्रह गर्नुभएको थियो,’ संघर्ष समितिका संयोजक कार्कीले भने, ‘कानुनी जटिलता भएकाले आपसी समझदारीमा मिलाउन सम्भव देखिएन।’

पीडितले बन्द रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङलाई पुनः सञ्चालनमा ल्याउने बताएका छन्। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशसँगको परामर्शमा सेयर सदस्यहरूको भेला गर्ने तयारी भएको कार्कीले बताए। मेयर नेपाली फरार भएपछि उपमेयर धनबहादुर कायतले कार्यवाहक भएर नगरपालिकाको काम अघि बढाएका छन्।

अर्को समाचार
पर्यटन प्रवर्द्धन गर्न तीस होमस्टे सञ्चालनमा ल्याइँदै
०९ वैशाख २०८१
•
२ मिनेट पाठ
पर्यटन प्रवर्द्धन गर्न तीस होमस्टे सञ्चालनमा ल्याइँदै
पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो।

दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा (बिवाइसी) बागलुङको साझेदारीमा घरबास सञ्चालन गर्न थालेको कार्यक्रम संयोजक उत्तम अर्यालले बताए।

युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यावसायिक घरबास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यो अभियान थालिएको उनको भनाइ छ। पहिलो चरणमा ढोरपाटन उपत्यका क्षेत्रमा सञ्चालित पाँच घरबास सञ्चालकलाई दुई लाख ८० हजार बराबरको सामग्री वितरण गरेको अर्यालले जानकारी दिए। 

ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाइ छ। हाल सञ्चालनमा रहेका घरबासलाई व्यवस्थित गराउने र युवालाई प्रत्यक्ष रोजगारीसँग जोड्ने कामको सुरुवात गरेको अर्याल बताउँछन्। 

घरबासमा आवश्यक पर्ने लत्ताकपडादेखि विस्तारा, कुर्सी, टेबल, ग्यास सेटलगायत विभिन्न ४० प्रकारका सामग्री हस्तान्तरण गरिएको छ। सञ्चालकलाई विभिन्न तालिममार्फत घरबास विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ़ने गरी कार्यक्रम तय गरिएको उनी बताउँछन् । 

वर्षको पुस १५ गतेसम्म १७ र त्यसपछि १३ घरबास सञ्चालनमा ल्याइने अर्यालले जानकारी दिए। पहिलो चरणमा ८५ लाख लगानी लगानी गर्न थालेको उनको भनाइ छ।

‘घरबास सञ्चालन गर्न रुचि राख्ने युवा, उद्यमी र महिलालाई हामीहरुले सहयोग गर्छौँ, वडा कार्यालयले सिफारिस गरेका व्यक्ति हुनुपर्ने छ, एउटा घरबासका लागि दुई लाख ८० हजारसम्म सहयोग हुन्छ, अहिले तत्काल सञ्चालन हुँदै आएको ढोरपाटनका पाँच घरबास सञ्चालकलाई सहयोग गरेका छौँ’, कार्यक्रम संयोजक अर्यालले भने, ‘अब छिट्टै अन्य उद्यमीलाई पनि हुन्छ, खास गरि ‘इको टुरिज्जम’का लागि यो कार्यक्रम गर्न थालेका हौँ।’

युवालाई गाउँमै रोजगारीको सिर्जना गराइ व्यावसायिक बनाउन एक सय ५० जनाका लागि फरकफरक कार्यक्रम सञ्चालन समेत गरिने भएको छ। युवालाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउने लगायतका तालिमका माध्यमबाट सीप सिकाइ आयआर्जनसँग जोडिने छ।  

ढोरपाटनका कार्यबाहक नगर प्रमुख धनबहादुर कायतले यस क्षेत्रको पर्यटन प्रवद्र्धन, स्वरोजगार सिर्जना र घरबास सञ्चालन व्यवस्थापनमार्फत पर्यटन प्रवद्र्धन हुनुका साथै धेरै युवाले रोजगार बढाउने बताए। ढोरपाटन र निसीखोलामा थुप्रै सम्भावना हुँदाहुँदै पनि पछाडि परेको भन्दै अब विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर विकासको गति बढाउने उनको भनाइ छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस