जुनार किन्न किसानका बारीमै पुग्छन् व्यापारी
२९ मंसिर २०८०
•
३ मिनेट पाठ
जुनार किन्न किसानका बारीमै पुग्छन् व्यापारी
रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ। जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेको उनले बताए। तामाङले भने, 'बजारको समस्या छैन।' व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उनको भनाइ छ।




जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन्। धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन्। मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ।

सुन्तला बगैँचाबाटै प्रतिकिलो रु एक सय र जुनार प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ। पहेँलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं विद्यालयका विद्यार्थी आउने गरेका तामाङले बताए।

रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ। यसअघि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० मेट्रिक टनका दरले उत्पादन बढेको हो।

जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग किरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन्। 

जुनार किलोका हिसाबले भन्दा पनि बगैँचामा फलेका आधारमा बिक्री गर्ने गरिएको तामाङले बताए। अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै बजार मूल्य पनि बढेको छ। गत वर्ष जुनार बगैँचाबाट प्रतिकिलो रु ३० देखि रु ४० मा बिक्री हुने गरेको थियो।

केही वर्ष यहाँको जुनारमा फल कुहाउने औँसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो। थोरै बाँकी रहे पनि त्यसमा किरा भेटिन्थे। यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताए।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार यस  वर्ष रामेछापमा जुनारको उत्पादन ह्वात्तै बढेको छ। उनका अनुसार प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन पुगेको छ। यो उत्पादन अहिलेसम्मकै उच्च हो। 

कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ। उक्त परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताए।  

अघिल्ला वर्षमा बोटमा भन्दा भुइमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताए। फल कुहाउने औँसाबाट जुनार जोगाउनका लािग १० पटकसम्म विषादी छरेको उनको भनाइ छ।

जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो। रामेछाप नगरापालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोगकिरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन्। विगतका वर्षहरुमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको कृषक हिमाल तामाङ बताउँछन्।  

रामेछापको ओख्रेनी र सुकाजोरका बगैँचामा जुनार पाकेर पहेँलपुर देखिन थालेका छन्। कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ। गत वर्ष १५ हजार  मेट्रिक टन उत्पादन भएकोमा य वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ।  

जिल्लाको रामेछाप, रामपुर, सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ। कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषिउपज र फलफूलको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताउँछन्। रासस  
अर्को समाचार
आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त
२४ वैशाख २०८१
•
४ मिनेट पाठ
आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त
आगजनीले ध्वस्त भएको स्याङजाको करेन्डाँडाको सुन्तला बगैंचा। तस्बिरः नागरिक
खेतमा झारपात डढाउने गरि बालेको आगोले भीषण आकार लिदैं बगैँचामा पस्दा स्याङ्जामा ठूलो आकारमा सुन्तलाखेतीमा नोक्सान पुगेको छ। दाना लागेका बोट र हुर्कँदो सुन्तलाका बिरुवा आगलागीले ध्वस्त भएका छन्। सुन्तलासँगै कफी, अलैँची, लिची, आपका बोट पनि जलेका छन् । त्यस्तै सुन्तला खेतीमा सिँचाइ गर्नका लागि पानी ल्याउने पाइप पनि आगोले डढेको छ।  




प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना–सुन्तला सुपर जोनका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका–११ करेन्डाँडाका ४४ जनाको सुन्तला बगैँचामा आगलागीले क्षति गरेको छ। सुन्तलाका दाना लागेका ४ हजार ९ सय ७७ र हुर्कँदो बिरुवा २ हजार ६ सय ७४ वटा बिरुवा आगलागीले ध्वस्त भएका छन्। त्यस्तै कफीका ५ हजार बोट पनि आगलागीले ध्वस्त भएको सुन्तला सुपरजोनले बताएको छ।  

आगलागीले सुन्तलासँगै तेजपत्ता, सिताके च्याउका मुढा, भूइँकटहर, लिची र आपका बोट सहित अलैँचीमा पनि नोक्सान गरेको छ। सबैगरि एक करोड ८ लाख रुपैयाँको क्षति भएको सुपरजोनका प्राविधिक सहायक इन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी सुन्तलामा मात्र करिब एक करोड रुपैयाँको क्षति पुगेको छ।  

‘आगलागीले पुगेको क्षति यो वर्षको लागि मात्र नभई बहु वर्षे हो । त्यही भएर यसको क्षति ठूलो छ,’ उनले भने, ‘यो वर्षका लागि मात्र हामीले एक करोड ८ लाख रुपैयाँको क्षतिको मूल्यांकन गरेका हौ। किनकि आगोमा परेका यी बोटविरुवाले लामो समयसम्म उत्पादन दिन्थे। किसानले ती बोटविरुवाबाट वर्षौँसम्म लाभ लिन पाउँथे, तर, त्यो मौका अब गुमेको छ।’ गत वैशाख १९ गते लागेको आगोले फल दिने बोट बिरुवा बाहेक घर गोठमा समेत क्षति पुगेको थियो।

सुवेदीका अनुसार आगोले भेटेका सुन्तला सहित फलका बोटबिरुवा जलेका छन्। आगोले लप्कोले भेटेका र दाना लागेका बोटलाई बढी क्षति हुने उनले बताए। अहिले आगोले जलेका मध्ये ७० प्रतिशत बोटविरुवाले भविष्यमा काम नदिने उनले बताए। ‘७० प्रतिशत बोट बिरुवाले अब फल दिन सक्दैनन्। कतिपय त सुक्ने अवस्थामा पुगिसकेका छन्। ती बोटबाट किसानले लाभ पाउँदैनन्,’ उनले भने।  

उनका अनुसार सुन्तला बगैँचामा सिँचाइ गर्न र पिउनका लागि ल्याइएको १२ हजार ५० मिटर खानेपानीको पाइप पनि आगलागीले ध्वस्त भएको छ। सुन्तलालाई सिँचाइ नभई नहुने भएपनि अहिले आगलागीले पाइप नै जलेको उनले बताए। ‘स्याङ्जाले सुन्तलाबाट राम्रो लाभ लिएको थियो। तर, यो पटक बढी क्षति भोग्नुपर्‍यो,’ उनले भने। स्थानीयका अनुसार खेतमा जम्मा भएको झारपात जलाउनका लागि स्थानीयले आगो सल्काएको र त्यही आगोलाई हावाले हुत्याउँदै सुन्तला बगैँचामा पुगेको हो।

आगलागीले सबैभन्दा बढी नोक्सान स्थानीय भूमिजंग केसीले खेपेका छन्। केसीका मात्र करिब ३ हजार सुन्तलाका बोट आगलागीले ध्वस्त भएको स्थानीय सुन्तला किसान बोधराज अर्यालले बताए।

‘सुन्तलाले राम्रो आम्दानी लिन सफल किसानलाई आगलागीले ठूलो क्षति भएको छ। ती बोट पुन बाच्ने अवस्थामा देखिँदैन,’ अर्यालले भने, ‘अहिल्यै नै बोट सुकेजस्तै भएका छन्।’
ठूलो नोक्सान खेपेका भूमिजंग केसीले यो सिजनमा मात्र सुन्तला बेचेर १५ लाख रुपैयाँ आम्दानी गरेका थिए। तर, आगलागीले बोटबिरुवा ध्वस्त भएपछि त्यो आम्दानी गुम्ने उनले बताए। ‘आगोको लप्कोमा परेका बोट सुकेजस्ता भइसकेका छन्। जल्नबाट बचेका बोटका पात पनि झर्न थालेका छन्। पानी पनि परेको छैन, त्यही भएर ती सुन्तलाले आम्दानी दिनेमा म ढुक्क छैन,’ केसीले भने।  

उनका अनुसार सुन्तलाको बोटको बोक्रा अरूको भन्दा पातलो हुन्छ। त्यही भएर आगलागीले बोटलाई बढी क्षति हुन्छ। ‘बोक्रा बाक्लो हुने बोटलाई सामान्य आगोको लप्काले खासै क्षति गर्दैन। तर, पातलो बोक्रा भएकोले सुन्तलाको बोटमा क्षति बढी हुन्छ,’ केसीले भने।  

सरकारी तथ्यांक अनुसार स्याङ्जाले पछिल्लो समय सुन्तलाबाट निकै नै ठूलो आम्दानी गरिरहेको छ। सुन्तला खेती गर्ने सामान्य किसानले पनि वर्षमा कम्तीमा एकलाख रुपैयाँ सहजै कमाउन सकेका छन्। जिल्लाका सबैजसो गाउँका किसानले सुन्तलाबाट आम्दानी गर्न थालेपछि यसअघि अन्नबाली फलिरहेको र वर्षौँदेखि बाझिएको जग्गालाई पनि किसानले सुन्तलाखेतीमा परिणत गर्न थालेका छन्।  

अघिल्लो वर्ष स्याङ्जाले सुन्तला बेचेर मात्र एक अर्ब ३८ करोड रुपैयाँ भित्र्याएको थियो। कम्तीमा एक अर्ब रुपैयाँ त किसानकै हातमा परेको थियो। पोहोर सबैगरि २२ हजार मेट्रिक टन सुन्तला जिल्लामा फलेको अनुमान छ। तर, यो पटक उत्पादनमा केही कमी भएर कम्तीमा एक अर्ब रुपैयाँ आम्दानी भएको गरेको थियो। यो वर्ष उत्पादन केही घट्दा १७ हजार मेट्रिक टन सुन्तला फलेको थियो।  

अहिले स्याङ्जाका सबैजसो स्थानीय तहमा सुन्तला खेती हुन्छ। सबैगरि २ हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। त्यो मध्ये १३ सय हेक्टर क्षेत्रफलको खेतीले उत्पादन दिन्छ भने बाँकी नौ सय हेक्टरको क्षेत्रफलका बिरुवा उत्पादन दिने तयारीमा छन्। केही आगामी सिजनमा र कतिपय बिरुवाले अझै केही वर्षपछि उत्पादन दिने सुन्तला सुपरजोनको अनुमान छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस