भूकम्प पुनर्निर्माणमा भारतको १० अर्ब अनुदान
२० पौष २०८०
•
४ मिनेट पाठ
भूकम्प पुनर्निर्माणमा भारतको १० अर्ब अनुदान
जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति भएका घरको पुनर्निर्माणका लागि स्रोत अभाव भइरहेका बेला भारत सरकारले १० अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ।




ऊर्जा व्यापार सम्झौता गर्न नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले भूकम्पले क्षति भएका जिल्लामा घरसहितका पूर्वाधार पुनर्निर्माण गर्न १० अर्ब रूपैयाँ अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भूकम्पले क्षति पुगेका जिल्लामा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि भारतले सहयोग गर्ने घोषणा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए। ‘भारतका विदेशमन्त्रीले १० अर्ब अनुदान दिने घोषणा गर्नु भएको छ,’ प्रवक्ता राईले भने, ‘अनुदानलाई सरकारले भूकम्प प्रभावितक्षेत्रमा आवश्यकता अनुसार प्रयोग गर्छ।’

सरकारले भूकम्पपीडितका अस्थायी आवास बनाउन प्रतिघरधुरी ५० हजार सघाउने घोषणा गरिसकेको भए पनि पीडितले रकम नपाएको गुनासो गरेका छन्। भूकम्प गएको दुई महिना पुगे पनि सबै पीडितले अस्थायी आवासको रकम पाएका छैनन्।

जाजरकोटमा ३५ हजार घरमा क्षति पुगेको भए पनि अस्थायी आवास बनाउने रकम नपाएको गुनासो पीडितले गरेका छन्। जाजरकोटका करिब १३ हजार लाभग्राहीले पहिलो किस्ता बापतको रकम नपाएको बताएका छन्। लाभग्राहीले अहिलेसम्म २१ हजार नौ सय ४६ जनाले पहिलो किस्ताका लागि सम्बन्धित पालिकामा सम्झौता गरेका छन्।

सरकारले पहिलो चरणमा अस्थायी आवास बनाउन एक अर्ब ४१ करोड रूपैयाँ निकासा गरेर पठाएको थियो। जाजरकोट र रुकुम पश्चिमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड पठाएको थियो।

सरकारले सांसद विकास कोषको आठ अर्ब २५ करोड रूपैयाँ रकम पनि भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको थियो। त्यसमा एक अर्ब ७५ करोड रूपैयाँ थपेर विपद् व्यवस्थापन कोषमा १० अर्ब रूपैयाँ जम्मा गर्ने निर्णय सरकारले गरेको थियो।

भूकम्पले सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको थियो। गृह मन्त्रालयका अनुसार जाजरकोटमा नौ हजार सात सय ९४ घरमा पूर्ण क्षति, २४ हजार सात सय सात घरमा आंशिक क्षति, रुकुम पश्चिममा १६ हजार पाँच सय ७० घर पूर्ण क्षति, नौ हजार नौ सय ६१ घरमा आंशिक, रुकुम पूर्वमा एक सय ८२ घरमा आंशिक क्षति, सल्यानमा एक सय २९ पूर्णक्षति, चार सय १८ आंशिक, रोल्पामा २५ घर पूर्ण क्षति र ८७ घरमा आंशिक क्षति, प्युठानमा ३१, दाङमा सात, जुम्लामा पाँच घरमा आंशिक क्षति पुगेको थियो।भूकम्पबाट करिब ६८ अर्ब रूपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरेको थियो। 

भूकम्पले क्षति भएका निजी घर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन निर्माण गर्न ठूलो धनरासी खर्च हुने अनुमान छ। गृह मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दाङ, प्युठान लगायतका जिल्लामा भत्किएका निजी घर, विद्यालय, सरकारी भवन पुनः निर्माण गर्न ६७ अर्ब ६२ करोड रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

क्षति भएका संरचनालाई तत्काल अस्थायी संरचना तयार गर्ने र पछि दीर्घकालीन संरचना बनाउन सघाउने सरकारी योजना छ। पीडितहरू अहिले त्रिपालमा बसेका छन्। धेरै बजेट लाग्ने भएकाले सरकारले दाताको खोजी गरेको बेला भारत सरकारले सघाउने भएको छ।

२० करोडसम्मका योजना भारतसँग सिधा सम्झौता  

काठमाडौं– भारतले नेपाललाई दिँदै आएको परियोजना सहायताको अधिकतम सीमा बढेको छ। अर्थमन्त्रालयको स्वीकृतिमा भारतीय दूतावासले २० करोड रूपैयाँसम्मका आयोजना सिधै सम्झौता गरेर कार्यान्वयन गर्न पाउने भएको छ।  

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणमा उच्च प्रभावयुक्त सामुदायिक साना विकास आयोजना सम्बन्धी सम्झौतामा यस्तो व्यवस्था गरिएको छ। सम्झौतामा नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार हस्ताक्षर गरेका हुन्। अहिलेसम्म परियोजनाको सीमा पाँच करोड रूपैयाँ मात्र रहेकोमा नयाँ सम्झौतामा २० करोड रूपैयाँ पु¥याइएको छ।

सम्झौतामा स्थानीय तह वा अन्य सरकारी निकायबाट प्राप्त माग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परीक्षण गरी अर्थ मन्त्रालयमा आयोजना सिफारिस गर्ने र अर्थ मन्त्रालयले माग भएका आयोजनाको प्राथमिकताका आधारमा सहायता परिचालनका लागि भारत सरकारलाई अनुरोध गर्ने अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए।

गैरसरकारी संस्थाबाट कार्यान्वयन हुने आयोजनाको हकमासमेत सम्बन्धित विषयगत मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले सहमति दिने र समाज कल्याण परिषद्को स्वीकृति प्राप्त गरेर मात्र आयोजना स्वीकृत गर्ने मन्त्रालयले जनाएको छ। 

भारतीय अनुदानमा सञ्चालन हुने आयोजनामा सामान्यतया गाउँपालिकाले पाँच प्रतिशत र नगरपालिकाले १० प्रतिशत काउन्टरपार्ट फन्ड राख्नुपर्ने  प्रावधान छ।  

आयोजना कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित स्थानीय तह, जिल्ला समन्वय समिति, प्राविधिक विशेषज्ञ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय दूतावासका प्रतिनिधि रहेको अनुगमन समितिसमेत रहने प्रवक्ता शर्माले बताए। ‘सम्झौताको अवधि पाँच वर्षको रहनेछ,’ प्रवक्ता शर्माले भने।
अर्को समाचार
‘अग्निपथ’मा प्रधानमन्त्रीको आत्मसमर्पण!
०३ माघ २०८०
•
४ मिनेट पाठ
‘अग्निपथ’मा प्रधानमन्त्रीको आत्मसमर्पण!
भारत सरकारको ‘अग्निपथ’ योजनामा नेपाली युवाको भर्ना खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय भएका छन्। पहिला नेपाल सरकारले अग्निपथमा नेपाली युवालाई भर्ना लिन सहमति दिएको थिएन। तर अहिले अग्निपथमा नेपाली युवाको भर्ना खुलाउन प्रधानमन्त्री दाहाल नै सक्रिय भएको स्रोतले बताएको छ।




भारत सरकारले ल्याएको सेनामा भर्नासम्बन्धी एउटा योजना हो–अग्निपथ। यो योजनाअन्तर्गत नेपाली युवालाई भारतीय सेनामा चार वर्षका लागि भर्ना गरी २५ प्रतिशतलाई स्थायी गर्ने र बाँकीलाई एकमुष्ट १० लाख ४० हजार भारतीय रुपैयाँ दिएर अवकाश दिने भनिएको छ। तर त्यतिबेला भारत सरकारको यो योजनाको नेपालमा विरोध भएपछि सरकारले नेपाली युवालाई अग्निपथमा भर्ना लिन सहमति दिन नसकिने भनेको थियो।

पहिला अग्निपथमा नेपाली युवा भर्तीको विपक्षमा रहेका प्रधानमन्त्री दाहाल अहिले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिमार्फत नीतिगत तहमा अनुसन्धान गराएर भर्नाको वातावरण मिलाउने कोसिसमा लागेको स्रोतको दबी छ।
गत जेठमा भारत भ्रमणका बेला प्रधानमन्त्री दाहालले यो विषय सुन्न पनि चाहेका थिएनन्। भ्रमणका बेला केही नेपाली पत्रकारसँग कुरा गर्दा दाहालले अग्निपथमा नेपाली युवालाई भर्ना लिन भारतलाई सहमति दिए आफ्नो राजानीतिक भविष्य नै सकिन्छ भनेका थिए। ‘यो विषय राजनीतिक हो, राष्ट्र र राष्ट्रियतासँग जोडिएको छ, मेरो कार्यकालमा अग्निपथमा युवालाई भर्ना हुन सहमति दिए मलाई सिध्याउँछन्’, प्रधानमन्त्री दाहालले त्यतिबेला भनेको कुरा उद्धृत गर्दै एक पत्रकारले भने। तर अहिले प्रधानमन्त्री स्वयंले अग्निपथमा नेपाली युवाको भर्ना खुलाउन चाहेको स्रोतको दाबी छ।

नेपाली युवा रुस र युक्रेनजस्ता युद्धग्रस्त मुलुकमा जान थालेपछि उनले अग्निपथमा भर्ना खुलाउने विषयमा चासो दिन थालेका हुन्। तर अहिले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिमा कार्यकारी अध्यक्ष पद रिक्त छ।
डा. विष्णुराज उप्रेतीको कार्यकाल सकिएपछि सरकारले कार्यकारी अध्यक्ष नियुक्त गर्न सकेको छैन। करिब दुई वर्षअघि भारतले नेपाली युवालाई अग्निपथमा भर्तीका लागि आह्वान गर्दा नेपालमा विरोध भएको थियो। कतिपयले त्यसको समर्थन पनि गरेका थिए।

तत्कालीन नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले अग्निपथमा नेपाली युवालाई भर्ना गर्ने भारतीय योजनाको विरोध गरेका थिए। त्यसपछि भारत सरकारले यो विषयमा जोड गरेको छैन।

‘नेपालले निर्णय गर्नुपर्ने विषय भएकाले द्विपक्षीय बैठकमा भारतीय पक्षले यो अजेन्डा राखेको छैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च कर्मचारीले भने।

ती कर्मचारीका अनुसार अग्निपथमा नेपाली युवालाई भर्ना लिन भारत सकारात्मक भए पनि नेपालमा दलीय र जनस्तरबाटै विरोध भएकाले सरकारले स्वीकृति नदिएको हो। तर अहिले आएर प्रधानमन्त्री दाहालले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिलाई अग्निपथमा भर्नाको औचित्य पुष्टि हुने गरी प्रस्ताव ल्याउन आग्रह गरेका छन्।
‘भारतमा अहिले पनि गोर्खा पल्टनमा ६० हजार नेपाली छन्। त्यसमा भर्ना भैरहेकाले अग्निपथमा भर्ना लिन स्वीकृति दिँदा नेपाललाई कुनै असर पर्दैन भन्ने प्रधानमन्त्रीको धारणा छ। त्यसैअनुसार अध्ययन भैरहेको छ’, स्रोतले भन्यो। स्रोतका अनुसार प्रधानमन्त्रीकै तहबाट अग्निपथमा भर्ना खुलाउन गरिएको यो पहिलो कदम हो।

अग्निपथअन्तर्गत चार वर्षका लागि सैनिक तालिममा युवाले अवसर पाउँछन्। भर्ना हुनेले मासिक ३० हजार भारतीय रूपैयाँ तलबसँगै स्वास्थ्योपचार लगायत सुविधा पाउँछन्। अग्निपथ योजनामा भर्ती भएकाको बिमा पनि गरिन्छ। चार वर्षपछि उनीहरू आफ्नो रुचिको अन्य क्षेत्रमा जान पाउँछन्। अग्निपथ योजनाअन्तर्गत भर्तीमध्ये निश्चित प्रतिशतलाई सैन्य सेवा निरन्तरता दिइन्छ। सबैले यो अवसर पाउँदैनन्।

भारतको गोर्खा पल्टनमा ६० हजार नेपाली छन्। गोर्खा पल्टनमा नेपालीको संख्या घट्दै गएपछि भारतले अग्निपथ योजना ल्याएको हो। अग्निपथमा भर्ना हुँदा बेरोजगार युवाले रोजगारी पाउने र आर्थिक हिसाबले पनि यो फाइदाजनक भएकाले त्यो कोणबाट पनि छलफल चलाइएको स्रोतले बतायो।
अग्निपथमा नेपाली युवा भर्ना विषयमा बलियो नीति बनाएर मात्रै सरकार अघि बढ्ने बताइएको छ। गत पुस १९ गते भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणमा अग्निपथको विषय नउठेको स्रोतको भनाइ छ। जयशंकरले राष्ट्रपति, प्रधामन्त्री, विपक्षी दलका नेताहरूसँगको भेटमा यो विषयलाई उठाएनन्। नेपाल सरकार र राजनीतिक दलका नेताहरूले पनि यो विषयको उच्चारण गरेनन्।

खासगरी अहिले अग्निपथमा नेपाली युवालाई भर्ना लिन स्वीकृति दिँदा सन् १९४७ नोभेम्बर ९ मा गोर्खा पल्टनको हक–अधिकारका लागि नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता उल्लंघन हुने भएकाले यसको विरोध भएको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले बताए।

त्रिपक्षीय सम्झौतामा तलब, निवृत्तिभरण, भत्ता, बिदा, बालबालिकाको शिक्षा, राष्ट्रिय र सांस्कृतिक उत्सवलगायत विषय उल्लेख छन्।
सम्झौताको भाग १, सेक्सन ‘जे’ मा गोर्खा सैनिकका सेवा र सर्त, ब्रिटिश सेनामा सेवारत गोर्खा अधिकृत तथा जवानलाई दिइने तलबका आधारभूत दरहरू इन्डियन पे कोडसँग बराबर हुने उल्लेख छ। जसअनुसार न्यूनतम १५ वर्ष सेवा गर्ने सिपाहीलाई इन्डियन आर्मी पेन्सन कोडमार्फत पेन्सनको व्यवस्था छ। तर अग्निपथ योजनामा पेन्सन सुविधा हटाइएकाले विरोध भएको ती कर्मचारीको भनाइ छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस