भक्तपुरको सूर्य विनायकमा भोलि शुक्रवारदेखि सूर्य विनायक घरेलु,कृषि तथा पर्यटन मेला २०८० हुने भएको छ।मेला सूर्य विनायक नगरपालिका वडा नं ८ आदर्शस्थित सूर्य विनायक हरित कृषि थोक बजारमा हुने छ।
आयोजक सूर्य विनायक नगरपालिकाले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले दिगो विकास व्यवस्थित सहर: स्वच्छ समृद्ध सूर्य विनायक नगर भन्ने दीर्घकालीन सोच अनुसारको लक्ष्य प्राप्तिको लागि आर्थिक विकास एक महत्त्वपूर्ण सूचक भएको कुरा महसुस गरी मेला गर्न लागेको जनाए।
सूर्य विनायक नगरपालिकाको आयोजना घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गतेदेखि १७ गतेसम्म ३ दिने सूर्य विनायक घरेलु कृषि तथा पर्यटन मेला २०८० आयोजना हुनेछ।
सूर्य विनायक नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि र अनलाइन मार्केटिङमा उत्पादक र उपभोक्तासम्म पहुँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको जनाइयो।
मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन र सीप उजागर गरिने छ । मेलामा सूर्य विनायकका लघु, घरेलु, साना उद्यमी एवं महिला उद्यमीहरूको उत्पादनहरू स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलिक उत्पादनहरू जुजु धौ, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाँडाकुँडा उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्ठकलाका उत्पादनहरू, पर्यटन उद्योगका उत्पादनहरू मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामरी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय गायक गायिकाको साङ्गीतिक प्रस्तुतिसहित मेलामा ९० वटा स्टलहरू रहने जनाइयो ।
मेलामा नगर उपप्रमुख सरिता भट्टराईले कृषि र पर्यटन क्षेत्रमार्फत सूर्य विनायक नगरपालिकाको समग्र आर्थिक विकासमा खेल्न सकिने भूमिकाका बारेमा छलफल विचार, विमर्श र सरोकारवालासँग अन्तर्क्रिया आयोजना गरिने जनाइन्।
यसले समग्र सूर्य विनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने विश्वास उनको छ। नगरपालिकाका प्रवक्ता एवं सूर्य विनायक नगरपालिका वडा नं ७ गुण्डुका वडा अध्यक्ष रवीन्द्र सापकोटाले मेलाबाट स्थानीय उद्योगी तथा व्यावसायिहरुको बजार उपभोक्तासम्मको सञ्जाल विस्तार हुने विश्वास लिए।स्थानीय मौलिक उत्पादन तथा वस्तु उद्योग सूर्य विनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पहुँच अभिवृद्धि भई पर्यटन उद्योगलाई जोड्ने अपेक्षा गरिएको उनले जनाए ।
यस्तो प्रकारको मेला सूर्य विनायक नगरपालिकाको लागि पहिलो अनुभव हो।यसलाई सफल बनाउन यहाँका जनप्रतिनिधि, कर्मचारी प्रशासन, उद्योगी व्यवसायी, कृषि क्षेत्रमा लागेका महानुभावहरू, सहकारी, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतको महत्त्वपूर्ण भूमिका रहने हुँदा सबै क्षेत्रबाट यस मेलालाई सफल बनाई उद्योग, कृषि र पर्यटन विकासका लागि नगरपालिकाको प्रयासलाई सहयोग पुर्याइदिनु हुन सवैमा अनुरोध गरिएको छ।
तीन दिनसम्म सञ्चालन हुने मेलामा दश हजार भन्दा बढी सहभागीहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा स्टल र अवलोकन निःशुल्क गरिएको छ।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...