पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’
२९ वैशाख २०८०
•
४ मिनेट पाठ
पर्यटकीय गन्तव्य बन्दै  ‘बराह ताल’
वरपर जंगल र बस्ती। बीचमा छ बराह ताल। शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुंगीको आवाजले धेरैको मन फुरुङ्ङ हुन्छ। बागलुङ नगरपालिका-१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो। ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ। दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ।




गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ। बागलुङ बजारबाट गाडीमा आधा घण्टा र पैदलयात्रामार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ। तालका बीचमा रहेका रुखले पर्यटकलाई थप आकर्षित गरेको छ। गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ। पहिले अव्यवस्थित रहेको ताल अहिले व्यवस्थित बनेको छ।

ताल वरपर मन्दिर निर्माण गरिनुका साथै घेरा गरिएको छ। पछिल्लो समय बराह तालमा घुम्न आउने पर्यटक बढ्दै गएको स्थानीय सोमबहादुर थापामगरले बताए।

गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ।
उनका अनुसार बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने गरेको छ। बराह ताल धेरै पहिलेदेखि चर्चित भए पनि विभिन्न पूर्वाधार बनेपछि पछिल्लो समय पर्यटक बढी आउने गरेको थापामगर बताउँछन्।

उनी भन्छन्,‘बराह ताल पहिले अलि फरक थियो, अहिलेको जस्तो व्यवस्थित थिएन, यसको व्यवस्थापन गरेपछि अहिले धेरै राम्रो बनेको छ, पहिले अहिलेको जस्तो गोलाकार थिएन, अहिले घेराबार लगाएर गोलाकार आकारको बनाइएको छ, पहिलेको तुलनामा अहिले घुमफिर गर्ने मान्छे बढेर होला यहाँ आउनेको संख्या पनि बढेको पाइएको छ, प्रचार पनि हुँदै गएको छ।’

बराह तालको गहिराइ अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापा मगरको भनाइ छ। पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने गर्दा प्रचारप्रसारमा व्यापक बनेको थापामगरले बताए। बराह तालमा हरेक जेठको पूर्णिमा र कार्तिक पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ। मेला अवलोकनका लागि बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी, कास्की लगायतका ठाउँबाट पर्यटक घुम्न आउने गर्छन्।

बराह ताल नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तालको प्रचारप्रसारमा तीव्रता दिएसँगै पर्यटक बढ्दै गएको बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष तिलबहादुर थापामगरले बताए।

बराह तालको गहिराइ अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापा मगरको भनाइ छ। पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने गर्दा प्रचारप्रसारमा व्यापक बनेको थापामगरले बताए।
उनले बराह ताल नजिकै ‘पिकनिक स्पट’ रहेको हुँदा बिदाका दिन विभिन्न संघसंस्था, विद्यार्थी, व्यापारी रमाइलोका लागि आउने गरेको बताए।

ताललाई थप व्यवस्थापन गर्न नगरपालिकाबाट पहल भइरहेको अध्यक्ष थापामगर बताउँछन्।

‘जिल्लामै सबैभन्दा राम्रो तालका रूपमा रहेको छ यो बराह ताल, अरू ठाउँका ताल पनि देखियो तर यो जस्तो व्यवस्थित छैनन्, बागलुङ बजार नजिकै रहेको भएर पनि होला बेलाबेला विदेशी पर्यटक पनि आउने गर्छन्’, अध्यक्ष थापा मगरले भने, ‘तालसम्म आउने सडकको अवस्था अलि कमजोर छ, यसलाई थप व्यवस्थित बनाउनुपर्ने छ, यो सडक व्यवस्थित भयो भने यहाँ आउने पर्यटको संख्या दोब्बरले बढ्ने देखिन्छ, हामी ताल व्यवस्थापनका लागि योजना बनाइरहेका छौं।’

ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन्। ताल वरपर नै घरबास (होमस्टे) सञ्चालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन। बराह ताल क्षेत्रबाट उच्च पहाडी क्षेत्रसँगै एकैपटक धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण लगायत २२ वटा हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। भकुण्डे पुग्ने पर्यटकलाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने गरेको अतिथि सत्कार सामुदायिक होमस्टेकी उपाध्यक्ष इन्द्रा थापा मगरले बताइन्।

ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन्। ताल वरपर नै घरबास (होमस्टे) सञ्चालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन।
उनले पाहुनालाई लक्षित गरी गाउँमा घरबास पनि व्यवस्थित बनाइएको बताइन्। घरबास लामो समयदेखि सञ्चालनमा रहेको भन्दै घुम्न आउने पर्यटकलाई खाना र बस्नको समस्या नहुने उनको भनाइ छ। पाहुनालाई सिन्कीको अचार, कोदोको रोटी ढिडो, लोकल कुखुरा लगायतका परिकार खान दिने गरेको थापामगरले बताइन्। हरेक वर्ष विदेशी पर्यटक पनि आइराखेको उनी बताउँछिन्।

थापामगर भन्छिन्, ‘कोरोना आउनुभन्दा पहिले पर्यटक धेरै आउँथे, बीचमा केही कम भएको थियो, अहिले फेरि बढ्न थालेको छ, बराह तालमा दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका छन्, त्यहाँ आउने पर्यटक हाम्रो होमस्टेमा पनि आउने गरेका छन्, पाहुनाका सुविधाका लागि नेट लगायतका सेवा थप गरेका छौं, पहिलेभन्दा व्यवस्थित हुँदै गएका छौं।
अर्को समाचार
धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै बेगनास बराह
११ साउन २०८२
•
६ मिनेट पाठ
धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै बेगनास बराह
बेगनासतालस्थित बेगनास बराह प्राचीनकालदेखि ठुलो आस्था र विश्वास बोकेको धार्मिकस्थल भए पनि यो अझै पनि प्रवर्द्धनको पर्खाइमा छ भन्दा अत्युक्ति नहोला। प्रचारप्रसार र पूर्वाधार विकासका कारण बेगनास बराहको अहिलेसम्म पनि धार्मिक पर्यटकीय उपयोग हुन सकेको छैन।  




धार्मिक आस्था र विश्वासका साथ परापूर्वकालदेखि पूजाआजा हुँदै आइएको बेगनास बराहको प्रचारप्रसारसँगै यहाँको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न पछिल्लो समयमा यहाँका सामाजिक संघसंस्था क्रियाशील बनेको बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताए।  

सात तालको बाटिका सहरका रूपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनासताल पारी किनारामा रहेको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ यसको प्रचारप्रसार र पूर्वाधार विकासका काम अघि बढाइएको उनले जानकारी दिए। यहाँका बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास तालबराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको उनको भनाइ छ।  

साविक लेखनाथ नगरपालिकाको पहल र विश्व बैंकको रु १ करोड १७ लाखको सहयोगमा बराह क्षेत्रमा यसअघि नै पदमार्ग, बस्ने ठाउँ, वनभोज स्थल आदिको निर्माण गरिसकिएको थियो। बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रूपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ। बराह क्षेत्रको पुरातात्विक खोज र अनुसन्धानका लागि पुरातत्व विभागका प्राविधिकले समेत आएर यहाँको अध्ययन गरिसकेका छन्।  

अध्यक्ष अधिकारीका अनुसार हालै बेगनास ताल परिसरमा बराहको मन्दिरसँगै लक्ष्मीनारायण, पञ्चायन देवता मन्दिर आदिको निर्माण गरिएको छ। बराहको प्राचीन शिलालाई भने जस्ताकोतस्तै राखिएको उनले जानकारी दिए। बराह मन्दिरसहित लक्ष्मीनारायण, पञ्चायन मन्दिरलगायतको पूर्वाधार निर्माणका लागि करिब रु २ करोड खर्च भएको उनले जानकारी दिए। यहाँका मन्दिरसहितका पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु ८० लाख बजेट विनियोजन भएकामा प्राविधिक मूल्याङ्कनलगायतका कारणबाट रु ६० लाख प्राप्त भएको थियो।  

त्यस्तै संघीय सरकारबाट रु २७ लाख र बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाबाट रु ३८ लाख विनियोजन भई काम गरिएको छ। मन्दिरका मूर्ति, गजुरलगायतका विभिन्न सामग्रीका लागि विभिन्न भक्तजन र दाताबाट पनि सहयोग प्राप्त भएको अधिकारीले जानकारी दिए।  

पूर्वाधार निर्माणकै क्रममा यहाँस्थित डुङ्गाघाट रु १० लाख ६५ हजारमा निर्माण गरिएको छ भने त्यहाँ नजिकै पर्यटकलाई लक्षित गरी रु २ लाखको लागतमा प्रतीक्षालय निर्माण गरिएको छ। त्यस्तै रेलिङलगायतका संरचना पनि निर्माण भएका छन्। मन्दिरलगायतका विभिन्न संरचना निर्माण भएसँगै बेगनास तालमा आउने पर्यटकलाई बेगनास बराह क्षेत्रमा पुर्‍याएर यहाँको धार्मिक महत्वलाई पर्यटकीय रूपमा उपयोग गर्न खोजिएको छ।  

बेगनास तालमा आउने पर्यटकलाई डुङ्गामार्फत बराह मन्दिरसम्म पुर्‍याउन बेगनास डुङ्गा व्यवसायी संघले सहुलियतपूर्ण दरमा भाडादर तय गरेको बेगनास डुङ्गा व्यवसायी संघका अध्यक्ष रविराज कँडेलले जानकारी दिए। दूरीका दृष्टिले सामान्य डुङ्गाबाट मन्दिरमा पुगेर दर्शन गरी फर्कन २ घण्टाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उनले ४ जनाका दरले एउटा डुङ्गामा चढेर फर्कने दर्शनार्थीलाई भाडास्वरूप रु ७०० मात्र लिने गरिएको बताए।  

‘हामीले डुङ्गामा सयर गर्न चाहने पर्यटकलाई एउटा डुङ्गा भाडास्वरूप प्रतिघण्टाका लागि रु ७०० ५ वर्षअघि नै निर्धारण गरिएको थियो,’ उनले भने, ‘मन्दिर गएर फर्कनका लागि हामीले २ घण्टाभन्दा बढी समय लाग्ने भए पनि रु ७०० मा व्यवस्था मिलाएका छौँ।’ डुङ्गामा यात्रुको सुरक्षा समेतलाई दृष्टिगत गर्दै एक पटकमा ४ जनासम्म जान सक्ने व्यवस्था मिलाइएको छ।  

मन्दिरमा धार्मिक पर्यटकको आकर्षण बढाउन डुङ्गामा सहुलियत व्यवस्था गरिएको बताउँदै उनले दर्शन प्रयोजनका लागि मोटरबोटमा जान चाहनेका लागि पनि त्यस्तै सहुलियतको व्यवस्था गरिएको जानकारी दिए। अध्यक्ष कँडेलका अनुसार बेगनास तालमा पर्यटकलाई लक्षित गरी हाल २८० वटा काठका डुङ्गा, ९ वटा प्याडल बोट, २६ फुटे डाँक र ३ वटा मोटरबोट रहेका छन्। डुङ्गा व्यवसायी संघमा ३०० भन्दा बढी सदस्य आवद्ध रहेको उनले जानकारी दिए।  

पोखरा महानगरपालिका–३१ का अध्यक्ष ढकनाथ कँडेलले मन्दिरसहितका पूर्वाधार निर्माणसँगै यो धार्मिकस्थल सर्वसाधारणका लागि खुला भएको बताए। बराह क्षेत्रलाई संस्कृति, प्रकृति र प्रविधिसँग जोडेर पर्यटनको प्रमुख गन्तव्य बनाउन स्थानीय सरकारका तर्फबाट आवश्यक पहल हुने उनको भनाइ छ।  

बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमा समेत पुर्‍याउने लक्ष्य राखिएको छ। डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी र स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्ने गरेको छ।  

मनले चिताएको पुग्ने जनविश्वासका साथ यस क्षेत्रमा विभिन्न महत्वपूर्ण तिथिमिति र पर्वमा दर्शनार्थी आउने गरेका छन्। बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन र पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म बेगनासताल क्षेत्रमा महायज्ञ गरिएको थियो। तत्कालीन महायज्ञ आयोजक मूल समितिका महासचिवसमेत रहेका ध्रुवराज अधिकारीका अनुसार महायज्ञमा कूल रु १ करोड ४ लाख आम्दानी भएकामा सबै खर्च कटाएर रु ७६ लाख बचत भएको थियो। बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ।  

बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणसँगै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवर्द्धन र विकास गर्ने लक्ष्य राखिएको थियो।  

महायज्ञपश्चात् उक्त क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जानकारी दिँदै अधिकारीले बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताए। तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण गरिएको जानकारी दिँदै उनले बेगनास तालकै गाईघाटमा गाई र बाच्छीको मूर्ति स्थापना गरिएको बताए। हावाहुरी आदिका कारण हुन सक्ने सम्भाव्य जोखिमलाई लक्षित गरी उद्धार कक्षसमेत निर्माण गरिएको छ।  

बेगनास तालको संरक्षणसँगै यहाँस्थित बेगनास बराहको प्रचारप्रसार आवश्यक रहेको लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष छत्रधर आत्रेय बताउँछन्। संघकै सक्रियतामा ताल किनाराको रातमाटा क्षेत्रमा अङ्ग्रेजी अक्षरमा ‘बेगनास लेक’ लेखिएको ठूलो बोर्ड राखिएको छ। संघको २०७९ मा सम्पन्न १८औँ लेखनाथ महोत्सवमा बेगनास ताल र यहाँका गतिविधिलाई बुझ्ने गरी डेमो पनि प्रदर्शन गरिएको थियो। बेगनास तालको बेगनास बराह क्षेत्रको धार्मिक पर्यटकीय महत्व उजागर हुन सके ताल र आसपासका क्षेत्रको विकास पनि सँगसँगै हुने स्थानीयवासीले आशा गरेका छन्।  

ताल र आसपासका स्थान, तालको मुहान स्याङ खुदीदेखि कपासे, कुसुन्डे, जिमिरे कुना, पिप्ले जलारी बस्ती, ड्यामसाइट आदि स्थलहरू यसबाट केही न केही रूपमा लाभान्वित हुने देखिन्छ।  

त्यस्तै ताल वरपरका बस्ती मन्धरे पार्क, अलैँचे, बाँस कुना, देउराली मन्दिर, कहेरे, रुपा बेगनास भ्यु टावर, काउरे, माझिकुना आदि स्थलको पनि यसबाट प्रवर्द्धन हुने देखिएको छ। बेगनास बराहको धार्मिक पर्यटकीय उपयोगसँगै आसपासका गोरखनाथ, अर्घौंमौला ठूलाकोट, बेगनासकोट, पचभैयाकोट, रुपाकोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको पनि प्रवर्द्धन र विकास हुने विश्वास लिइएको स्थानीयवासी बताउँछन्। वासुदेव पौडेल/रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस