छापिएन सुरक्षा धागोसहितको हजारको नोट
१६ पौष २०८०
•
३ मिनेट पाठ
छापिएन सुरक्षा धागोसहितको हजारको नोट
एक हजारको नोट छाप्ने टेन्डर पाएको भारतीय कम्पनीले नोट उपलब्ध गराउन सकेको छैन।  नेपाल राष्ट्र बैंकले भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई सन् २०२२  




नोभेम्बरमा ४३ करोड थान १००० रूपैयाँको सुरक्षा धागोसहितको नोट छपाउन स्वीकृति दिएको थियो।  

कुल एक करोड ११ लाख ३४ हजार पाँच सय ६ अमेरिका डलर अर्थात् एक अर्ब ४७ करोड ७७ लाख २५ हजार नौ सय ८४ नेपाली रुपियाँमा छाप्ने अनुमति लिएको सो कम्पनीले हालसम्म सम्झौता अनुसारको एक थान नोट पनि बुझाउन सकेको छैन।  

सस्तो मूल्यमा छाप्ने स्वीकृति पाएको सो कम्पनीले नमुनाका लागि छापेर ल्याएको नोटको गुणस्तर कमसल भएपछि छाप्न समय लागेको स्रोतले बतायो।  ‘सो भारतीय कम्पनीले प्रति थान तीन रुपियाँ ४२ पैसामा नोट नेपाली छाप्ने गरी टेन्डर हात पा¥यो तर नोट छापेर नमुनाका लागि ल्याउँदा कमसल भएपछि समस्या आयो, स्रोतले भन्यो, ‘हाल भारतीय कम्पनीका प्रतिनिधिहरू नेपालमा छलफलका लागि आएका छन्। ’ सम्झौता अनुसार पहिलो लटका नोट दुई सय ७० दिनभित्र छापेर बुझाउनु पर्नेमा हालसम्म एक थान पनि बुझाउन नसकेको जानकारी प्राप्त भएको छ ।  

राष्ट्र बैंकले आवश्यकता अनुसार नोट छपाउने गरेको छ।  पछिल्लो समयमा आर्थिक वर्ष २०७७।७८ देखि पहिलो पटक सुरक्षा धागोसहितको नोट छपाइ कार्य गर्न सुरु गरेको थियो।  पछिल्लो समय ३१ करोड थान १००० रूपैयाँका नोट सुरक्षा विशेषतासहित छापिँदा बजारमा नक्कली नोटको बिगबिगी कम भएको राष्ट्र बैंकका सह प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए।  उनले भारतीय कम्पनीलाई सुरक्षा धागोसहितको हजारको नोट छपाइको प्रक्रिया नै लामो भएकाले समय लागेको बताए।  ‘अन्तर्राष्ट्रिय स्तरमै टेन्डर आह्वान गरेर जाने प्रक्रिया लामो हुन्छ।  छपाइ प्रक्रिया पनि लामो छ । छापेर ल्याएको नोट भेरिफिकेसन हुन्छ।  कमसल रहेको पाइयो भने फिर्ता हुन्छ’, सह प्रवक्ता पोखरेलले भने, ‘सबै मापदण्ड र गुणस्तर मिलेको पाइएमा मात्र स्वीकार हुन्छ।  अनि छपाइ  

सुरु हुन्छ। ’

राष्ट्र बैंकले सहमति गरे अनुसार उक्त कम्पनीले पहिलो लट दुई सय ७० दिनभित्र बुझाउनु पर्ने थियो।  दोस्रो लटको तीन सय ५० देखि चार सय ५० दिनभित्र कलकत्ता पोर्टमा पु¥याइसक्नु पर्छ भने तेस्रो लट पाँच सय ५० दिन देखि ६ सय ५० दिनभित्र पु¥याइसक्नु पर्ने सहमति भएको हो।  पूर्ण छपाइ कार्य सकेर सात सय २० दिनदेखि आठ सय १० दिनभित्र चौथो लट बुझाइ सक्नुपर्ने सहमति भएको राष्ट्र बैंकले जनाएको छ।  ‘सहमति भएको वर्ष दिन हुन लाग्यो, भर्खर प्रक्रिया सुरु भएको छ,’  

सहप्रवक्ता पोखरेल भन्छन्, ‘हजारको नोटमा सुरक्षाका विशेषताहरू बलियो बनाइएको छ।  प्रविधिमैत्री भएको छ।  नक्कली र सक्कली नोट नांगो आँखाले नै जनताले छुट्याउन सक्ने  

भएका छन्। ’

उनले अब राष्ट्र बैंकले २० रुपियाँको सिक्का छपाइबारेसमेत छलफल सुरु गरिरहेको जनाए।  ‘नोटभन्दा सिक्काको आयु लामो हुने भएकाले अब राष्ट्र बैंकले २० रुपियाँको सिक्काको छपाइबारे गृहकार्य सुरु गरिसकेको छ’, उनले भने, ‘पाँच रुपियाँको सिक्काको छपाइ कार्य अघि बढेको छ। ’ राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ र नेपाल राष्ट्र बैंकको नोट छपाइ तथा सिक्का टकमरी निर्देशिका, २०६५ (पहिलो संशोधन, २०७५) मा भएको व्यवस्था अनुसार नोट छपाइ (खरिद) सम्बन्धी गुरुयोजना र सिक्का टकमरी सम्बन्धी गुरुयोजना अद्यावधिक गरिएको छ।  चालु नोट छपाइ चक्रमा छपाइ हुने नोटहरूको आयु बढ्ने गरी नोटमा प्रयोग हुने प्राविधिक पक्षलाई स्तरोन्नति गरिएको छ।  

नोटमा सुरक्षण व्यवस्थाहरूसमेत थप गर्दै नेपाली नोट अन्तर्राष्ट्रिय गुणस्तरबमोजिम हुने गरी अझ सुरक्षित बनाउँदै लगिएको छ।  चालु नोट छपाइ चक्रमा २० रूपैयाँको नोट छपाइ गर्न सम्झौता भई डेलिभरी आउने क्रममा रहेको तथा ५० र १,००० रूपैयाँको नोट छपाइ गर्ने सम्झौता भइसकेको छ।  आर्थिक वर्ष २०७९÷८० मा पाँच रूपैयाँको सात करोड ८० लाख थान, १० रूपैयाँको १३ करोड थान र ५०० रूपैयाँको ६ करोड थान छपाइ भई आएका नयाँ नोटहरू बैंकको ढुकुटीमा दाखिला भएको छ।  आर्थिक वर्ष २०८० असार मसान्तमा विभिन्न दरका दुई खर्ब १६ अर्ब ५४ करोड ९२ लाख ४९ हजार रूपैयाँ बराबरको नयाँ नोट मौज्दात रहेको छ।  अघिल्लो वर्ष यस्तो मौज्दात दुई खर्ब २७ अर्ब आठ करोड ६७ लाख ४९ हजार रूपैयाँ रहेको थियो। 
अर्को समाचार
छापिएन सुरक्षा धागोसहितको हजारको नोट
१६ पौष २०८०
•
३ मिनेट पाठ
छापिएन सुरक्षा धागोसहितको हजारको नोट
एक हजारको नोट छाप्ने टेन्डर पाएको भारतीय कम्पनीले नोट उपलब्ध गराउन सकेको छैन। नेपाल राष्ट्र बैंकले भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई सन् २०२२ नोभेम्बरमा ४३ करोड थान १००० रूपैयाँको सुरक्षा धागोसहितको नोट छपाउन स्वीकृति दिएको थियो।




कुल एक करोड ११ लाख ३४ हजार पाँच सय ६ अमेरिका डलर अर्थात् एक अर्ब ४७ करोड ७७ लाख २५ हजार नौ सय ८४ नेपाली रुपियाँमा छाप्ने अनुमति लिएको सो कम्पनीले हालसम्म सम्झौता अनुसारको एक थान नोट पनि बुझाउन सकेको छैन।

सस्तो मूल्यमा छाप्ने स्वीकृति पाएको सो कम्पनीले नमुनाका लागि छापेर ल्याएको नोटको गुणस्तर कमसल भएपछि छाप्न समय लागेको स्रोतले बतायो।

‘सो भारतीय कम्पनीले प्रति थान तीन रुपियाँ ४२ पैसामा नोट नेपाली छाप्ने गरी टेन्डर हात पा¥यो तर नोट छापेर नमुनाका लागि ल्याउँदा कमसल भएपछि समस्या आयो, स्रोतले भन्यो, ‘हाल भारतीय कम्पनीका प्रतिनिधिहरू नेपालमा छलफलका लागि आएका छन्।’
सम्झौता अनुसार पहिलो लटका नोट दुई सय ७० दिनभित्र छापेर बुझाउनु पर्नेमा हालसम्म एक थान पनि बुझाउन नसकेको जानकारी प्राप्त भएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार नोट छपाउने गरेको छ।  पछिल्लो समयमा आर्थिक वर्ष २०७७।७८ देखि पहिलो पटक सुरक्षा धागोसहितको नोट छपाइ कार्य गर्न सुरु गरेको थियो।

पछिल्लो समय ३१ करोड थान १००० रूपैयाँका नोट सुरक्षा विशेषतासहित छापिँदा बजारमा नक्कली नोटको बिगबिगी कम भएको राष्ट्र बैंकका सह प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए।

उनले भारतीय कम्पनीलाई सुरक्षा धागोसहितको हजारको नोट छपाइको प्रक्रिया नै लामो भएकाले समय लागेको बताए।

‘अन्तर्राष्ट्रिय स्तरमै टेन्डर आह्वान गरेर जाने प्रक्रिया लामो हुन्छ।  छपाइ प्रक्रिया पनि लामो छ । छापेर ल्याएको नोट भेरिफिकेसन हुन्छ। कमसल रहेको पाइयो भने फिर्ता हुन्छ’, सह प्रवक्ता पोखरेलले भने, ‘सबै मापदण्ड र गुणस्तर मिलेको पाइएमा मात्र स्वीकार हुन्छ। अनि छपाइ सुरु हुन्छ।’

राष्ट्र बैंकले सहमति गरे अनुसार उक्त कम्पनीले पहिलो लट दुई सय ७० दिनभित्र बुझाउनु पर्ने थियो।  दोस्रो लटको तीन सय ५० देखि चार सय ५० दिनभित्र कलकत्ता पोर्टमा पु¥याइसक्नु पर्छ भने तेस्रो लट पाँच सय ५० दिन देखि ६ सय ५० दिनभित्र पु¥याइसक्नु पर्ने सहमति भएको हो।

पूर्ण छपाइ कार्य सकेर सात सय २० दिनदेखि आठ सय १० दिनभित्र चौथो लट बुझाइ सक्नुपर्ने सहमति भएको राष्ट्र बैंकले जनाएको छ।  ‘सहमति भएको वर्ष दिन हुन लाग्यो, भर्खर प्रक्रिया सुरु भएको छ,’  सहप्रवक्ता पोखरेल भन्छन्, ‘हजारको नोटमा सुरक्षाका विशेषताहरू बलियो बनाइएको छ।  प्रविधिमैत्री भएको छ।  नक्कली र सक्कली नोट नांगो आँखाले नै जनताले छुट्याउन सक्ने  भएका छन्।’

उनले अब राष्ट्र बैंकले २० रुपियाँको सिक्का छपाइबारेसमेत छलफल सुरु गरिरहेको जनाए।

‘नोटभन्दा सिक्काको आयु लामो हुने भएकाले अब राष्ट्र बैंकले २० रुपियाँको सिक्काको छपाइबारे गृहकार्य सुरु गरिसकेको छ’, उनले भने, ‘पाँच रुपियाँको सिक्काको छपाइ कार्य अघि बढेको छ।’
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ र नेपाल राष्ट्र बैंकको नोट छपाइ तथा सिक्का टकमरी निर्देशिका, २०६५ (पहिलो संशोधन, २०७५) मा भएको व्यवस्था अनुसार नोट छपाइ (खरिद) सम्बन्धी गुरुयोजना र सिक्का टकमरी सम्बन्धी गुरुयोजना अद्यावधिक गरिएको छ।  चालु नोट छपाइ चक्रमा छपाइ हुने नोटहरूको आयु बढ्ने गरी नोटमा प्रयोग हुने प्राविधिक पक्षलाई स्तरोन्नति गरिएको छ।

नोटमा सुरक्षण व्यवस्थाहरूसमेत थप गर्दै नेपाली नोट अन्तर्राष्ट्रिय गुणस्तरबमोजिम हुने गरी अझ सुरक्षित बनाउँदै लगिएको छ।  चालु नोट छपाइ चक्रमा २० रूपैयाँको नोट छपाइ गर्न सम्झौता भई डेलिभरी आउने क्रममा रहेको तथा ५० र १,००० रूपैयाँको नोट छपाइ गर्ने सम्झौता भइसकेको छ।

आर्थिक वर्ष २०७९÷८० मा पाँच रूपैयाँको सात करोड ८० लाख थान, १० रूपैयाँको १३ करोड थान र ५०० रूपैयाँको ६ करोड थान छपाइ भई आएका नयाँ नोटहरू बैंकको ढुकुटीमा दाखिला भएको छ।
आर्थिक वर्ष २०८० असार मसान्तमा विभिन्न दरका दुई खर्ब १६ अर्ब ५४ करोड ९२ लाख ४९ हजार रूपैयाँ बराबरको नयाँ नोट मौज्दात रहेको छ। अघिल्लो वर्ष यस्तो मौज्दात दुई खर्ब २७ अर्ब आठ करोड ६७ लाख ४९ हजार रूपैयाँ रहेको थियो। 
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस