सहकारीकाे सटर बन्दः बचतकर्ताको करोडौँ डुब्यो
१५ पौष २०८०
•
३ मिनेट पाठ
सहकारीकाे सटर बन्दः  बचतकर्ताको करोडौँ डुब्यो
नेपालगन्जस्थित वेस्टर्न बिजिनेस ग्रुप प्रालिमा खोलिएको समानता बचत तथा ऋण सहकारी संस्था। अहिले बन्द अवस्थामा छ। तस्बिर : नागरिक
सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ। बचतकर्ताको करोडौं र १८ महिनादेखि घर भाडासमेत नतिरेर उक्त सहकारी बन्द भएको हो।




नेपालगन्ज–सुर्खेत रोडस्थित वेस्टर्न बिजनेस ग्रुप प्रालिको बिल्डिङमा उक्त सहकारीको कार्यालय सञ्चालन गरिएको थियो। २०७६ सालदेखि नेपालगन्जमा कारोबार गरेको उक्त सहकारी जिल्लाकै राम्रो व्यवस्थापन भएको सहकारीका रूपमा चिनिन्थ्यो। बचतकर्ताको एक करोडभन्दा बढी बचत रकम फिर्ता नगरी उक्त सहकारी १६ महिनादेखि बन्द छ।

अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा ३२ जनाले समानता बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका छन्। उनीहरूको एक करोड नौ लाख सात सय २४ रुपैयाँ बिगो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जनाए।

गत चैत २३ गते उक्त सहकारीबाट ठगिएका २४ जनाले जिल्ला प्रहरी कार्यालयमा जोहरी दिएका थिए। सोही आधारमा समानता बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जीबी राईसहित आठजनालाई पक्राउ पुर्जीसमेत जारी भएको छ। 

त्यसपछि उनीहरू फरार छन्। ‘उक्त सहकारीबाट को-को ठगिनुभएको छ भनेर हामीले सार्वजनिक सूचना निकालेका छौं’, उनले भने, ‘अहिले ३२ जना मात्र सम्पर्कमा आउनुभएको छ। यो संख्या बढ्छ र रकम पनि बढ्छ।’ यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

साथै सहकारी १८ महिनादेखिको घर भाडासमेत नतिरेर सम्पर्कविहीन भएको छ। वेस्टर्न बिजिनेस ग्रुप प्रालिको दोस्रो तल्लाको पश्चिमतर्फबाट चार हजार चार सय वर्गफिट क्षेत्र सहकारीले २०७६ साउन १ देखि भाडामा लिएको थियो। १० वर्ष अवधि रहने गरी भाडा सम्झौता भएको थियो।

सहकारीले बहालमा लिएको क्षेत्रफलको मासिक प्रतिवर्ग फुट ५५ रुपैयाँका दरले भाडा तिर्ने सम्झौता पत्रमा उल्लेख छ। प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने भनिएको थियो।

लिखितम्मा वेस्टर्न बिजिनेस ग्रुप प्रालि नेपालगन्जको तर्फ अख्तियार प्राप्त कम्पनी सचिव मेहरसिंह खत्री र समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जको तर्फबाट अख्तियार प्राप्त सागर केसीले घर भाडा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

‘सम्झौताबमोजिम बहालमा रहेको अवधिभित्र एक पक्षले अर्को पक्षलाई छाड्न वा छोडाउनुपरेमा एकअर्काले अग्रिम ६ महिनाको सूचना दिनुपर्ने छ’, सम्झौतापत्रमा भनिएको छ, ‘तर दोस्रो पक्षले यस शर्तमा उल्लिखित बहाल उपलब्ध नगराएमा वा दोस्रो पक्षको कारणबाट भएको क्षतिको पुनर्निर्माण नगरेमा वा हानिनोक्सानीको क्षतिपूर्ति नदिएमा दोस्रो पक्षलाई हटाउन कुनै सूचनाको आवश्यकता पर्ने छैन।’ सम्झौतापत्रमा ६ महिनाअघि नै सूचना दिनुपर्ने उल्लेख भए पनि सहकारी कुनै सूचना नगरी बन्द भएको छ।

१८ महिनादेखि समानता बचत तथा ऋण सहकारी संस्थाले भाडा नदिएको वेस्टर्न बिजिनेस ग्रुप प्रालिले जनाएको छ। दुई महिनासम्मको भाडा नतिरेर उक्त सहकारी सञ्चालनमा थियो। सहकारीले ठगी गर्न थालेको थाहा पाएपछि बचतकर्ताहरू दैनिकरूपमा सहकारी धाउन थाले। पैसा फिर्ता गर्न बचतकर्ताले दिएको दबाबपछि सहकारीको कार्यालय ताला लगाएर बन्द भयो।

‘सहकारी बन्द भएपछि ६ महिनासम्म सञ्चालक सम्पर्कमा थिए’, वेस्टर्न बिजिनेस ग्रुप प्रालिका एकजना सञ्चालकले भने, ‘त्यसपछि उनीहरू पूर्णरूपमा सम्पर्कविहीन भए। हामी भाडाका लागि काठमाडौंसमेत पुग्यौं। त्यहाँका कुरा सुन्यांै। भाडा पाउने कुनै सम्भावना नभएपछि रित्तो हात फिर्ता भयौं।’

अहिले सहकारीको कार्यालयमा वडा कार्यालयले प्रहरीको रोहबरमा ताला लगाएको छ। घर भाडासँगै विद्युत् महसुलसमेत सहकारीले नतिर्दा आफूहरूले तिर्नुपरेको उनको भनाइ छ।
अर्को समाचार
जिबी समूहद्वारा सञ्चालित समानता सहकारी बन्द !
१७ पौष २०८०
•
३ मिनेट पाठ
जिबी समूहद्वारा सञ्चालित समानता सहकारी बन्द !
सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्र बाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।बचतकर्ताको करोडौं र १८ महिनादेखि घर भाडासमेत नतिरेर उक्त सहकारी बन्द भएको हो।




नेपालगन्ज–सुर्खेत रोडस्थित वेस्टर्न बिजनेस ग्रुप प्रालिको भवनमा सहकारीको कार्यालय सञ्चालन गरिएको थियो।
२०७६ सालदेखि नेपालगन्जमा कारोबार गरेको उक्त सहकारी जिल्लाकै राम्रो व्यवस्थापन भएको सहकारीका रूपमा चिनिन्थ्यो। बचतकर्ताको एक करोडभन्दा बढी बचत रकम फिर्ता नगरी उक्त सहकारी करिब १६ महिनादेखि बन्द भएको छ।

अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा ३२ जनाले समानता बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका छन्। उनीहरूको एक करोड नौ लाख सात सय २४ रूपैयाँ बिगो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जनाए।

गत चैत २३ गते उक्त सहकारीबाट ठगिएका २४ जनाले जिल्ला प्रहरी कार्यालयमा जोहरी दिएका थिए। सोही आधारमा समानता बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जिबी राईसहित आठजनालाई पक्राउ पुर्जीसमेत जारी भएको छ। त्यसपछि उनीहरू फरार छन्।

‘उक्त सहकारीबाट को–को ठगिनु भएको छ भनेर हामीले सार्वजनिक सूचना निकालेका छौं,’ उनले भने, ‘अहिले ३२ जना मात्र सम्पर्कमा आउनु भएको छ। यो संख्या बढ्छ र रकम पनि बढ्छ।’ यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

साथै उक्त सहकारीले १८ महिनादेखिको घर भाडासमेत नतिरेर सम्पर्कविहीन भएको छ। वेस्टर्न बिजनेस ग्रुप प्रालिको दोस्रो तल्लाको पश्चिमतर्फबाट चार हजार चार सय वर्गफिट क्षेत्र सहकारीले २०७६ साउन १ गतेदेखि भाडामा लिएको थियो।

 १० वर्ष अवधि रहने गरी भाडा सम्झौता भएको थियो। सहकारीले बहालमा लिएको क्षेत्रफलको मासिक प्रतिवर्गफुट ५५ रूपैयाँका दरले भाडा तिर्ने सम्झौतापत्रमा उल्लेख छ। प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने भनिएको थियो।
लिखितमा वेस्टर्न बिजनेस ग्रुप प्रालि नेपालगन्जतर्फ अख्तियार प्राप्त कम्पनी सचिव मेहर सिंह खत्री र समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जको तर्फबाट अख्तियार प्राप्त सागर केसीले घर भाडा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

‘सम्झौताबमोजिम बहालमा रहेको अवधिभित्र एक पक्षले अर्को पक्षलाई छोड्न वा छोडाउनु परेमा एकअर्काले अग्रिम ६ महिनाको सूचना दिनुपर्नेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘तर दोस्रो पक्षले यस सर्तमा उल्लेखित बहाल उपलब्ध नगराएमा वा दोस्रो पक्षको कारणबाट भएको क्षतिको पुननिैर्माण नगरेमा वा हानि–नोक्सानीको क्षतिपूर्ति नदिएमा दोस्रो पक्षलाई हटाउनका लागि कुनै सूचनाको आवश्यकता पर्ने छैन।’

सम्झौतापत्रमा ६ महिनाअघि नै सूचना दिनुपर्ने उल्लेख भए पनि सहकारी कुनै सूचना नगरी बन्द भएको छ। 

१८ महिनादेखि समानता बचत तथा ऋण सहकारी संस्थाले भाडा नदिएको वेस्टर्न बिजनेस ग्रुप प्रालिले जनाएको छ। दुई महिनासम्मको भाडा नतिरेर उक्त सहकारी सञ्चालनमा थियो।

सहकारीले ठगी गर्न थालेको थाहा पाएपछि बचतकर्ताहरू दैनिकरूपमा सहकारी धाउन थाले। पैसा फिर्ता गर्न बचतकर्ताले दिएको दबाबपछि सहकारीको कार्यालय ताला लगाएर बन्द भयो।
‘सहकारी बन्द भएपछि ६ महिनासम्म सञ्चालक सम्पर्कमा थिए,’ वेस्टर्न बिजनेस ग्रुप प्रालिका एक सञ्चालकले भने, ‘त्यसपछि उनीहरू सम्पर्कविहीन भए। हामीहरू भाडाका लागि काठमाडौंसमेत पुग्यौं। त्यहाँ विभिन्न कुरा सुनाैं। भाडा पाउने कुनै सम्भावना नभएपछि रित्तो हात फिर्ता भयौं।’

अहिले उक्त सहकारीको कार्यालयमा वडा कार्यालयले प्रहरीको रोहबरमा ताला लगाएको छ। घर भाडासँगै विद्युत् महसुलसमेत सहकारीले नतिर्दा आफूहरूले तिर्नु परेको उनको भनाइ छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस