नाग्मगाड खोलाको ११ मिटर पुल चर्किएपछि पूरै भत्काइयो
१५ असार २०८०
•
३ मिनेट पाठ
नाग्मगाड खोलाको ११ मिटर पुल चर्किएपछि पूरै भत्काइयो
नाग्ममा भत्काईएको पुलको तस्बिर ललित विष्ट /कालिकोट
कर्णाली राजमार्गको सडक खण्डअन्तर्गत कालिकोट र जुम्लाको सिमानामा पर्ने नाग्मगाड खोलाको पक्की पुल संचालनमा नआउँदै चर्किएपछि भत्काइएको छ। कर्णाली राजमार्गको कालिकोटको तिलागुफा नगरपालिका र जुम्लाको तिला गाउँपालिका जोड्ने नाग्मस्थित पक्की पुल निर्माण सुरु भएको ६ वर्षपछि गत असारमा सकिने बेला चर्किएपछि पुनः निर्माण गर्न भत्काइएको हो।




‘प्रिटेस्ट गर्ने क्रममा बन्दाबन्दैको पुल चर्कियो। पक्की पुलबाट गाडी गुडाउने सपना अधुरै छ,’ स्थानीय नवराज कटुवालले भने। पुलमा कमसल खालको निर्माण सामग्री र कमजोर जनशक्ति खटाइएकोले पुल चर्किएको भन्दै भत्काइएको उनले बताए।

२०७५ चैत्रमा सम्पन्न गर्ने गरी २०७४ कात्तिक ३० गते सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्राविसँग सम्झौता भए पनि म्याद थप गर्दै ६ वर्ष लम्ब्याइएको थियो। पुल सम्पन्न गरेर बुझाउने बेलामा चर्किएपछि सडक विभागले तीन सदस्यीय समिति गठन गरेर स्थलगत अनुगमन गरेको थियो। ठेकेदारकै कमजोरी देखिएकाले पुनः निर्माण गर्न पुलको पूरै संरचना भत्काइएको छ।

कर्णालीमा बन्ने भौतिक संरचनामा करौडों रकम खर्च भए पनि गुणस्तरीय नबन्ने समस्या रहेकाले आफ्नो पहलमा चर्किएको पुल पूरै भत्काएर पुनः नयाँ निर्माण गर्न सहजीकरण गरिएको जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बताए।

दुई जिल्ला जोड्ने पुल कसैको लापरबाहीको शिकार बन्नु हुँदैन। उनले भने, ‘ठेकेदारले पुनः निर्माण गर्नुपर्छ।’ उनले कर्णालीमा ठुला योजना नआउने र आएका पनि गतिलो काम नभएर अलपत्र अवस्थामा छाड्ने गरिएको उनले बताए। अहिले पुल भत्काएर  निर्माण कार्य सुरु गरीएको छ।

यसैबिच, जुम्लाको सिँजा उपत्यका हुँदै बग्ने हिमा खोलामा सडक निर्माणको क्रममा ०६२ मा नेपाली सेनाले बनाएको फलामे बेलिब्रिज पनि जीर्ण भइसकेको छ। बेलिब्रिज निर्माण भएको झन्डै २० वर्ष पुगिसकेकाले जतिखेर पनि भासिनसक्ने अवस्था रहेको स्थानीय मायालाल महताराले बताए। खियाले डण्डी खाएको र नटबोल्ट पनि खुस्किएकाले सवारीहरूको जोखिमपूर्ण यात्रा भइरहेको स्थानीयहरू बताउँछन्।

नाग्मगाड पुल र छिडेना खोला पुल सडक डिभिजन कार्यालय सुर्खेतले ६ वर्षअघि टेन्डर गरेर सूर्य कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो।

चार पटक म्याद थप गरेर उक्त निर्माण कार्य २०७९ असार ३० गते सम्पन्न गर्नुपर्ने थियो। तर पुलमा प्राविधिक समस्या आएकाले भत्काउन लगाइएको बताइएको छ। साइडका पिलर पुरानै कायम हुने गरी पूरै ढलान नयाँ गरेपछि पूरै भुक्तानी दिने गरी ग्यारेन्टी बापतको ७९ लाख रकम सडक डिभिजन कार्यालयको खातामा छ।सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलका अनुसार भ्याटसहित कूल ठेक्का रकम रु ११ करोड ३१ लाख १ हजार ५२ मध्ये ठेकेदारलाई सब स्टक्चरसम्को रु ६ करोड ९९ लाख ६३ हजार भुक्तानी भइसकेको छ। हाल ठेकेदारले आफ्नै खर्चमा पुन ढलान गर्ने गरी काम भइरहेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

१२ वर्षपछि टाकुल्ला पुल निर्माण सम्पन्न

कर्णाली राजमार्गको तिलागुफा ७ टाकुल्ला खोला पुल निर्माण सम्पन्न भएको छ। १२ वर्षसम्म अलपत्र परेर पुनः टेण्डरबाट निर्माण थालिएको छ। निर्माणको जिम्ला लिएको ठेकेदार पेस्की रकम लिएर केही काम गरेर भागेपछि अलपत्र परेको पुल पुनः ठेक्काबाट निर्माण थालिएको हो।

पुरानो ठेक्का तोडेर पुरानै पिलर कायम हुने गरी राकमबाट फलामे बेलिब्रिज हाल्ने र दायाँबायाँ सडक बनाउने गरी नयाँ ठेक्का भएर काम सम्पन्न भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपक विष्टले बताए।

टाकुल्लाको ठाडो खोलामा वर्षा याममा पानी परेको बेला गाडी तर्न नसकेर यात्रु अलपत्र पर्ने गरेका थिए। हाल सडक विभागले एक वर्षभित्र निर्माण सक्ने गरी पुल बनाउन सम्झौता गरिपछि निर्माण सम्पन्न भएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३४ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस