काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भैंसी सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नगरपालिकाले भैंसी सुत्केरी भत्ताका साथै किसानलाई पाडीसमेत अनुदानमा दिने गरेको छ।
विसं २०७७ मा भैंसीको पाडी ल्याएर स्याहार्नुभएकी पनौती– ११ ख्याकुकी सावित्री थापाले अनुदानमा प्राप्त गरेको पाडी अहिले लैनौ भैंसी छ। त्यतिबेला भैंसी ब्याउँदा नगरपालिकाले उनलाई पाँच हजार सुत्केरी भत्ता पनि उपलब्ध गराएको थियो।
‘त्यतिबेला अनुदानमा पाएको पाडी हुर्किंदै ब्याएपछि पहिलो बेतमा दुई लाखको दूध बेचें’, थापाले भनिन्।
ख्याकुकै माधव थापाको परिवारमा पनि लैनो भैंसीले खुसी थपेको छ। पनौती नगरपालिकाबाट उनले पनि अनुदानमा पाडी प्राप्त गरेकी थिइन्। उक्त पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा एक लाख ८० हजार रुपैयाँको दूध बिक्री गरेको थापाले बताइन्।
यस्तै पनौती ११ कै शोभा थापाले नगरपालिकाबाट केही वर्षअघि अनुदानमै प्राप्त गरेको पाडी हाल लैनो भैंसी बनेपछि दूध बिक्रीबाट घर खर्च चलाउँदै आएकी छन्। ‘दैनिक पाँच लिटर दूध बिक्री गर्ने गरेकी छु’, उनले भनिन्।
पनौती नगरपालिको तीन वर्षको अवधिमा किसानलाई नौ सय १९ पाडी वितरण गरेको कृषि तथा पशुपन्छी शाखा प्रमुख लीलानाथ सापकोटाले जानकारी दिए। नगरपालिकाले भत्तासँगै खोप र औषधी निःशुल्क वितरण गर्ने गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ देखि भैंसी संरक्षण–संवद्र्धन अभियानअन्तर्गत सुत्केरी भैंसी भत्ता कार्यक्रम सुरु गरेको हो।
‘दूध उत्पादन र भैंसीपालनको अवस्थाबारे अध्ययन गरेपछि भैंसी संरक्षण अभियानअन्तर्गत भैंसी सुत्केरी भत्ता वितरण गर्न थालेका हौं’, शाखा प्रमुख सापकोटाले भने। पहिलो बेतको भैंसी सुत्केरी हुँदा पाँच हजार र त्यस पछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको उनले जानकारी दिए। उक्त कार्यक्रममा सहभागी हुन अनिवार्यरुपमा पशु बिमा गर्नुपर्ने प्रावधान थियो। नगरपालिकाले भैंसीलाई खोप तथा घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ।
शाखा प्रमुख सापकोटाका अनुसार पनौती नगरपालिकामा करिब आठ हजार भैंसी रहेका छन्। हाल दैनिक करिब ७५ हजार लिटर दूध उत्पादन भइरहेको छ। यसमध्ये ५० हजार लिटर दूध बिक्रीका लागि काठमाडौं पठाउने गरिएको छ। –रासस