सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ। बैंकले ‘यौन हिंसा रोक’ भन्ने नारासहित जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट आएका महिला बाइक राइडरहरूलाई स्वागत गरेको हो। यस कार्यबाट पवित्र उद्देश्य बोकेर आएका बाइक राइडरलाई प्रेरणा प्राप्त हुने विश्वास बैंकले राखेको छ।
अर्को समाचार
भारतीय महिला बाइक राइडरलाई स्वागत

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
काठमाडौं, असोज २५ (नागरिक)– सिद्धार्थ बैंकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैठकले आव २०७९÷८० को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख रूपैयाँमा ४.२१ प्रतिशत बराबरको ५९ करोड ३१ लाख रूपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारणसभाबाट पारित भए पश्चात् मात्र वितरण गरिने बैंकले जनाएको छ। बैंकले आर्थिक वर्ष २०७९।८० मा तीन अर्ब १६ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा २६ करोड रूपैयाँ बढी होे। यसै गरी बैंकले वितरणयोग्य मुनाफा ६६ करोड रूपैयाँ कायम रहन आएको जानकारी दिएको छ।

यो पनि पढौँ
ट्रेन्डिङ