विद्युतीय सवारी साधनमा आकर्षण
२८ भदौ २०८०
•
६ मिनेट पाठ
विद्युतीय सवारी साधनमा आकर्षण
सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र आवश्यक चार्जिङ स्टेसनलगायतका पूर्वाधार तयार भएसँगै विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै आइरहेको छ। विगतमा विद्युतीय सवारीसाधन भन्ने बित्तिकै नाक खुम्याउने प्रवृत्ति अहिले लगभग अन्त्य भइसकेको छ।




नेपाल विद्युत् प्राधिकरणले पनि हालसालै मुलुकभरका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन तयार पारेर सञ्चालनमा ल्याइसकेको छ।  

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापा विगत वर्षका तुलनामा सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रति आर्कषण ह्वातै बढ्दै आइरहेको बताए। ‘पहिला विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको खासै धेरै रुचि हुँदैनथ्यो,’ उनले भने, ‘अहिले त विद्युतीय गाडीका लागि कम्तीमा ६ महिनासम्म ग्राहकले पर्खिन्छन्।’  

भन्सार विभागको विगत दुई वर्षको तथ्यांकले पनि नेपालमा विद्युतीय सवारीसाधनतर्फ सर्वसाधारणको आकर्षण ह्वातै बढेको देखाउँछ। भन्सार विभागका अनुसार आव २०७८/७९ मा चार पांग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएको थियो। तर, आर्थिक वर्ष २०७९/८० मा त्यो संख्या झन्डै दोब्बरभन्दा धेरै बढेको छ। विभागकै तथ्यांकअनुसार आवमा २०७९/८० मा विभिन्न मोडेलका ४ हजार ५० वटा चार पांग्रे विद्युतीय सवारीसाधन नेपालमा आयात भएका छन्। अघिल्लो आवकै तुलनामा पनि गत आवमा करिब ६० प्रतिशतभन्दा धेरै विद्युतीय सवारीसाधनप्रति क्रेज बढेको देखिन्छ।  

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष थापा सरकारले विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने नीति अघि सारेकाले पनि पछिल्ला वर्षमा विद्युतीय सवारी साधनप्रति सर्वसाधारणको रोजाइ बढिरहेको बताए। ‘एकातर्फ विश्वव्यापी रूपमा नै विद्युतीय सवारी साधनतर्फ आकर्षण बढिरहेको छ।

पेट्रोलियम पदार्थका सवारी साधनभन्दा कम भन्सारशुल्क तथा करका कारणले पनि सर्वसाधारण विद्युतीय सवारी साधनप्रति आकर्षित भइरहेका हुन्।’ उनले भने, ‘विश्वव्यापी रूपमा जुन मात्रामा विद्युतीय सवारी साधनको आकर्षण बढिरहेको छ। सोभन्दा पनि धेरै मात्रामा नेपाली ग्राहक विद्युतीय सवारी साधनतर्फ आकर्षित भइरहेको देखिन्छ।’  

भन्सार विभागअनुसार आव २०७९/८० मा १२ अर्ब रूपैयाँका विद्युतीय सवारी साधन आयात हुँदा ४ हजार ५० वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। भन्सार विभागका अनुसार अघिल्लो आवमा चार पांग्र्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका थिए। अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चारपांग्रे विद्युतीय सवारी साधन आयात भएका थिए।

सरकारले गत आर्थिक वर्षमा साना खालका विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने निर्णय गरेसँगै साना क्षमताका विद्युतीय सवारी साधनको आयात ह्वातै बढेको देखिन्छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५० किलोवाट क्षमता मुनिका चार पांग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ। ५० किलोवाट क्षमताका ३७ सय ५९ वटा विद्युतीय सवारी साधन (कार/जिप र भ्यान) भित्रिएका छन्। ती सवारी साधन खरिद गर्दा १० अर्ब ७८ करोड ८७ लाख १९ हजार रूपैयाँ खर्च गरिएको थियो।

नाडाका अध्यक्ष थापाले अघिल्लो आवको बजेटमा सरकारले ५० किलोवाट क्षमताका विद्युतीय सवारी साधनमा भन्सार महसुल तथा कर कम लगाएको कारणले यो क्षमताको सवारी साधनको आयात तीव्र मात्रामा बढेको देखिएको दाबी गर्छन्। ‘अघिल्ला वर्षहरूमा एक सय किलोवाटसम्मका धेरै आयात हुने गरेको थियो। तर, गत आवमा भने ५० किलोमिटर क्षमताका विद्युतीय सवारी साधन आयात धेरै भएको देखिन्छ।’  

अध्यक्ष थापाले विदेशी मुलुकको तुलनामा नेपालमा विद्युतीय सवारी साधनको भन्सार र अन्तशुल्क कर कम भएकाले पनि नेपालमा विद्युतीय सवारी साधन आयात बढ्दै आइरहेको बताए। भन्सार विभागका अनुसार ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका २७२ वटा विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन्। 

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५० किलोवाट क्षमतामुनिका चार पांग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ। ती सवारी साधन आयात गर्दा ९४ करोड ६१ लाख ८४ हजार रूपैयाँ खर्च गरिएको थियो। १०१ देखि २ सय किलोवाट क्षमताका १५ वटा कार/जिप र भ्यान नेपालमा आयात भएका छन्। ती संख्याका सवारी साधन आयात गर्दा ७ करोड ९७ लाख ७६ हजार रूपैयाँ खर्च गरिएको थियो। त्यसैगरी २०१ किलोवाट क्षमताभन्दा माथिका ४ वटा विद्युतीय सवारी साधन आयात गर्दा २ करोड ६२ लाख १५ हजार रूपैयाँ खर्च गरिएको छ।  

विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भने २ अर्ब ६६ करोड रूपैयाँको एक सय किलोवाट क्षमताका विद्युतीय कार, जिप र भ्यान गरी ९ सय ९६ वटा भित्रिएका थिए। सो अवधिमा ३ करोड ६७ लाख रूपैयाँ बराबरको १५० किलोवाट क्षमताको १३ वटा विद्युतीय सवारी साधन आयात भएका थिए। यसैगरी दुई अर्ब ५६ करोड रूपैयाँको १०० देखि २ सय किलोवाट क्षमताका ७९२ वटा विद्युतीय सवारी साधन आयात भएका थिए। 

भन्सार विभागका अनुसार अघिल्लो वर्ष २०० देखि ३०० किलोवाट क्षमताका ४ वटा विद्युतीय सवारी साधन आयात गर्दा २ करोड ४१ लाख रूपैयाँ खर्च भएको थियो। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भने २४९ वटा मात्रै विद्युतीय सवारी साधन आयात भएको थियो।

तीन पांग्रे विद्युतीय सवारी साधनतर्फ पनि लोभलाग्दो क्रेज

चार पांग्रे विद्युतीय सवारी साधनतर्फ मात्रै होइन, पछिल्लो समय तीन पांग्रे विद्युतीय सवारी साधनप्रति सर्वसाधारणको आकर्षण उत्तिकै बढिरहेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ६ हजार ९ सय १४ वटा तीन पांग्रे विद्युतीय सवारी साधन आयात भएका छन्। ती सवारी साधन आयात गर्दा नेपालबाट ६७ करोड ६१ लाख ९० हजार रूपैयाँ खर्च गरिएको छ। विभागका अनुसार आव २०७८/७९ मा भने ६२ करोड १९ लाख रूपैयाँको ६ हजार ४ सय पाँच वटा तीन पांग्रे विद्युतीय सवारी साधन भित्रिएको थियो। त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा १६ करोड ४९ लाख रूपैयाँको १९ सय ४३ वटा तीन पांग्रे विद्युतीय सवारी साधन आयात गरिएको थियो।

५१ चार्जिङ स्टेसन तयार

सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने नीति मात्रै होइन, पछिल्लो समय विद्युतीय सवारी साधनका लागि आवश्यक पर्ने चार्जिङ स्टेसन निर्माणमा पनि उत्तिकै ध्यान दिँदै आइरहेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भदौ २० गते आयोजित एक कार्यक्रमबीच ५१ वटा चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन्। सरकारले आगामी दिनमा मुलुकभर ५ सयभन्दा धेरै चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य राखेको छ।  

देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेइकलमार्फत हरित र दिगो विकासमा महŒवपूर्ण योगदान पुग्नेछ। चार्जिङ स्टेसन धादिङको धार्के २, चितवन मुग्लिङ १, साझा सेवा बल्खु काठमाडौं २, साझा सेवा पुल्चोक ललितपुर १, नेपाल विद्युत् प्राधिकरण, रत्नपार्क काठमाडौं १, नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौं १, पारस बसपार्क चितवन २, खुर्कोट सिन्धुली २, सिन्धुली बसपार्क सिन्धुली १, इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी २, हरिवन सर्लाही २, इनरुवा बसपार्क सुनसरी १, प्रहरी पेट्रोल पम्प, लाहान सिराहा २, कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की २ वटा रहेको छ।  

त्यस्तै पर्यटक बसपार्क पोखरा कास्की १, दमक बसपार्क झापा २, बेलका नगरपालिका उदयपुर २, बिर्तामोड बसपार्क झापा २, सुर्खेत बसपार्क सुर्खेत २, हेटौंडा रातमाटे मकवानपुर २, विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुर १, प्रहरी पेट्रोल पम्प, सामाखुसी काठमाडौं २, बेगनास ताल, पोखरा कास्की १, बुटवल बसपार्क रूपन्देही २, इटहरी सुनसरी १, विराटनगर मोरङ १, कोहलपुर नयाँ बसपार्क बाँके २, धनगढी कैलाली २, त्रिशूली हावा घर नुवाकोट १, बट्टार, त्रिशूली नुवाकोट १, कुस्मा पर्वत १, लमही बसपार्क दाङ २ र लम्की कैलालीमा १ वटा रहेका छन् ।
अर्को समाचार
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
३० साउन २०७९
•
६ मिनेट पाठ
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।




सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशेष व्यवस्था गरेको छ। नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमश: विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको तथ्य एवम् तथ्याङ्कले पनि देखाएको छ।  

यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार मुलुकभर झण्डै ४० लाख सवारी साधन दर्ता भएका छन्। विभागमा दर्ता भएका सवारी साधनमध्ये डेढ प्रतिशत बराबर मात्रै विद्युतीय सवारी साधन मुलुकभर सञ्चालनमा रहेका छन्। भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको अवधिमा झण्डै १४  हजार विद्युतीय सवारीसाधन भित्रिएका छन्। आर्थिक वर्ष २०७४/७५ मा पाँच हजार दुई सय ३९ विद्युतीय सवारी साधन आयात भएका थिए।  

आव २०७५/७६ मा यो सङ्ख्या चार हजार सात सय ४५, आव २०७६/७७ मा पाँच सय ७५ मात्रै सवारी साधन भित्रिएका थिए। आव २०७७/७८ मा विद्युतीय सवारी साधनको आयात घटेर दुई सय ६१ मा सिमित भयो। सो आवमा तत्कालीन अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधनमा अत्यधिक मात्रामा कर वृद्धि गरेपछि विद्युतीय सवारी साधनको आयातमा अत्यधिक गिरावट देखियो।  

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनमा लाग्दै आएको करको दायरा घटाएसँगै विद्युतीय सवारीसाधनको आयात क्रमश: बढ्न थाले पनि अघिल्लो आवको नकारात्मक प्रभावले काम गरि नै रह्याे। आव २०७८/७९ को एक वर्षको अवधिमा एक हजार आठ सय सात विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्।  

नीतिगत अस्थिरताका कारण मागअनुसार नै विद्युतीय सवारी साधन आयातमा नकारात्मक असर पर्न गयो। तत्कालीन अर्थमन्त्री डा खतिवडाको नीतिका कारण ओरालो लागेको आयातमा क्रमश: सुधार भइरहेका बेला विदेशी मुद्राको सञ्चितीमा असर परेको भन्दै सरकारले केही कडाइको बन्दोबस्ती गरियो।  

विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै डिजेल तथा पेट्रोलबाट सञ्चालित दुईदेखि चार पांग्रे सवारी आयातमा रोक लगाएको सरकारले विद्युतीय गाडी आयातमा भने प्रतिबन्ध लगाएको छैन।

यस्तो छ विद्युतीय सवारी साधनको आयातको विवरण  

डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधन आयातमा रोक लगाएसँगै पछिल्लो समय विद्युतीय गाडी आयातमा वृद्धि भए पनि अपेक्षित नतिजा देखिएको छैन। भन्सार विभागका अनुसार आव २०७८/७९ को तथ्याङ्कअनुसार आयात प्रतिबन्धको असर विद्युतीय सवारीमा परेको छ।  

तथ्याङ्कअनुसार सो आवमा सबैभन्दा धेरै विद्युतीय सवारी साधन चीनबाट भित्रिएका छन्। चीबाट एक सय किलोवाटका एक सय ६७ र एक सय ५० देखि दुई सयसम्म किलोवाट क्षमताका छ सय ९६ गरी आठ सय २३ गाडी नेपाल भित्रिएका छन्। चीनपछि भारतबाट धेरै विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। भारतबाट सय किलोवाट क्षमताका छ सय ९६, दक्षिण कोरियाबाट सय किलोवाट क्षमताका एक सय ३२ र फ्रान्सबाट एक सवारी साधन भित्रिएका छन्।

यस्तै बेलायतबाट सयदेखि एक सय ५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट सयदेखि दुई सय किलोवाट क्षमताका ५२, जापानबाट ७८, बेलायतबाट चार गाडी नेपाल आएका छन्। बेलायतबाट दुई सयदेखि तीन सय किलोवाट क्षमताका चार र तीन सय किलोवाट क्षमताभन्दा माथिका दुई विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्।  

एक वर्षको अवधिमा विभिन्न देशबाट रु पाँच अर्ब बढीका चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन्। विभागको विवरणअनुसार एक वर्षको अवधिमा विद्युतीय सवारी साधन आयातमा मात्रै रु पाँच अर्ब पाँच करोड ३२ लाख ५० हजार बराबरको रकम बाहिरिएको छ।  

सरकारको प्राथमिकता  

सन् २०२१ अक्टोवर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्बन्धी २६औं सम्मेलन (कोप) मा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। त्यसमा जलवायु परिवर्तन सम्वन्धी सङ्कटले गर्दा नेपाललगायत अल्पविकसीत राष्ट्रहरुले भोगेका कठिनाइ र नेपालको स्वच्छ हरित क्रान्तिलाई जलविद्युत् उर्जामार्फत् प्रवद्र्धन गर्ने र स्वच्छ उर्जामार्फत कार्बन उत्सर्जन कटौती गर्न सन् २०३५ सम्म कार्बन प्रदुषणयुक्त स्वच्छ उर्जालाई शतप्रतिशत बनाउने लक्ष्य राखिएको छ। यस्तै सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने लक्ष्य राखिएको छ।

विलासी सवारी साधनको आयात नगर्ने सरकारको नीति छ। आगामी आवमा सरकारी कार्यालयका लागि कुनै पनि सवारी साधन खरिद नगर्ने व्यवस्था बजेटमा नै गरिएको छ। वैदेशिक मुद्राको सञ्चितीमा चाप परेका कारण ठूलो लागतका कुनै पनि सवारी साधन खरिद नगर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ। विद्युतीय सवारी साधनका हकमा पनि त्यस्तै नै गरिएको अर्थ मन्त्रालयको भनाइ छ।

नेपाली बजारमा झण्डै दर्जन बढी मोडलका विद्युतीय सवारी साधन सय किलोवाटसम्मको क्षमतामा उपलब्ध छन्। नेपालमा विशेष गरी हुन्डाइ, बीवाइडी, टाटा, दियो, डेरीलगायतका ब्राण्डका विद्युतीय सवारी साधन उपलब्ध छन्। ती ब्राण्डका अधिकांश सवारी साधन सय किलोवाट वा सोभन्दा कम क्षमतामा उपलब्ध छन्। ती सवारी साधनको मूल्य आगामी आवको बजेटले बढाउँदैन। विलासी र १०० किलोवाटभन्दा बढी क्षमताका र ५० लाखभन्दा बढी मूल्यका  सवारी साधनको हकमा भने चालु आवको बजेटले केही सीमा भने निर्धारण गरिएको छ।

विद्युतीय कार बिक्री गर्दै आएका व्यवसायीका अनुसार हुन्डाइ कम्पनीको कोना इभीको ब्याट्री र मोटरको क्षमता सय किलोवाट बराबर छ। त्यस्तै बीवाइडी इ ६ को ब्याट्री र मोटरको क्षमता ७० किलोवाट बराबर छ। भारतीय कम्पनी टाटाले उत्पादन गर्ने टाटा नेक्सन इभीको ब्याट्री र मोटरको क्षमता सय किलोवाट बराबर छ। यस्तै बजारमा आउने तयारीमा रहेको निटा भीको ब्याट्री र मोटर क्षमता ७० किलोवाट बराबर छ।

दिगो कम्पनीको दिगोइ ८ को ब्याट्री र मोटरको क्षमता १५ किलोवाट बराबर छ। डेरी इभी ७ को १५ किलोवाट, बीवाइडी एम ३ को क्षमता १०० किलोवाट बराबर रहँदा विलिङ मिनि मोडलको कार पनि २० किलोवाट क्षमता बराबरको आउँदैछ।

चिनियाँ कम्पनीका विद्युतीय सवारी साधन अझै सस्तो मूल्यमा आउने सवारी साधन बिक्रेताहरुको भनाइ छ। त्यसो त सरकारको समेत लगानीमा साझा यातायातले विद्युतीय सवारी साधनमध्ये केही देशबाट भित्र्याइसकेको छ। केही आउने क्रममा छ। सुन्दर यातायातले चक्रपथमा विद्युतीय बस नै चलाइरहेको छ।

त्यस्तै विपी राजमार्गमा विद्युतीय माइक्रोबस नै सञ्चालनमा छ। विद्युतीय सवारी साधन वातावरणीय र आर्थिक हिसाबले देशको हितमा छ भन्नेमा सरकार र व्यवसायीको समान धारणा छ। कम क्षमताका विद्युतीय सवारी साधनले पनि राम्रो माइलेज दिने व्यवसायीको मत छ। स्वदेशी बिजुली, विद्युतीय सवारी साधन आफैँमा राष्ट्रिय हितका लागि उपयुक्त छ।

नेपाल विद्युत् प्राधिकरणले देशभर नै ५० विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गरिरहेको छ। त्यस्ता स्टेशन निर्माणको अन्तिम चरणमा छन्। निजी क्षेत्रले पनि आफ्नै लगानीमा धमाधम विद्युतीय सवारी साधन चार्ज गर्ने स्टेशन निर्माण गरिरहेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धनमा आफूहरुले विशेष ध्यान दिएको बताए। नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान आफैले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि पहल गरिरहेको छ। निजी क्षेत्रका विद्युतीय सवारी साधन बिक्रेताले पनि आफ्नै लगानीमा चार्जिङ स्टेशन निर्माण गरिरहेका छन्। सरकारको नीति नै विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नेमा नै केन्द्रित छ। रासस
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस