चालु आ.व.मा गण्डकीको आर्थिक वृद्धिदर सबैभन्दा बढी र वागमतीको सबैभन्दा कम हुने प्रक्षेपण
०२ जेष्ठ २०८०
•
२ मिनेट पाठ
चालु आ.व.मा गण्डकीको आर्थिक वृद्धिदर सबैभन्दा बढी र वागमतीको सबैभन्दा कम हुने प्रक्षेपण
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ।




मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/०८० को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी तथ्यांक सार्वजनिक तथ्यांकले गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने अनुमान गरिएको हो।

त्यस्तै वागमती प्रदेशको वृद्धिदर सबैभन्दा कम १.४४ रहने अनुमान गरिएको छ। संशोधित अनुमान अनुसार गत आ.व.मा गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत देखिएको छ भने सबैभन्दा कम मधेस प्रदेशमा ४.६ प्रतिशत रहने बताएको छ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरप्रसाद भण्डारीले यस आ.व.मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिव ५३ खर्ब ८१ अर्ब हुने अनुमान गरिएकोमा सबैभन्दा बढी ३६.८ प्रतिशत योगदानसहित वागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिव १९ खर्ब ८१ अर्ब हुने अनुमान रहेको बताए। उनले सबैभन्दा कम ४.१ प्रतिशतको योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा करिव २ खर्ब १ अर्ब रुपैयाँको हाराहारीमा हुने अनुमान रहेको बताए।

वागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशहरुमा क्रमशः कोशी, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश रहेको उनले बताए। औद्योगिक वर्गीकरण अनुसारको आर्थिक् क्रियाकलापहरुलाई हेर्दा गत आ.व.मा वागमती प्रदेश बाहेक सबै प्रदेशहरुमा कृषि क्षेत्रको योगदान बढी रहेको थियो भने वागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको तथ्यांकले देखाएको थियो।

बढ्दो शहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारका कारण वागमती प्रदेशको यस्तो तथ्यांक आएको तथ्यांक कार्यालयले बताएको छ। राष्ट्रिय तहमा दोस्रो हिस्स ओगटेको व्यापार क्षेत्र कोशी, मधेस र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामै कायम रहेको छ भने वागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ। यसैगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो रहेको छ भने मधेस प्रदेश बाहेक सबै प्रदेशहरुको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्युन देखिएको निर्देशक भण्डारीले बताए।

चालु आ.व.मा कोशी प्रदेशको आर्थिक वृद्धिदर २.० प्रतिशत, मधेस प्रदेशको १.६९ प्रतिशत, लुम्बिनीको २.०६ प्रतिशत, कर्णाली प्रदेशको १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.७८ प्रतिशत वृद्धि हुने तथ्यांक कार्यालयको प्रक्षेपण रहेको छ। गत आर्थिक वर्षको तुलनामा सातै प्रदेशको आर्थिक वृद्धिदरमा संकुचन आउने देखिएको छ।
अर्को समाचार
नेपालीको औसत आयु ७१.३ वर्ष
२४ वैशाख २०८१
•
४ मिनेट पाठ
नेपालीको औसत आयु ७१.३ वर्ष
नेपालीको औसत आयु विगत ४० वर्षको अवधिमा २० वर्षले बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना- २०७८ जनसांख्यिक सूचक र जनसंख्या साक्षरता’ प्रतिवेदनमा नेपालीको औसत आयु विगत ४० वर्षमा २० वर्षले बढेको उल्लेख छ।




महिलाको औसत आयु पुरुषको भन्दा पाँच वर्ष बढी रहेको तथ्यांकले देखाएको छ। प्रदेशगत आधारमा कर्णालीका महिलाहरूको औसत आयु बढी छ।

जनसांख्यिक सूचकले नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको देखाएको छ। ४० वर्षअघि अर्थात् २०३८ सालमा गरिएको जनगणनाअनुसार नेपालीको औसत आयु ४९.८ वर्ष थियो। २०७८ सालको जनगणनाले पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको औसत आयु ७३.८ वर्ष पुगेको देखाएको छ। यसबाट समग्रमा पुरुषभन्दा महिलाको औसत आयु पाँच वर्ष बढी रहेको देखाउँछ।

नयाँ जनसांख्यिक सूचकले अब राज्यले शिक्षा, स्वास्थ्य तथा विकास नीति र नियमहरू नयाँ तरिकाले बनाउनुपर्ने देखाएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए।  

कर्णालीका महिलाको औसत आयु धेरै

सार्वजनिक जनसांख्यिक तथ्यांक अनुसार कर्णालीका महिलाको औसत आयु अन्य प्रदेशका महिलाको तुलनामा बढी छ। यसबाट कर्णालीका महिला बढी बाँच्ने गरेको नयाँ तथ्य बाहिर आएको छ। सूचकअनुसार कर्णालीका महिलाको औसत आयु ७५.५ वर्ष पुगेको छ।

४० वर्षमा औसत आयु २० वर्ष बढ्यो  

२०३८ सालमा नेपालीको औसत आयु ४९.८ वर्ष रहेकोमा २०७८ सम्म आइपुग्दा बढेर ७१.३ वर्ष पुगेको छ। ‘४० वर्षको अवधिमा नेपालीको औसत आयु २० वर्षले बढेको छ,’ निर्देशक लामिछानेले भने, ‘अब राज्य शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका पुराना नीति, नियम परिवर्तन गरी नयाँ ढंगले अघि बढ्नुपर्ने देखिएको छ।’ नेपालीको औसत आयु २०४८ सालमा ५४.३ वर्ष, ०५८ मा ६०.४ वर्ष र ०६८ मा ६६.६ वर्ष थियो।

२०३८ सालमा महिलाको औसत आयु ४८.१ वर्ष रहेकोमा २०७८ सालमा आइपुग्दा वृद्धि भएर ७३.८ वर्ष पुगेको छ। तुलनात्मक रूपमा महिलाको आयु ४० वर्षको अवधिमा २५ वर्षले बढेको छ। २०३८ सालमा पुरुषको औसत आयु ५०.९ वर्ष रहेकोमा ०७८ मा आइपुग्दा ६८.२ वर्ष पुगेको छ। ४० वर्षको अवधिमा पुरुषको आयु १७ वर्षले बढेको छ।

‘समग्रमा नेपालीको औसत आयु बढ्नुले नेपालीले गुणस्तरीय जीवन जिउन थालेको स्पष्ट भएको छ,’ निर्देशक लामिछानेले भने, ‘कर्णालीमा महिलाको औसत आयु पुरुषको भन्दा बढी हुनुको मुख्य कारण राज्यले ४० वर्षको अवधिमा ल्याएको महिलामैत्री नीति, नियम र कार्यक्रमको उपलब्धि हो। तथ्यांक संकलन कोभिडको समयमा गरिएको हो। जुन बखत पुरुषको मृत्युदर बढी थियो। सूचकअनुसार अहिले पुरुषको मृत्युदर कर्णालीमा बढी छ। बुढ्यौली बसाइसराइँ पनि कर्णालीमा बढी देखिएको छ।’

लामिछानेका अनुसार सरकारीसँगै गैरसरकारी संघसंस्थाले पनि महिलाकेन्द्रित कार्यक्रम कर्णालीमै बढी केन्द्रित गरेका छन्। समग्रमा राज्यको नीति, नियम, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासुविधाका कार्यक्रम महिलाकेन्द्रित भएकाले महिलाको आयुसँगै जीवनस्तर माथि उठेको तथ्यांकले देखाएको उनले बताए। लैंगिक हिसाबले पुरुषभन्दा महिलाको औसत आयु बढेको छ। महिलाको औसत आयु २०३८ सालमा ४८.१ वर्ष, २०४८ सालमा ५३.५ वर्ष र २०५८ सालमा ६१.६ वर्ष र २०६८ सालमा ६८ वर्ष थियो।

२०७८ मा आउँदा महिलाको औसत आयु ७३.८ वर्ष पुगेको छ। पुरुषको औषत आयु ४० वर्षअघि महिलाको भन्दा बढी थियो। पुरुषको औसत आयु २०३८ साल ५०.९ वर्ष, ०४८ सालमा ५५ वर्ष, ०५८ मा ६१.१ वर्ष र ०६८ सालमा ६६.४ वर्ष थियो। २०७८ को जनगणनाले पुरुषको औसत आयु ६८.२ वर्ष पुगेको देखाएको छ। तथ्यांक विश्लेषण गर्दा पुरुषको औसत आयु २०४८ सालसम्म महिलाको तुलनामा बढी भएकोमा त्यसपछि घट्दै गएको देखिन्छ।

कर्णाली र बागमतीमा औसत आयु बढी

प्रदेशगत आधारमा कर्णाली र बागमती प्रदेशका मानिसको औसत आयु बढी रहेको जनसांख्यिक सूचकले देखाएको छ। नयाँ सूचकअनुसार कर्णाली प्रदेशका बासिन्दाको औषत आयु ७२.५ वर्ष र बागमती प्रदेशका बासिन्दाको औसत आयु ७२.४ वर्ष पुगेको देखिन्छ। त्यस्तै सूचकअनुसार सबैभन्दा कम लुम्बिनी प्रदेशका बासिन्दाको औसत आयु ६९.५ वर्ष छ। लुम्बिनी प्रदेशमा औसत आयु महिलाको ७२.५ वर्ष र पुरुषको ६६.१ प्रतिशत छ।

कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलका अनुसार सार्वजनिक नयाँ तथ्यांकका आधारमा राज्यलाई नयाँ नीति, नियम र बजेट निर्माण गर्न सहज हुनेछ।

‘तथ्यांकले औसत आयु बढ्दै गएको देखाएको छ। देशका नागरिक शिक्षा, स्वास्थ्य, सार्वजनिक प्रयोग तथा घरायसी प्रयोगमा सहज हुदै गएका छन्। जीवनस्तर उन्नत बन्दै गएको छ। कर्णाली प्रदेशमा विगतको अवस्थामा सुधार आएको छ। जीवनस्तर गुणस्तरीय बन्दै गएको छ,’ पोखरेलले भने, ‘अब राज्यले कम गुणस्तर जीवनयापन गर्ने प्रदेशका बासिन्दातर्फ नीति, नियम र कार्यक्रम केन्द्रित गर्नुपर्छ।’ उनले थपे, ‘तर कार्यालयले औसतमा तथ्यांक प्रकाशित गरेकाले राज्यले नीति निर्माण गर्दा बीचको ग्याप पत्ता लगाएर मात्र गर्नुपर्छ। तथ्यांकमा आधारित भएर नीति तथा कार्यक्रम बनाएर अघि बढे लगानी उपलब्धिमूलक बन्छ।’
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस