गत साता भारतको उत्तरप्रदेशमा भएको भारी वर्षाका कारण तरकारी उत्पादनमा कमी भएपछि नेपाली उत्पादनले अहिले त्यहाँ राम्रो बजार पाइरहेको छ।
नेपालमा उत्पादित तरकारी भारतीय बजारमा पठाउँदा भन्सारमा अवरोध नगरिएकाले पनि नेपाली गोलभेँडाले बजार पाएको हो।
यतिबेला नेपालमा उत्पादित गोलभेडा भारतीयहरूको रोजाइमा परेको हुँदा वीरगञ्जस्थित टाँगा व्यवसायीहरूको समेत आम्दानी बढेको छ।
भारतभन्दा नेपालमा धेरै सस्तो रहेको गोलभेँडा ढुवानी गर्दा एक घण्टामै नेपाली आठ सय रूपैयाँसम्म कमाउने गरेको टाँगा व्यवसायीहरूले बताएका छन्।
वीरगञ्ज भन्सारबाट भारतको रक्सौल कोइरिया टोलासम्म २५ क्यारेट गोलभेँडा ढुवानी गर्दा एक पटकमा आठ सय रूपैयाँ भाडा पाउने गरेको टाँगा धनी महम्द मुसाले बताएका छन्।
देशको विभिन्न भागमा उत्पादित गोलभेँडा किसानहरूबाट किनेर व्यापारीले ट्रक र पिकअप भ्यानमा राखी वीरगञ्जसम्म ल्याउने र त्यसपछि टाँगामा राखेर भारत ढुवानी गर्दै आएको मुसाले बताए।
दैनिक सयौं क्विन्टल गोलभेँडा हामीले टाँगामा लोड गरेर रक्सौलसम्म ढुवानी गर्दै आएका छौं। यस कार्यमा दर्जनभन्दा बढी टाँगावालाले रोजगारी पाएको उनले बताए।
अटो र इरिक्साका कारणले टाँगाको व्यापार नभएका बेला गोलभेँडा ढुवानीले एक महिनादेखि राम्रो आम्दानी दिएको उनले बताए।
वीरगञ्ज भन्सार कार्यालयबाट कागजी प्रक्रिया पूरा गरेर एक टाँगा गोलभेँडा भारत पुर्याउँदा वीरगञ्ज भन्सार कार्यालयलाई कारोबार गर्ने फर्म शुल्क पाँच सय रूपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको गोलभेँडा व्यापारी अनिल बर्णवालले बताए।
नेपालमा थोकमा ४० रूपैयाँ हाराहारीमा पाइने गोडभेडालाई सीमापार गराएपछि प्रति किलो एक सय ५० भारु सम्ममा बिक्री हुने गरेको गोलभेँडा व्यापारीहरूले बताएका छन्।
भारतमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकिलो १५० र सहरी क्षेत्रमा २०० भारतीय रूपैयाँसम्म पुगेको छ। यसले भारतका सर्वसाधारणलाई मार पारे पनि नेपाली किसान भन्दा व्यापारीहरूले कमाउने अवसर पाएका छन्।
रक्सौल तरकारी बजारमा भेटिएका रमेशप्रसादले नेपालबाट आयात गरिएको गोलभेडा व्यापारीहरूले बढी नाफा कमाउनको लागि बिहार राज्यको राजधानी पटनासम्म पठाउने गरेको र रक्सौल आसपासका सर्वसाधारणले भने सीमाक्षेत्रका बजारमै पुगेर गोलभेडा खरिद गरेर लाने गरेको बताए।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक डिल्लाराम पन्थीले वीरगञ्जबाट भारत निकासी गरिने गोलभेँडामा कुनै किसिमको भन्सार शुल्कको व्यवस्था नरहेको र कारोबार गर्ने फर्मको शुल्क मात्रै लिने व्यवस्था रहेको बताएका छन्।