सगरमाथाको आठहजार मिटरबाट प्याराग्लाडिङ !
०४ जेष्ठ २०८०
•
३ मिनेट पाठ
सगरमाथाको आठहजार मिटरबाट प्याराग्लाडिङ !
सगरमाथाको आठहजार मिटरबाट उडेर आधारशिविरमा अवतरण गरेको प्याराग्लाइडिङ। तस्बिरः नागरिक
आठहजार मिटर उचाईसम्मका हिमाललाई आरोहणमा मात्र सिमित नराखि अन्य साहसिक गतिविधिमा पनि उपयोग गर्ने सरकारी योजना अनुरुप प्याराग्लाइडिङ उडानको परीक्षण सुरु भएको छ। त्यसै क्रममा सगरमाथाको आठहजार मिटर उचाईबाट एकजना चिनियाँ पाइलटले विहीबार बिहान सफलतापूर्वक प्याराग्लाइडिङ उडान भरेका छन्।  




पोखराको बाबु एडभेन्चर स्कुलको व्यस्थापनमा गएका चिनियाँ पाइलट लि सेङटाओले विहीबार बिहान सगरमाथाको आठहजार मिटरबाट उडान भरेर ५३ सय मिटर उचाईको आधारशिविरमा अवतरण गरेका हुन्। बाबु एडभेन्चरका प्रशिक्षण पाइलट सानोबाबु सुनुवारका अनुसार सरकारले आठहजार मिटरका हिमालबाट प्याराग्लाइडिङ उडान गर्न पाउने गरि परीक्षण उडानको अनुमति दिएको थियो। त्यही अनुसार चिनियाँ पाइलटले लि ले उडान भरेको उनले बताए।  

‘सगरमाथाको आठहजार मिटर भन्दा माथिबाट उड्न भने पाइदैन। तर, आठहजार मिटर मुनि रहेर नेपालका अन्य हिमालबाट पनि उडान गर्न सकिन्छ। अहिले गरिएको उडान परीक्षणको क्रममा हो,’ सुनुवारले भने, ‘अहिलेसम्म उच्च हिमाली श्रृंखला आरोहणमा मात्र उपयोग भएका थिए। तर, अब सरकारले आठहजार मिटरसम्मको उचाईका हिमाललाई फरक तरिकारले साहसिक पर्यटकीय गतिविधिका रुपमा पनि उपयोग गर्ने तयारी गरेको छ। त्यही अनुसार पर्यटन मन्त्रालयले अनुमति दिएको थियो।  

बिहान ९ बजे उडेर ९ः ४५ मा आधारशिविरमा अवतरण गरेको सुनुवारले बताए। ‘यो ज्यादै नै साहसिक गतिविधि हो। यत्तिको आँट जो कोहीले गर्न सक्दैन, सरकारले साच्चै व्यवसायिक रुपमा उडान गर्न दिने हो भने नेपालका चुचुराबाट प्याराग्लाइडिङ उडान गर्न पाइलटहरु आउनेछन,’ सुनुवारले भने, ‘यसले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा झनै ठुलो भूमिका खेल्नेछ।’  

सुनुवारका अनुसार पर्यटन मन्त्रालयले पटके अनुमतिका रुपमा अष्ट्रेलियन नागरिक हट केनेथ नेल, मार्कस चाल्र्स लोनी र चिनियाँ नागरिक लि लाई पटके उडानको अनुमति दिएको थियो। लबुचे, मेरापिक र सगरमाथा क्षेत्रमा उडान गर्नेगरि मे ५ देखि जुन ५ भित्र उडान भरिसक्नेगरि अनुमति दिएको थियो। ‘चिनियाँ पाइलटले सगरमाथा क्षेत्रमा उडान भरिसकेका छन्। अस्ट्रेलियन नागरिकले भने लबुचेमा उडान भर्ने तयारी छ,’ हाइ अल्टिच्यूड प्याराग्लाइडिङ प्रशिक्षक समेत रहेका सुनुवारले भने, ‘मौसमले साथ दिएकोले सगरमाथाको उडान सफल भयो।’  

उनीहरुलाई सरकारले एकपटकका लागि मात्र उडान अनुमति दिएको सुनुवारले बताए। परीक्षण उडानबाट प्राप्त भएका तथ्यहरु समेटेर पर्यटन मन्त्रालयमा प्रतिवेदन दिनुपर्नेगरि मन्त्रालयले अनुमति दिएको उनले बताए। ‘अहिले त परीक्षण उडान मात्र भएको हो। यसलाई व्यावसयिकता दिने तयारीमा सरकार छ,’ सुनुवारले भने, ‘अहिलेसम्म हिमाली चुचुरा आरोहणमा मात्र सिमित थिए। तर, अब प्याराग्लाइडिङ पनि गर्न सकिने गरि खुलाउने तयारी छ।’ हिमाल आरोहण मात्र नभइ अरु साहसिक गतिविधिका लागि पनि भन्ने देखाउनका लागि यस्ता गतिविधि आवश्यक रहेको उनले बताए।  

पर्यटन विभागका प्रवक्ता सुर्यप्रसाद उपाध्यायले पनि बाबु एडभेन्चरमार्फत एकजना चिनियाँ र दुइजना अस्ट्रेलियन नागरिकलाई सगरमाथा क्षेत्रबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति दिएको बताए। ‘उनीहरुले पटके अनुमति लिएर उडान भरेका हुन्। चिनियाँको उडान सफल भएको छ,’ उपाध्यायले भने। उपाध्यायले पनि आठहजार मिटर उचाइसम्मका हिमाली श्रृंखलालाई आरोहणमा मात्र सिमित नराखि फरक तरिकारले साहसिक गतिविधिमा उपयोग गर्ने सरकारी योजना अनुरुप विदेशी नागरिकलाई प्याराग्लाइडिङ उडानको अनुमति दिएको बताए।  

‘अहिलेको उडान परीक्षणका लागि हो। उडान भरेका पाइलटले प्रतिवेदन दिएपछि त्यसलाई अध्ययन गरेर केही समयपछि व्यावसायिक उडानका लागि खुलाउने तयारी छ,’ उनले भने, ‘अहिलेसम्म हिमाल क्षेत्र आरोहणमा मात्र सिमित थिए। तर, अरु साहसिक गतिविधिमा उपयोग गर्ने हो भने साच्चै साहसिक पर्यटक नेपाल भित्रिनेछन। त्यसले गर्दा राज्यको आम्दानी पनि बढ्छ। त्यसले रोजगारी पनि सिर्जना गर्छ।’ आठहजार मिटर भन्दा माथिबाट भने उड्न नपाउने उनले बताए।
अर्को समाचार
१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
०३ जेष्ठ २०८०
•
१ मिनेट पाठ
१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छिन्।




चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन्।

नेपाल बिग माउण्टेन ट्राभलले आज पत्रकार सम्मेलन गरी चनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो। नेपाल बिग माउण्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिए। उनी महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ।

शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन्।

शुई चो युआनले आरोहणका क्रममा सुरुमा मौसम खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने मौसमले साथ दिएको अनुभव सुनाइन्। उनले आरोहणका क्रममा सहयोगी शेर्पाहरुले सहयोग गरेकोमा धन्यवादसमेत व्यक्त गरिन्। सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तो देखिएको बताउँदै उनले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरुले सँगै फिर्ता ल्याएको जानकारी समेत गराइन्।

नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान छैन। यसवर्ष सगरमाथा आरोहणको ७०औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ भने यसवर्ष सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन्। यस वर्षको आरोहण शनिबारदेखि सुरु भएको हो।रासस
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस