साउनमा बजेट खर्च दुई र राजस्व सङ्कलन छ प्रतिशत
०१ भदौ २०८०
•
१ मिनेट पाठ
साउनमा बजेट खर्च दुई र राजस्व सङ्कलन छ प्रतिशत
चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ।




महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले  ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ। यही अवधिमा सरकारको राजस्व सङ्कलन ८८ अर्ब १३ करोड ९० लाख बराबर छ।

चालु आर्थिक वर्षमा सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। जसमध्ये चालुतर्फ रू नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख, पूँजीगततर्फ चार खर्ब ७१ अर्ब छ करोड ५८ लाख र वित्तीय व्यवस्थातर्फ  तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख बराबर बजेट छुट्याइएको थियो।

साउन मसान्तसम्ममा चालुतर्फ १२ अर्ब १९ करोड १७ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव २८ प्रतिशत र पूँजीगततर्फ ९० करोड ६१ लाख अर्थात् वार्षिक लक्ष्यको शून्य दशमलव १९ प्रतिशत बराबर खर्च भएको छ। यो अवधिमा चालु र पूँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ। साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ  २२ अर्ब सात करोड ८१ लाख बराबर खर्च गरेको छ। जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशत बराबर हो।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलनमा कर राजस्वतर्फ ७० अर्ब १७ करोड ५२ लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ३८ प्रतिशत र गैरकर राजस्वतर्फ रू आठ अर्ब ६९ करोड ८९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको सात दशलमव ४३ प्रतिशत बराबर सङ्कलन भएको छ। महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको देखिँदैन।
अर्को समाचार
बजेट खर्च गर्न असफल प्रदेश सरकार
१२ फागुन २०८०
•
३ मिनेट पाठ
बजेट खर्च गर्न असफल प्रदेश सरकार
मुलुकका लागि प्रदेश संरचनाले खर्चको व्ययभार मात्र थपेको भन्ने गुनासो आइरहेका बेला प्रदेश सरकारको काम गर्ने क्षमतामाथि प्रश्न उठेको छ। सातवटै प्रदेश सरकार बजेट खर्च गर्न असफल देखिएका छन्। बजेट खर्च गर्न नसक्नु भनेको विकास गर्न नसक्नु हो।




अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार मधेस प्रदेशले चालु आर्थिक वर्ष २०८०÷८१ को ६ महिनामा ६.६८ प्रतिशत बजेट मात्र खर्च गरेको छ। अर्धवार्षिक समीक्षामा प्रदेश सरकारको खर्च गर्ने क्षमता निकै कमजोर देखिएको छ।

सात प्रदेश सरकारले २ खर्ब ८० अर्ब ११ करोड रूपैयाँ बजेट विनियोजन गरेकोमा ६ महिनामा ४३ अर्ब २५ करोड रूपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। यो प्रदेशको कुल बजेटको १५.४४ प्रतिशत मात्र हो। ६ महिनामा संघीय सरकारले ३२.७५ प्रतिशत बजेट खर्च गरेको थियो। यसरी हेर्दा संघको तुलनामा प्रदेशको खर्च आधाभन्दा कम भएको छ। यद्यपि संघीय सरकारको खर्च पनि निराशाजनक छ।

सरकारी निकायबीच समन्वय अभाव, जनशक्ति अभाव, अनियमितता हुने डरले कर्मचारीले फाइल अघि बढाउन हिच्किचाउने, अस्थिर सरकारलगायतका कारण पनि खर्च हुन नसकेको हो। प्रदेश सरकारको खर्च निकै कम भएकाले कार्यक्षमता बढाउनुपर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले बताए। ‘कतिपय ठाउँमा काम भएको पनि भुक्तानी नभएको गुनासो आएको छ,’ पौडेलले भने, ‘खर्च गर्ने क्षमता बढाउनुपर्ने देखिन्छ।’

रकम खर्च नहुनु भनेको विकास निर्माणका कामले गति नलिनु हो। सातै प्रदेशको कुल खर्च १५.४४ प्रतिशत भए पनि पुँजीगत खर्च अझै कमजोर छ। यो अवधिमा ११.४४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। विकास निर्माणका काममा ढिलाइ हुँदा कम खर्च भएको मधेस प्रदेशका सचिव रामकृष्ण पुडासैनीले बताए। ‘समयमा बजेट आए पनि खर्च हुन नसकेकोमा प्रदेश सरकार चिन्तित छ,’ उनले भने, ‘कर्मचारी अभाव र परिवर्तन भइरहने समस्याका कारण पनि खर्चमा प्रभाव परेको छ।’

संघीयतासँगै सातवटा प्रदेश सरकार गठन भए पनि ती सरकारले कामबाट आफ्नो औचित्य पुष्टि गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। संघीय सरकारले आफ्नो अधिकारमा संकुचन गरेको बताउँदै आए पनि प्रदेशका मुख्यमन्त्रीहरू खर्च बढाएर आफ्नो क्षमता देखाउन चुकेका छन्।

सात प्रदेशमध्ये पनि खर्च गर्ने क्षमतामा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ। यो अवधिमा मधेस सरकारले गरेको ६.६८ प्रतिशत मात्र छ। मधेस प्रदेशमा कुल ४४ अर्ब ११ करोड ४६ लाख बजेटमा २ अर्ब ९४ करोड ५१ लाख रूपैयाँ मात्र खर्च भएको छ।

सबैभन्दा धेरै खर्च २०.८७ प्रतिशत कोसी प्रदेशमा भएको छ। यो संघीय सरकारको तुलनामा ११.८८ प्रतिशत मात्र कम हो। कोसीको कुल बजेट ३६ अर्ब ७४ करोड ३५ लाख बजेटमा ७ अर्ब ६६ करोड ७९ लाख रूपैयाँ मात्र खर्च भएको छ। बागमती प्रदेश सरकारले १६.९८ प्रतिशत मात्र खर्च गरेको छ। यो प्रदेशमा ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँ विनियोजन गरेकोमा १० अर्ब ६४ करोड ५७ लाख रूपैयाँ मात्र खर्च भएको छ।

त्यसैगरी गण्डकी सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख विनियोजन गरेकोमा १६.५३ प्रतिशत ५ अर्ब ५२ करोड ६८ लाख रूपैयाँ, लुम्बिनी सरकारले ४० अर्ब ४७ करोड ९७ लाखमा १८.५० प्रतिशतले हुन आउने ७ अर्ब ४८ करोड ७५ लाख रूपैयाँ मात्र खर्च गरेका छन्।

त्यसैगरी कर्णाली सरकारको ३३ अर्ब ३७ करोड ९७ लाख रूपैयाँमध्ये १३.१३ प्रतिशतले हुन आउने ४ अर्ब ३८ करोड ३३ लाख रूपैयाँ र सुदूरपश्चिम सरकारको २९ अर्ब २६ करोड ५९ लाख रूपैयाँ मध्ये १५.७१ प्रतिशतले हुन आउने ४ अर्ब ५९ करोड ६५ लाख रूपैयाँ मात्र खर्च भएको छ।

प्रदेश सरकारले सानातिना योजना पनि कार्यान्वयन गर्दा पनि समस्या आउने गरेको छ। प्रदेश सरकारले बजेट कार्यान्वयनमा जानुअघि बृहत् योजना बनाएर अघि नबढ्देका कारण पनि खर्च भएको छैन।

प्रदेश सरकारले काम गर्ने शैली बदल्नुपर्ने संघीयता विज्ञ डा. खिमलाल देवकोटाले बताए। ‘कर्मचारी अभाव, कानुन भएको दोष देखाएर उम्किन मिल्दैन,’ देवकोटाले भने, ‘बजेट खर्च गर्ने संरचनालाई सक्रिय बनाउनुपर्छ।’ कुन महिनामा के काम गर्ने भन्ने क्यालेन्डर बनाएर योजना कार्यान्वयन गनुपर्नेमा उनले जोड दिए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस