इप्पानको वार्षिक साधारणसभा
०८ जेष्ठ २०८०
•
१ मिनेट पाठ
इप्पानको वार्षिक साधारणसभा
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २१ औं वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ।




बुधबार बसेको कार्यसमितिको बैठकले आगामी जेठको अन्तिमा इप्पानको साधारणसभा गर्ने निर्णय गरेको हो। इप्पानको वार्षिक साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ। इप्पानको बैठकले निर्वाचन प्रक्रियामा भाग लिनको लागि यही जेठ २५ गते भित्र सदस्यता नवीकरण र नयाँ प्राप्त गरिसक्नुपर्ने निर्णय गरेको छ।

साधारणसभाको तयारीका लागि उपाध्यक्ष मोहनकुमार डाँगी संयोजक रहने गरी सचिव रामप्रसाद आचार्य र सदस्य प्रकाश दुलाल रहेको मूल तयारी समिति गठन गरेको छ।

संस्थाको हालको स्वरूपमा परिमार्जन गरी संस्थालाई नयाँ ढंगले अगाडि बढाउनेसम्बन्धी अध्ययन गरी सुझाव पेश गर्न सचिव भरतबहादुर खत्री संयोजक रहने गरी सल्लाहकार भानु पोखरेल र प्रकाश दुलाल सदस्य रहेको समिति गठन गरेको छ।

ऊर्जा उत्पादकहरूलाई जेष्ठ २५ गते भित्र सदस्यता नवीकरण र नयाँ प्राप्त गर्न आह्वान समेत गर्ने निर्णय गरेको छ।
अर्को समाचार
इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार
२५ जेष्ठ २०८३
•
२ मिनेट पाठ
इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने भएको छ।




इप्पानका अध्यक्ष गणेश कार्कीले साधारणसभा तथा अधिवेशनका लागि तयारी भइरहेको बताए। उनका अनुसार उक्त संस्थामा हाल सात सयभन्दा बढी कम्पनी आबद्ध छन्।

संस्थाले आज जारी गरेको विज्ञप्तिमा विसं २०८० जेठ ३२ मा सम्पन्न २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरिएकामा समितिले संस्थालाई महासङ्घमा रूपान्तरण गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावसहितको प्रतिवेदन २०८२ जेठ २९ गते समितिमा पेस भएकामा २०८२ असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभाले त्यसमा छलफल गरी कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी दिएको थियो।

यद्यपि, २०८३ वैशाख ४ गते सम्पन्न कार्यसमिति बैठकले इप्पानलाई महासङ्घका रूपमा रूपान्तरण गर्न नसकिने निष्कर्षसहित इप्पान विधान, २०७८ अनुसार २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, आज सम्पन्न २०३औँ कार्यसमिति बैठकले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने तथा संशोधित विधान लागू भएपछि एक कार्यकाल कार्यसमितिमा रही योग्य ठहरिएका व्यक्तिलाई अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको जनाइएको छ। अन्य सबै पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवारी दिन सकिने व्यवस्थाका लागि प्रस्ताव गरिने विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, इप्पानले विधान पुनर्लेखनसम्बन्धी मस्यौदा तथा प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको जनाउँदै उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा ‘विधान गायब भएको’ तथा ‘विधानविपरित साधारणसभा आयोजना गर्न लागिएको’ भन्ने आरोपप्रति आपत्ति जनाएको छ। संस्थाले ती आरोपलाई ‘अर्नगल र कपोलकल्पित’ भन्दै खण्डन गरेको छ।

इप्पानले जेठ ९ र १० गते नै साधारणसभा तथा अधिवेशनसम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिसकेको जनाउँदै भ्रमपूर्ण प्रचारप्रति सचेत रहन र अधिवेशनलाई सफल बनाउन सक्रिय सहभागिताका लागि सबै सदस्यहरूलाई आग्रह गरेको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस