सुन सिरानी राखेर नुन खोज्दै कर्णाली!
१३ कार्तिक २०८०
•
९ मिनेट पाठ
सुन सिरानी राखेर नुन खोज्दै कर्णाली!
कर्णालीको डोल्पामा अवस्थित से-फोक्सुन्डो ताल।
कर्णालीलाई सधैं रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ। भन्नेले त्यस्तै भने र बुझ्नेले पनि त्यसरी नै बुझे। तर पछिल्लो समय त्यो अवस्थामा बिस्तारै सुधार आउँदैछ। ‘भूबनोटको सही प्रचार नभएर मात्रै हो, कर्णालीलाई त भूस्वर्ग नै मान्दा हुन्छ,’ त्यहाँ पुगेर अध्ययन गरेकाहरू भन्छन्, ‘कर्णालीको प्राकृतिक सुन्दरता मात्र देखाउन सके पनि त्यसले कर्णालीवासीलाई पाल्छ।’




कर्णालीमा पर्यटनको प्रचुर सम्भावना भएका दर्जनौं स्थान छन् तर प्रायः ओझेलमा। कर्णालीको प्रचार नभएजस्तै विकास पनि हुन सकेको छैन। सरकारी उदासीनता र भौगोलिक जटिलताका कारण कर्णालीका सम्भावनाहरू ओझेलमा परेका छन्। त्यसैले सुन सिरानी हालेर नुनको खोजीमा हिँडिरहेको कर्णाली सधैं रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिने गरेको हो।

चर्चामा त्रिवेणी पाटन

फुल र बुकीले ढपक्क ढाकेर बनेको सुन्दर पाटन। पाटनको बीच भागमा तीनवटा खोला। तीनवटै खोलाको संगममा सानो मन्दिर। मन्दिरको छेउबाट बगेको पानीको कलकल आवाज। चराचुरुंगीको चिरबिर ध्वनि। यत्रतत्र रंगीचंगी फूलहरू। सजाएर राखिएकाजस्तै थुम्का–थुम्का कुहिरो। थरीथरीका जडीबुटीको मगमग बास्ना। यहीँ हो कालिकोटको त्रिवेणी पाटन।

नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका मुख्य विशेषता हुन्। समुद्री सतहबाट झन्डै ४ हजार २१९ मिटर उचाइमा रहेको त्रिवेणी पाटनको सौन्दर्य त छँदैछ।

ऐतिहासिक धार्मिक तथा पर्यटकीय हिसाबले पनि त्यसले उत्तिकै महत्व बोकेको छ। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो। यो पर्यटकीय सम्भावना बोकेको एवं विशाल पाटन क्षेत्र हो। बाजुरा जिल्लामा पर्ने बडीमालिका मन्दिरका कारण पनि यो चर्चामा छ।

त्रिवेणीमा नुहाएर बडीमालिका दर्शन गरे मनले चिताएको पुग्ने, रोगव्याधि नासिने, पदोन्नति हुने विश्वास छ। त्रिवेणीको काखमा रहेका ३२ वटा ठुलाठुला सुन्दर पाटनहरूले पर्यटकलाई मोहनी लगाउँछन्। त्रिवेणी आउने आन्तरिक पर्यटकहरूले ‘भूस्वर्ग’को अनुभूति गर्छन्। तर बाह्य पर्यटकको आगमन भने हुँदैन। भौगोलिक विकटता, यातायातको असुविधा, अन्य आवासीय असुविधाका कारण यो क्षेत्र ओझेलमा छ।

नेपालकै अग्लो दाबी गरिएको पचाल झरना

कर्णालीको अर्को प्रमुख पर्यटकीय गन्तव्य भनेको कालिकोटको पचाल झरना हो। पचाल नेपालकै अग्लो झरना भए पनि त्यसो भन्न पाइएको छैन। तत्कालीन जिल्ला विकास समिति, त्यसपछि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पटकपटक पर्यटन बोर्डमा अभिलेख गरी वैधानिकता दिन दाबी पेस गरे पनि कार्यान्वयन नहुँदा पचाल झरना ओझेलमा छ।

कालिकोटको पचाल झरना ३८१ मिटर अग्लो छ। हाल नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना ३६५ मिटर अग्लो छ। ह्याप्तुङभन्दा पचाल झरना १६ मिटर अग्लो छ। तर पर्यटन बोर्डले कालिकोटको पचाल भरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरी घोषणा नगर्दा त्यसलाई नेपालकै अग्लो झरना पनि भन्न नपाइएको हो। जिल्ला सदमुकाम मान्माबाट करिब तीन घन्टा गाडी र चार घन्टा पैदलयात्रा गरेपछि प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने पचाल झरना निकै रोचक छ।

बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना सहज रूपमा अवलोकन गर्न सडक र पदमार्ग निर्माण कार्य भइरहेको छ। यसको प्रचारप्रसार र सेवासुविधा दिन सक्ने हो भने यो झरना एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन।
पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले भने, ‘पचाल झरनालाई नेपालकै अग्लो झरनाका रूपमा मान्यता दिन पहल भइरहेको छ। यसका लागि पर्यटन बोर्डले नापी विभागमा यसको उचाइ नापजाँच गरी प्रमाणित गर्न पत्र पठाएको बुझिएको छ।’ पचालझरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ।

से–फोक्सुन्डोमा पुग्दैनन् पर्यटक

कर्णालीभित्रको डोल्पा जिल्लामा पर्ने से–फोक्सुन्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महŒवपूर्ण रमणीय गन्तव्य हो। से–फोक्सुन्डो ताल धर्तीको अनुपम र सुन्दर उपहार जीवनमा एकपटक पुग्नैपर्ने स्वर्गको टुक्राजस्तै रहेको बताउँछन् यहाँ आउने पर्यटक।

डोल्पाकै सामाजिक अभियन्ता रामचन्द्र न्यौपानेले भने, ‘पदयात्रामा रमाउने र यसको मजा लिनेका लागि से–फोक्सुन्डो तालको पदयात्रा महŒवपूर्ण छ।

यो तालमा पुग्न से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएर यात्रा गर्नुपर्छ।’ डोल्पाको प्रमुख आकर्षणका रूपमा रहेको यो तालमा जान चैत, वैशाख र जेठ तथा भदौ, असोज र कात्तिक अति उत्तम महिना हुन्।
कर्णाली आएपछि से–फोक्सुन्डो ताल र उपल्लो डोल्पा नजानु भनेको हतारमा काम बिगार्नु फुर्सदमा पछुताउनुजस्तै हो।

डोल्पाको उत्तरी भेगमा पर्ने से–फोक्सुन्डो ताल नेपालकै गहिरो ताल हो। यसको गहिराइ १४५ मिटर छ। लम्बाइ ४ दशमलव ८ किमि चौडाइ १ दशमलव ६ किमि छ। सदरमुकाम दुनैदेखि झन्डै तीन दिनको पैदलयात्रापछि से–फोक्सुन्डो ताल पुगिन्छ। यहाँ पुगेका सबै पर्यटक तालको मनमोहक दृश्यबाट मोहित भएर सो ठाउँलाई कसैले भू–स्वर्ग भनेर पुकार्छन् भने कसैले निलो हिराको रूपमा समेत चर्चा गर्छन्।

रिग्मो तालको नामले पनि चिनिने उक्त ताललाई २०६४ असोज ६ गते रामसार क्षेत्रमा समेत समावेश गरिएको छ। निकुञ्जलाई सन् १९९९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गर्नसमेत प्रस्ताव गरिएको थियो। यहाँको प्राकृतिक सौन्दर्यका हिसाबमा कमै पर्यटक आउने गरेको त्रिपुराकोटका स्थानीय रमानन्द उपाध्यायले बताए।

निकै आकर्षण पर्यटकीय गन्तव्य रारा

कर्णालीका अर्को निकै आकर्षण पर्यटकीय गन्तव्य मुगुको रारा ताल हो। यहाँ बर्सेनि हजारौं पर्यटकहरूको ताँती नै लाग्ने गरेको छ। २०२० चैतमा मुगुको रारा ताल पुगेका तत्कालीन राजा महेन्द्रलाई राराले यतिसम्म लोभ्यायो कि उनले राराको सुन्दरतालाई स्वर्गकी अप्सरा उपनाम दिए।

रारामा आगन्तुकलाई स्वागत गर्ने जोकोहीले राराबारे वर्णन गर्दा सबैभन्दा पहिले सुनाउने किस्सा हो यो। हुन पनि निलो मसी पोखिएजसरी विराजमान छ रारा। सफा, सुन्दर र निर्मल अनुहारमा गाढा निलो आकृति लिएको रारामा वरिपरिका सल्ला, धुपीका रूखहरूको बिम्ब कुनै ‘प्रोफेसनल आर्टिस्ट’को क्यानभासभन्दा कम छैन। सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर टुक्रुक्क बसेजस्तो दृश्यले हरेकलाई मन्त्रमुग्ध पार्छ।

कर्णालीको मुगुमा अवस्थित नेपालको सबैभन्दा ठुलो र प्रसिद्ध यो ताल समुद्र सतहदेखि २ हजार ९७२ मिटर उचाइमा टुसुक्क बसेको छ। रारा वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।
सल्लाघारीको बीचबाट निकै सुन्दर गोरेटो निर्माण गरिएको छ। घोडाबाट जानेहरू पनि यही मार्ग प्रयोग गर्छन्। यो मार्ग निकुञ्जका बीचमा अवस्थित कोणधारी जंगलको बीचमा छ। चराको चिरबिर, सुरम्य आवाज, झ्याउकिरीको आवाजले मदहोस पार्छ जोकोहीलाई। राराको छेवैबाट बनाइएको यो बाटोबाट जंगलमा अनेकन् फूलहरू मुस्कुराइरहेको देख्दा कसको मन प्रफुल्लित नहोला र?

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो। तालको औसत लम्बाइ ५ किलोमिटर, चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ।

रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन्। तर रारामा जाने पर्यटकहरूका लागि न सुविधायुक्त होटल छ, न रारा जाने बाटो नै सहज छ। न अन्य पर्यटकीय पुर्वाधारहरू नै बनेका छन्। जसका कारण एकपटक रारा गएका पर्यटक फेरि फर्किंदैनन्। स्थानीय पदम मल्लले भने, ‘आहा रारा भन्नेहरू नै छ्या सडक भनेर कर्णाली राजमार्गलाई घृणा गर्ने गर्छन्। रारा जाने् सडक, त्यहाँका होटल र अन्य पूर्वाधार सम्पन्न बनाउने हो भने राराले कर्णालीको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ।’

पञ्चकोसी ज्वाला क्षेत्र

दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित पञ्चकोसी ज्वाला क्षेत्र नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकाले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई वैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ।

नेपाली भाषाको उत्पत्ति स्थान जुम्लाको सिञ्जालाई मानिन्छ। त्यससँगै दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको दुल्लु पनि अर्को इतिहास हो।
अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढइपालद्वारा शाक्य ९०३ तदानुसार विक्रम संवत् १०३८ को शिलालेख यसै क्षेत्रमा छ। यसका साथै विक्रम संवत १४१४ को पृथ्वी मल्लले बनाएको ७ हात लामो कीर्ति स्तम्भ पनि यसै क्षेत्रमा छ।

दैलेख त्यसै क्षेत्रका सांसद धनश्याम भण्डारीले भने, यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शिरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीर खम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्व राख्छन्। तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्व बोकेको स्थानको रूपमा लिइन्छ। कुनाकन्दरा, पहाडका चुचुराहरू, मन्दिर र देवस्थलले सिँगारिएको पञ्चकोसी अत्यन्तै सुन्दर छ।

ज्वाला क्षेत्रअन्तर्गत १०८ शक्तिपीठ पर्छन्। भैरवी, मालिका, स्वामी कार्तिक्य, विन्ध्यवासिनी आदि चर्चित छन्। स्थानीय समाजसेवी हिरासिंह थापाले भने, ‘पञ्चकोसी ज्वाला क्षेत्र हिन्दु धर्मावलम्बीका लागि मात्र नभएर बौद्ध धर्मावलम्बीका लागि पनि उत्तिकै महत्वपूर्ण मनिन्छ।

पश्चिम नेपालका हिन्दु धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पितृकर्मलगायत धार्मिक अनुष्ठान गर्नाले सिद्धि प्राप्त हुने विश्वास गर्छन्। पञ्चकोसी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुन्छ।’ यसलाई प्रवद्र्धन गर्न केही महिनाअगाडि प्रदेश सांसद भण्डारी, दैलेखकै फोटो पत्रकार भरतबन्धु थापालगायतको टोलीले पशुपतिदेखि पञ्चकोसी दैलेखसम्म धार्मिक यात्रा पनि गरेका थिए।

ढुंगाहरू जोडेर काँक्रेविहारको जीर्णोद्धार

कर्णालीको प्रवेशद्वार सुर्खेतको वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घनाजंगल छ। जंगलैजंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पामा पुग्नासाथ देख्न सकिन्छ बौद्ध देवदेवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू। यो प्राचीनस्थल नै ‘काँक्रेविहार’ हो। काँक्रेविहार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित धार्मिक एवं पर्यटकीय स्थल हो। यस स्थलका बारेमा आजसम्म पनि विवाद र रहस्य छँदैछ। यसको नामकरण र निर्माण कहिले र कसरी भयो भन्नेबारे अझैसम्म ठोस कारण प्रमाणित हुन सकेको छैन, न त राम्रोसँग यस स्थलवरपर उत्खनन एवं अध्ययन नै हुन सकेको छ।

काँक्रेविहारबारे अझै पनि खोज र उत्खनन गरेर प्रमाणित गर्न नसक्ने हो भने इतिहास गन्जागोलमै रहनेछ। पुरातात्विक विभागले २०५७ सालमा स्थानीयको मागअनुरूप काँक्रेविहारको भग्नावशेष भएको स्थानमा उत्खनन गरेको थियो। त्यसक्रममा पुरातत्व विभागको टोलीले बौद्ध मूर्ति फेला पार्नुका साथै हिन्दु देवीदेवताका मूर्तिहरू पनि फेला पारेको थियो। साथै काँक्रेविहार १३औं शताब्दीमा बनाइएको हुनुपर्छ भनेर अनुमान पनि गरेको थियो। 
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
३४ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
यो पनि पढौँ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस