राजधानी क्षेत्रमा लगाईएको बैंक ऋणको सीमा हटाईयो
१८ पौष २०८०
•
३ मिनेट पाठ

स्थायी राजधानी क्षेत्रका जग्गा धितो राखेर लिन पाउने ऋणमा लगाईएको सीमा लुम्बिनी प्रदेश सरकारले हटाएको छ। पूर्ववर्ती सरकारले राजधानी क्षेत्रका स्थानीयहरुले जग्गा बैंकमा धितो राखेर ऋण लिँदा उनिहरुलाई सीमा निर्धारण गरिएको थियो। 

तत्कालीन सरकारको निर्णय अनुसार राजधानी क्षेत्रका जग्गा धितो राखेर २० लाख रुपैयाँ मात्रै ऋण लिन पाउने गरि सीमा तोकिदिएको थियो।तर बुधबार बसेको मन्त्री परिषद बैठकले तत्कालीन सरकारले लगाएको ऋणको यो सीमा हटाईदिएको छ। ‘ऋण लिनका लागि लगाईएको सीमा पूर्ण रुपमा हटाईएको छ,’सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेले भने ‘स्थानीयहरुलाई परेको असहजता महशुस गरेर यो निर्णय गरिएको हो।’ सरकारको यो निर्णय पछि राजधानी बासीहरुले जग्गा धितो राखेर जग्गाको मूल्यांकनका आधारमा जति पनि ऋण पाउन सक्ने छन्। ‘जग्गाको मूल्यांकनका आधारमा अब स्थानीयले जनि पनि ऋण पाउने भए,’ प्रवक्ता पाण्डेले भने ‘अब यति उति मात्रै पाउने भन्ने भएन।’  

तत्कालीन सरकारले राजधानी व्यवस्थापनका लागि बाधा पुग्न सक्ने भन्दै ऋणमा सीमा निर्धारण गरिदिएका थियो। बैंकमा जग्गा धितो राखेर ठूलो रकम ऋण लिएमा कोहि कसैले उक्त ऋण तिर्न नसक्दा बैंकले जग्गा लिलाम गर्ने र बैंकले विक्री गर्न खोज्दा जग्गा खण्डिकरण हुन सक्ने भन्दै सरकारले ऋणमा कसी लगाएको थियो। ‘कोहि कसैले ठूलो रकम ऋण लिएको खण्डमा उसले त्यो ऋण तिर्न नसकेपछि जग्गा लिलाम हुने भयो,’ सरकारका प्रवक्ता पाण्डेले भने ‘अनि लिलाम भएको जग्गा बैंकले विक्री गर्दा त्यो जग्गा खरिद गर्ने नयाँ मान्छेले त आफ्नो जग्गा आफू अनुकुल प्रयोग गर्न खोज्ने भयो, यो बेला व्यवस्थित राजधानी निर्माणको योजनामा समस्या आउने देखेर तत्काली सरकारले ऋणमा सीमा तोकेको थियो।’  
तर ऋणमा निर्धारण गरिएको सीमाका कारण स्थानीयले आफूहरुलाई समस्या पर्दै आएको गुनासो गर्दै आएका थिए। घर व्यवहार चलाउन, छोराछोरीको पठनपाठनका लागि समेत ऋण लिनु पर्ने तर भनेजति ऋण पाउन नसक्ने सरकारी रोकतोकका कारण आफूहरुले समस्या भोग्नु परेको गुनासो स्थानीयहरुका तर्फबाट आईरहेको थियो। वर्तमान सरकारले स्थानीयहरुको यो गुनासोलाई सम्बोधन गर्दै जग्गा धितोमा राखेर लिन पाउने ऋणमा लगाईएको सीमा तोडिदिएको हो। तर जग्गा धितोमा राखेर ऋण लिन जथाभावी भने गर्न नपाईने सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए। स्थानीयहरु जग्गा धितोमा राखेर जथाभावी ऋण नलिने भन्नेमा सहमत पनि छन्। ‘राजधानी व्यवस्थापनका लागि असर नपर्ने गर जथाभावी ऋण नलिनेमा स्थानीयहरु पनि सहमत हुनुहुन्छ,’ सरकारका प्रवक्ता पाण्डेले भने ‘जग्गा व्यवस्थापनको काममा असहज पार्ने काम स्थानीयहरुबाट नहुनेमा सरकार विश्वस्त छ।’

तत्कालीन सरकारको २०७७/१२/१३ गते बसेको मन्त्री परिषद बैठकको निर्णय अनुसार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा पर्ने राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको वडा नं. १, २ र ३ तथा अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकाक वडा नं. ८ र ९ का जग्गा धितो राखी ऋण लिने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट (क) वर्गको मान्यता प्राप्त बैंकमा हाल कायम पूरै कित्ता जग्गा धितो राखी सम्वन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा बीस लाख रुपैयाँसम्म ऋण लिन सकिने शर्त रहेको थियो।  ऋणको सीमाबाट नागरिकलाई घर व्यवहार चलाउन समस्या परेको, ऋण लगानीबाट आर्थिक क्रियाकलापमा नकारात्मक असर परेकोले र आर्थिक क्रियाकलाप चलाएमान बनाउन समेत ऋणको सीमा हटाउन आवश्यक देखिएको ऋणको सीमा हटाइएको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताए।
लुम्बिनी सरकारले २०८०/०७/०१ मा प्रदेशको राजधानी क्षेत्र भित्रको रोक्का रहेका जग्गा कित्ताकाट नहुने गरी फुकुवा गर्ने निर्णय गरि कार्यान्वयनमा आइसकेको छ। यसै गरी मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम  कार्यान्वयन निर्देशिका  २०८० स्वीकृत गर्ने निणर्य समेत बुधबारको बैठकले गरेको छ। त्यसै गरेर रुपन्देहीमा भाडामा रहेका सरकारी कार्यालयहरुलाई स्थायी राजधानीमा सार्ने व्यवस्था मिलाउनका लागि गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने निर्णय समेत गरिएको छ।
अर्को समाचार
राजधानी क्षेत्रमा लगाईएको बैंक ऋणको सीमा हटाईयो
१८ पौष २०८०
•
३ मिनेट पाठ
राजधानी क्षेत्रमा लगाईएको बैंक ऋणको सीमा हटाईयो
फाइल तस्बिर

भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ

उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस