मुलुकबाट बाहिरिने रकमभन्दा भित्रिने रकम बढेसँगै मुलुकको शोधनान्तर स्थिति दुई खर्ब २६ करोड रूपैयाँले बचतमा देखिएको छ। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७९-८० को एघार महिनाको तथ्याङ्कका अनुसार ११ महिनाको अवधिमा मुलुकमा पर्याप्त मात्रामा रेमिट्यान्स भित्रिएसँगै मुलुकको शोधनान्तर स्थिति बचतमा गएको हो। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा तीव्र रूपमा रेमिट्यान्स भित्रिएसँगै मुलुकको शोधान्तर स्थिति समग्रमा मजबुत बन्दै गइरहेको छ।
अघिल्लो आर्थिक वर्षको जेठ महिनासम्मको अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रूपैयाँ घाटामा रहेको थियो। नेपाली रूपैयाँ मात्रै होइन, अमेरिकी डलरमा पनि शोधनान्तर स्थितिमा धेरै सुधारको संकेत देखिएको छ। अघिल्लो वर्ष अमेरिकी डलरमा २ अर्ब २६ करोड शोधनान्तर घाटामा रहेको थियो। अहिले भने एक अर्ब ७४ करोड अमेरिकी डलर बचत भएको देखिएको छ।
११ महिनामा ११ खर्ब रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालमा ११ खर्ब १२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले सो अवधिमा बैकिङ च्यानलबाट ११ खर्ब १२ अर्ब रूपैयाँ रेमिट्यान्स पठाएका हुन्। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि भएको छ। जेठ महिनामा मात्रै एक खर्ब ७ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स ४.१ प्रतिशतले मात्रै बढेको थियो। नेपाली रूपैयाँ मात्रै होइन, रेमिट्यान्स अमेरिकी डलरमा पनि उल्लेखनीय मात्रामा वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनाको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स १३ प्रतिशतले वृद्धि भएर ८ अर्ब ५१ करोड डलर नेपाल भित्रिएको छ। अघिल्लो वर्ष भने अमेरिकी डलरमा रेमिट्यान्सको वृद्धिदर १.८ प्रतिशत मात्रै थियो।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४ सय १५ जना पुगेका छन्। त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ जना पुगेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो।
विदेशी विनियम सञ्चिति पनि बढ्यो
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालमा विदेशी विनियम सञ्चिति पनि पर्याप्त मात्रामा वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्तसम्मको अवधिमा १२ खर्ब १५ अर्ब ८० करोड रूपैयाँ बराबरको कुल विदेशी विनियम सञ्चिति रहेको थियो। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २१.८ प्रतिशतले बढेर २०८० जेठ मसान्तसम्ममा विदेशी विनियम सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रूपैयाँ पुगेको छ। यो अवधिमा विदेशी विनियम सञ्चिति नेपाली रूपैयाँमा मात्रै नभएर अमेरिकी डलरमा पनि उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ।
सञ्चितिले ११.२ महिना धान्ने
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९-८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखाएको छ। २०८० जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।
मूल्यवृद्धि
राष्ट्र बैंकले चालु आवको ११ महिनाको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यको आधारमा मूल्यवृद्धि ६.८३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति (मूल्यवृद्धि) ८.५६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड रूपैयाँको वस्तु तथा सामान निर्यात भएको छ।
जबकि गत आर्थिक वर्षको ११ महिनाको निर्यातको तुलनामा चालु आवमा निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको छ । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ। चालु आवको ११ महिनाको अवधिमा कुल वस्तु आयात पनि १६ प्रतिशतले खुम्चिएको छ।
आर्थिक वर्ष २०७९-८० को एघार महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेसिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।