विराटनगर महानगरपालिको अगुवाइमा साउन १ गते देखि विराटनगर नाकामा दैनिक उपभोग्य बस्तु आयातमा गरिने कडाइले स्वदेशी उद्योग प्रबद्र्धनमा सहयोग पुग्ने उद्योग संगठन मोरङले जनाएको छ।उद्योग संगठन मोरङले आज विज्ञप्ति जारी गरी विराटनगर नाकामा गर्न लागिएको कडाइ स्वदेशी उद्योग र व्यवसायको हितमा रहेको जनाएको छ।
सीमावर्ती भारतीय बजार जोगवनीमा नेपाली उपभोक्ताले दैनिक करौडौंका उपभोग्य सामाग्री, लत्ताकपडा लगायतका बस्तुहरू खरिद गर्दै आएका छन्। हाल निश्चित मूल्यका उपभोग्य बस्तु तथा लत्ताकपडा आयात गर्दा भन्सार छुटको व्यवस्था गरिएको छ। त्यहि व्यवस्थाको फाइदा उठाउँदै क्यारिङ गर्नेहरूले एकै दिनमा धेरै पटक सीमापारिबाट मालसामान ओसार पसार गर्दै आएका छन्।
भन्सार नतिरी दैनिक उपभोग्य बस्तु तथा लत्ताकपडा आयात गर्न पाइने भएकाले नेपाली उपभोक्ता सीमापारिको जोगवनी बजारमा किनमेलका लागि जाने गरेको भन्दै विराटनगरका उद्योगी व्यवसायीले भन्सारमा अवैध आयातलाई कडाइ गर्न आग्रह गर्दै आएका थिए। विराटनगर महानगरपालिकाको अगुवाइमा भन्सार नतिरी कुनै पनि माल, बस्तु आयात गर्न नदिने भएपछि विराटनगरको बजार गुल्जार हुने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए। ‘भन्सार तिरेर ल्याएको बस्तु भन्दा अवैध तरिकाले भन्सारै नतिरी ल्याएको बस्तुको मूल्य कम पर्ने भएकाले किनमेलका लागि नेपाली ग्राहकको भीड जोगवनी बजारमा हुने गरेको थियो’ उनले भने‘ भन्सारमा कडाइ गरेर अवैध आयातलाई निरुत्साहित गरिए नेपाली उद्योग व्यवसायलाई लाभ हुन्छ।’
अवैध आयातलाई निरुत्साहित गरे चाडवाडमासमेत विराटनगर बजार सुनसान हुने र जोगवनीमा नेपाली उपभोक्ताको भीड लाग्ने अवस्था अन्त्य हुने सुरानाले बताए। अवैध तवरबाट राजस्व नतिरी गरिंने आयातले सरकारको राजश्व र स्वदेशी बजारमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा महानगरपालिकाको सकारात्मक पहललाई स्थानीय प्रशासन,ं सुरक्षा निकाय, उद्योगी व्यवसायी एवं सबै सरोकारवालाहरूको सहयोग र समर्थनका लागि उद्योग संगठन मोरङले आग्रहसमेत गरेको छ। साउन १ गतेदेखि विराटनगर नाकामा नेपाली उपभोक्ताले सीमावर्ती भारतीय बजार जोगवनीबाट खरिद गरेर ल्याउने दैनिक उपभोग्य बस्तुमा समेत अनिवार्य राजस्व तिर्नुपर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको छ।