'विज्ञापन उद्योगमा पारदर्शिता चाहिन्छ'
०१ भदौ २०८०
•
२ मिनेट पाठ
'विज्ञापन उद्योगमा पारदर्शिता चाहिन्छ'
सुदिप थापा प्रबन्ध निर्देशक, एएनएस क्रिएसन
विज्ञापन उद्योग टिकाउ हुन विज्ञापन एजेन्सीको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। विज्ञापन उद्योगमा पारदर्शिता चाहिन्छ। यस उद्योगलाई चलायमान बनाउन विज्ञापनदातालाई पर राखेर हुँदैन्। विज्ञापनदाता विना मिडिया उद्योग चल्दैन्। एजेन्सीको प्रमुख भूमिका हुन्छ। यसले यिनीहरूबीच पुलको काम गर्छ।




कुन विज्ञापनलाई कस्तो प्राथमिकतामा राखेर त्यसलाई प्लेसमेन्ट दिने र कुन सञ्चारमाध्यममा त्यसलाई प्रयोग गर्ने भन्ने काम एजेन्सीले गर्छ। एजेन्सीले यसबाहेकका सञ्चारमाध्यम र विज्ञापनदाताबीचको सम्बन्धको विकास गर्छ भने लक्षित उपभोक्ताको पनि पहिचान गर्न सहयोग गर्छ।  

सञ्चारमाध्यमले आफ्नो सञ्चार माध्यमको प्रभाकारिता र विश्वसनीयतालार्ई ध्यान दिनुपर्छ। विज्ञापन राख्ने स्थानले पनि उपभोक्ताले ग्रहण गर्ने कुरामा प्रभाव पर्छ। विज्ञापन उद्योगभित्र नै व्यावसायिक ढाँचा विकास गर्न सकेको अवस्था छैन। यो उद्योग कहिले बैंकर त कहिले भेन्डर जस्तो भएर काम गरिरहेको अवस्था छ । अझै पनि विज्ञापन बजार व्यवस्थापन गर्न एजेन्सीहरूले आफ्नो कामको व्यावसायिक सुनिश्चितताको लागि ध्यान दिएको पाइँदैन।  

विज्ञापन उद्योग मानव जनशक्तिमा आधारित भएर चल्ने भएका कारण सञ्चार माध्यम र विज्ञापनमा काम गर्ने जनशक्ति दक्ष र स्रोतउन्मुख हुनुपर्छ। दुबै संस्थाले आफ्नोमा कार्यरत जनशक्तिलाई दक्ष बनाउन स्रोत र साधनको प¥याप्ततालाई ध्यानमा दिनुपर्ने आजको आवश्यकता हो। मानव संसाधनका लागि दक्ष र स्रोतसाधनले सम्पन्न भएर काम गर्नैपर्ने हुन्छ। एजेन्सी तथा सञ्चार माध्यमको मूल्य निर्धारणमा पनि एकरूपता छैन। कुन उपभोक्तालाई कति मूल्य लिने भन्ने निश्चित नभएका कारण पनि समस्या आउने गरेका छन्।  

सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले आधारभूत स्तर निर्धारण गरेर सहकार्य गरी अगाडि बढ्नुपर्छ। कुन मिडिया रोज्ने र कुन नरोज्ने भन्ने कुरा एजेन्सीमै भरपर्छ। विज्ञापनदातालाई बुझाउन नसकेको कारण पनि एजेन्सीहरू वर्गीकरण भएको पाइन्छ। आधारलाइन भनेको उपझोक्ता र ब्राण्ड नै हो र यसैमा ग्याप छ। यसलाई परिपूर्ति गर्न मिलेर अगाडि बढ्नुको  विकल्प छैन्।

(नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रममा व्यक्त विचार)
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
५ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस