मर्दी हिमाल पदयात्रा गर्ने पर्यटकसँग अब शुल्क लिइने
११ कार्तिक २०८०
•
३ मिनेट पाठ
मर्दी हिमाल पदयात्रा गर्ने पर्यटकसँग अब शुल्क लिइने
मर्दी हिमाल पदयात्रा गर्ने पर्यटकहरु। तस्बिर: नागरिक।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा चार वटा पदयात्रा मार्ग रहेका छन्। चार मध्ये दुई पदयात्राको लागि प्रचलित छन्। बाँकी दुईमध्ये एक प्रयोगमा आए पनि कमै चर्चा छ। तर एउटा भने प्रवर्द्धन गर्नुपर्नेमा अवस्था रहेको गाउँपालिकाले जनाएको छ।




माछापुच्छ्रे गाउँपालिकाको मर्दी हिमाल पछिल्लो समय आन्तरिक पर्यटकको पहिलो रोजाईको छोटो पदयात्रामा पर्छ। त्यसपछि ग्रेट माछापुच्छ्रे ट्रेल अर्को मार्ग हो। यी मार्गमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ। घलेखर्क–ताराहिल पदयात्रा मार्गलाई प्रवर्द्धन गर्नेमा  गाउँपालिकाले जोड दिएको छ। माछापुच्छ्रे टान मोडेल ट्रेकमा भने अहिले पर्यटकको चहलपहल कम छ।

मर्दी हिमाल पदयात्रा जाने आन्तरिक तथा बाह्य पर्यटकको तथ्यांक गाउँपालिकासँग छैन। यद्यपि वार्षिक ५० हजार आन्तरिक तथा बाह्य पर्यटक माछापुच्छ्रे गाउँपालिकाको छिर्ने अनुमान गाउँपालिका छ।

गाउँपालिकाले यसै सातादेखि आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्रा शुल्क लिने निर्णय गरेको छ। गाउँपालिकाले शुल्क उठाउने बारे सूचना नै जारी गरेको छ।

‘यसै सातादेखि शुल्क उठाउन सुरु गर्छौ’ पर्यटन व्यवसायी एवं गाउँपालिकाका सदस्य राम गुरुङले भने ‘पदमार्गको व्यवस्थापनको लागि शुल्क उठाउने निर्णय गरेका हौं’ 
उनले शुल्कबाट नै माछापुच्छ्रे गाउँपालिकामा कति आन्तरिक तथा बाह्य पर्यटक भित्रिए भन्ने यकिन तथ्यांक समेत संकलन हुने बताए। उठाइएको शुल्कबाट गाउँपालिका भर बिजुली र इन्टरनेट सेवाको पहुँच समेत पुर्‍याउने उद्देश्य रहेको उनले सुनाए। सोही शुल्कबाट सूचना केन्द्र, विश्राम स्थल तथा अत्यावश्यक रहेको शौचालय समेत निर्माण गरिने योजना रहेको उनको भनाई थियो।

गाउँपालिकाले तीन दिन अघि मात्रै शुल्क उठाउने सूचना जारी गरेको थियो। सूचनामा आन्तरिक पर्यटकलाई एक सय रुपैयाँ र बाह्य पर्यटकलाई पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

‘मर्दी हिमाल उक्लिने हुमाल (लो–क्याम्प) मा मानव संसाधन प्रयोग गरेर शुल्क उठाउन सुरु गर्छौ’ उनले भने ‘यसै आर्थिक वर्षको सुरुवातबाटै लिने तयारी गरेका थियौँ तर आन्तरिक छलफलबाट निर्णय गर्न ढिलाइ भयो। यो हप्ता (सोमबारदेखि) शुल्क उठाउन सुरु हुन्छ।’

माछापुच्छ्रे गाउँपालिकाको पदयात्रा मार्गमा आउने पर्यटकमा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत मात्रै बाह्य पर्यटक रहेको उनले जानकारी दिए। मर्दी हिमालसँगै आन्तरिक पर्यटक खुमैं–कोर्चुङ पदयात्रा गर्न बढी आउने गरेका छन्। छोटो र रोमाञ्चक तथा साहसिक भएकोले पनि यो मार्ग आन्तरिक पर्यटकको पहिलो रोजाईको मार्ग बन्दै आएको छ।

गाउँपालिकाभित्रको पदयात्रा मार्ग विशेष गरी छोटो दुरीको लागि प्रचलित छन्। सदस्य गुरुङले तीन रात चार दिनको यात्रा गर्न सकिने बताए।

‘भविष्यमा मौसम सम्बन्धी जानकारी दिने उपकरण समेत जडान गर्ने योजना छ।’ उनले भने ‘पदमार्गमा आवश्यक उद्धार टोली समेत बनाइने छ।’
मर्दी हिमाल पदयात्रामा जाने पर्यटकहरु बाटो बिराउँदा हराउने हुँदा उद्धारको लागि टोली बनाउने उनको भनाई थियो। गाउँपालिकाले चलनचल्तीसँगै घलेखर्क–ताराहिल (३२०० मिटर) हुदैं मादी गाउँपालिकाको सिक्लेस जोड्ने पदयात्रा मार्ग प्रवर्द्धनको अभियानमा समेत रहेको जनाएको छ। 

उठाइएको शुल्कले पदयात्रा मार्गलाई व्यवस्थापन गरी जीवन्त राख्ने उद्देश्य समेत रहेको उनले जिकिर गरे। ‘पदयात्रा मार्गलाई संरक्षण गर्नुपर्छ। दिगो पर्यटनको लागि पदयात्रा मार्गलाई जीवन्त राख्नुपर्छ’ उनले भने ‘संरक्षण र व्यवस्थापन गर्न पर्यटकसँग शुल्क उठाउने निर्णय गरेका हौं।’

उठाइएको शुल्क पदयात्रा मार्ग व्यवस्थापनमा मात्रै खर्च गरिने उनको भनाई थियो। एक्यापले बाह्य पर्यटकसँग तीन हजार शुल्क लिने गरेको छ भने पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापत एक हजार रुपैयाँ शुल्क लिने गरेको छ।
अर्को समाचार
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक
१७ पौष २०८०
•
३ मिनेट पाठ
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक
पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए।




‘अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ’, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले भने, ‘पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक बढेका छन्, अन्य देशका पर्यटक भने घटेको पाइएको छ।’सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकामा गत वर्ष ९७ हजार पाँच सय ५४ जना उक्त क्षेत्रको भ्रमण गरेका थिए।
अन्य देशका पर्यटक भने पहिलेको तुलनामा घटेको ‘एक्याप’को तथ्याङ्कमा उल्लेख छ। सन् २०१९ मा ‘सार्क’ क्षेत्रबाहेकका देशका एक लाख २७ हजार दुई सय ९० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएकामा गत वर्ष जम्मा ९४ हजार चार जनाले सो क्षेत्र घुमेको आयोजना प्रमुख डा कडरियाले जानकारी दिए।

उनका अनुसार सन् २०२३ मा एक सय ७३ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए। जसमध्ये सबैभन्दा बढी भारतका ९६ हजार एक सय ८७ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन्। सो अवधिमा फ्रान्सका आठ हजार पाँच सय २६, जर्मनका सात हजार छ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका छ हजार तीन सय २३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको तथ्याङ्क छ।

कोभिड–१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्तयसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानैलय समातेको हो। उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए।

आयोजना प्रमुख डा कडरियाले पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको सङ्ख्या घटेको बताए। ‘सडक मार्ग विस्तारले अन्नपूर्ण क्षेत्रमा पदमार्गको अस्तित्व सङ्कटमा परेको छ, जसले गर्दा पदयात्रामा आकर्षण घट्दै गएको पाइएको छ, विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक छ, पर्यटन सम्बद्ध सबैको यसतर्फ ध्यान जानु जरुरी छ।’
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ।‘आन्तरिक पर्यटकको सङ्ख्या त एकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य रहेको हुन्छ’, प्रमुख डा कडरियाले भने, “असोज–कात्तिक र चैत–वैशाख गरी दुई याममा पर्यटकको चाप बढी हुन्छ।’ सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ।

तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दस गन्तव्य सूचीमा राखेको थियो। गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि यस क्षेत्रको महत्व थप चुलिएको थियो।

त्यस बखत उनले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भूत रहेको बताएका थिए। अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ। पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताए।

‘कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ’, उनले भने, ‘आकर्षक गन्तव्यस्थलहरु, पर्यटनमैत्री पूर्वाधार,स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ।’रामबहादुर थापा/ रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस