लगातार किन बढी रहेको छ सुनको मूल्य ?
२० मंसिर २०८०
•
२ मिनेट पाठ
लगातार किन बढी रहेको छ सुनको मूल्य ?
पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ।केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो।




सोमवार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर मंगलवार तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ।तर सुनको मूल्य अझै बढ्ने व्यवसायीहरू बताउँछन्।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो।त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ। नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार रुपमा सुनको मूल्यमा गिरावट हुँदै आएको थियो।तर पछिल्लो दुई हप्ता लगातार रुपमा सुनको मूल्य उच्च रुपमा बढिरहेको छ। तर मंगलवार भने २ हजार ४ सय रुपैयाँले एकै दिन गिरावट आएको छ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ। विश्वव्यापी अर्थतन्त्रमा मन्दी बढ्दै गइरहेकोअवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव छ । विश्वका लगानीकर्ताहरूले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिँदा विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरू बताउँछन्।

नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दी, मूल्यवृद्धि र उद्योगधन्दामा समस्या परेको कारण लगानीकर्ताहरूको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताए।उनले दुई, तीन हप्तादेखि उच्च रुपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबिचको व्यापारिक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताए।

उनले विश्वका ठुला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रुपमा सुनमा लगानी गरेको बताए।उनले विश्वका लगानीकर्ताहरूले सुनमा लगानी गर्दा सुरक्षित देखेर लगानी वृद्धि गरेकाले सुनको मूल्य उच्च रुपमा बढेको दाबी गरे। संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्भ बैंकले केही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी गर्न थालेको बताए।किन्ने आउने भन्दा पनि बेच्न आउनेहरूको सुन किन्न पैसा अपुग भइरहेको छ ।’

उनले अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलवार मूल्यमा गिरावट आएको बताए। उनले नेपाली बजारमा पनि त्यसैको असर देखिएको बताए।उनले नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताए।
अर्को समाचार
पोखराः ४४ वर्षपछि जुन महिनाको तापक्रममा नयाँ रेकर्ड
२८ जेष्ठ २०८०
•
३ मिनेट पाठ
पोखराः ४४ वर्षपछि जुन महिनाको तापक्रममा नयाँ रेकर्ड
सन् १९७९ जुन ७ मा पोखराको तापक्रम ३५.३ डिग्री सेल्सियस थियो। त्यसपछिका वर्ष जुन महिनामा पोखराको तापक्रम यो भन्दा कहिल्यै माथि उक्लिन पाएको थिएन। तर, ४४ वर्ष अघिको तापक्रमको त्यो रेकर्ड ब्रेक गर्ने गरी गत शुक्रबार (२०२३ जुन ९)मा पोखराको तापक्रम ३६ डिग्री पुगेको छ।




जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयका मौसमविद् मीनकुमार अर्यालले जुन महिनाको तापक्रमले ४४ वर्षपछि नयाँ रेकर्ड बनाएको बताए। ‘नेपालमा मनसुन भित्रिने बेला पर्ने भएकोले अघिल्ला वर्ष यो महिनामा पोखरामा दिनहुँ जसो पानी पर्ने हुँदा तापक्रम उकालो लाग्न पाएको थिएन। तर, यो पटक ४४ वर्ष अघिको तापक्रमको रेकर्ड ब्रेक भएको छ,’ अर्यालले भने, ‘पोखराले यो पटक बढी नै गर्मी अनुभव गरेको छ।’

अर्यालका अनुसार वर्षभरिको तापक्रमलाई आधार मान्ने हो भने २३ वर्षपछि यो पटक पोखरामा बढी गर्मी भएको छ। तर, जुन महिनाको मापनलाई मात्र आधार मान्ने हो भने ४४ वर्षपछि नयाँ रेकर्ड कायम भएको हो। ‘प्रि मनसुन र मनसुन सिजन अनुसारको तापक्रमलाई विश्लेषण गर्नुपर्छ, महिना अनुसार तापक्रम उकालो र ओरालो लाग्ने हुन्छ,’ उनले भने।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनका अनुसार बिहीबार पोखराको तापक्रम ३५.७, शुक्रबार ३६ र शनिबार ३५ डिग्री मापन भएको थियो। ‘वर्षभरिको मापनको हिसाबले २३ वर्ष (१९९९) पछि पोखराको तापक्रमले नयाँ रेकर्ड बनाएको हो,’ अर्यालले भने, ‘तर, महिनागत रुपमा हेर्ने हो भने जुन महिनाको रेकर्ड ४४ वर्षपछि ब्रेक भएको हो।’

कार्यालयका अनुसार यसअघि पोखराको तापक्रमको सबैभन्दा उच्चतम बिन्दु ३७.४ डिग्री सेल्सियस मापन भएको छ। सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री पुगेको थियो। त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो। त्यस्तै १९९९ को अप्रिल २८ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री नै मापन भएको थियो।

सन् १९७५, १९९२ र १९९९ को अप्रिल महिनामा तापक्रम उच्च भएपनि त्यो समय प्रि मनसुनको समय रहेको उनले बताए। तर, अहिले जुनको दोस्रो साता तापक्रम उच्च बिन्दुमा पुगेको छ। अहिलेको समयलाई मनसुनको नजिकको समय भन्न मिल्ने अर्यालले बताए। प्रि मनसुन र मनसुन नजिकको समयको तापक्रमलाई फरक तरिकाले विश्लेषण गर्न सकिने उनले बताए।

पोखराको मौसमको फरक विशेषता भएकोले पनि तापक्रमको विश्लेषण भिन्नै हुने उनले बताए। ‘स्थानीय प्रणाली विकसित भएर पोखरामा पानी परिरहने गर्छ। तर, यो पटक परेन,’ उनले भने, ‘मनसुन सुरु नहुँदा पनि पोखरामा मनसुनमा झैं भीषण पानी पर्ने गर्दा अघिल्ला वर्ष जुन महिनामा तापक्रम उकालो लाग्न पाएको थिएन। तर यो पटक मनसुन अघिको समयमा पनि पानी कम परेर यो अवस्था आएको हो।’
जुन मनसुनको नजिकको महिना हो। यो बेला पोखरामा अघिल्ला वर्ष दिनहुँ जसो पानी पर्ने गरेको थियो। ‘पानी पर्नासाथ तापक्रम उकालो लाग्न पाउँदैन, त्यसले गर्दा शीतल हुने गरेको थियो,’ उनले भने, ‘तर, यो पटक विगत नौ दिनदेखि पोखरामा पानी परेको छैन।’ पोखरामा कम्तीमा सातामा दुई पटक पानी पर्ने हुँदा अघिल्ला वर्ष यो सिजनमा तापक्रम उच्च हुन नपाएको अर्यालको भनाई छ। ‘सातामा कम्तीमा दुई पटक पानी परेपछि गर्मी नै अनुभव हुन पाएको थिएन,’ उनले भने, ‘त्यसले गर्दा पनि पुरानो रेकर्ड ब्रेक हुन पाएको थिएन। तर, यो पटक पानी नपरेपछि रेकर्ड नै तोडियो।’

नेपालमा सामान्यतया जुन १३ मा प्रवेश गरेको मनसुन २३ सेप्टेम्बरमा बाहिरिने गर्छ। तर, यो पटक मनसुन कहिले भित्रिन्छ भनेर भन्न सकिने अवस्था नरहेको मौसमविद्को भनाई छ। कम्तीमा पनि पूर्वी नेपालमा यो बेला दिनहुँ जसो वर्षा हुनुपर्ने हो, तर, अहिले त्यसको संकेत नै नभएको पनि उनले बताए। ‘पूर्वी नेपालमा त यो बेला बर्खा लागेजस्तै हुनुपर्ने हो, तर, मनसुन नै भित्रिएको छैन,’ उनले भने।  
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस