काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन
२२ वैशाख २०८०
•
१ मिनेट पाठ
काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन्।




मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका हुन।उनले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।

बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ।निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ।निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ।

हुलाकी राजमार्गको सो खण्डको निर्माण रोकिएको विषयमा विगतदेखि नै जनप्रतिनिधिले चासो देखाउँदै आएका छन्।अहिले निर्माण कम्पनीले काम ठप्प गरेपछि सङ्घीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले आज पत्रकार सम्मेलन गरेका थिए।

हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको इटहरी योजनाको कार्यक्षेत्रमा झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला छन्।जम्मा ४४ किमी खण्डमा पाँच ठेक्का लगाइएकोमध्ये हालसम्म २० किमी सडकमा कालोपत्र भइसकेको छ।
अर्को समाचार
२०८० लाई फर्केर हेर्दा: विकास सुस्ताएको वर्ष, बजेटमा कैँची
३० चैत्र २०८०
•
३ मिनेट पाठ
२०८० लाई फर्केर हेर्दा: विकास सुस्ताएको वर्ष, बजेटमा कैँची
पूर्वाधार तथा निर्माण क्षेत्र २०८० सालभर त्यति सुखद रहेन। कतै स्थानीयको अवरोधका कारण आयोजना रोकिन पुग्यो भने कतिपय निर्माण आयोजनाहरू बजेटको अभावले अपेक्षित रूपमा निर्माण अघि बढ्न सकेन। मुलुक आर्थिक मन्दीको चपेटाबाट गुज्रिरहँदा सरकारले विकास तथा निर्माणक्षेत्रमा न्यून बजेट सिलिङ तोक्यो। अर्थात्, विकास खर्चमा सरकारले कैँची चलाउँदा वर्षभर आयोजनाले बजेटको अभाव झेल्नुपर्‍यो।




ठुला रणनीतिक र राष्ट्रिय गौरवका आयोजनाले विगतका वर्षको तुलनामा यसवर्ष निकै कम बजेट पाए। विनियोजित बजेट खर्च भइसके पछि कतिपय आयोजना निर्माणको गति सुस्त रह्यो भने कतिपय आयोजना निर्माणको अन्तिम चरणमा पुगे।

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग, हेटौडा–नारायणगढ सडक, सुर्यविनायक–धुलिखेललगायतका सडक आयोजनाले न्यून बजेटमै निर्माणको कामलाई अघि बढाए। हुलाकी राजमार्गमा चालू आर्थिक वर्ष २०८०/०८१ मा जम्मा ५७ करोड बजेट विनियोजन भएको थियो। हाल आयोजनामा बजेट सकिएसँगै थप ६ अर्ब बजेटका लागि अर्थ मन्त्रालयमा माग गरिएको छ।

यी बाहेक अन्य कतिपय आयोजनाहरू बजेट अभावसँगै जग्गा प्राप्ति, रुख कटान, पूर्व तयारी नहुनु, ठेकेदार कम्पनीको लापरबाहीलगायतका कारण निर्माणकार्य धीमा तथा अवरुद्ध हुन पुगे २०८० सालमा नागढुंगा सुरुङ मार्ग निर्माणले भने राम्रो गति लिएको छ। मुख्य सुरुङ मार्गका आगामी वैशाख ३ गते औपचारिक ‘ब्रेक थ्रु’ गर्ने तयारी छ। तर, यातायात सञ्चालन हुन भने अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।

सडक आयोजना मात्र होइन, २०८० सालमा विभिन्न सडक आयोजनामा निर्माण हुने पुलहरूमा पर्याप्त बजेट नहुँदा काम हुन नसकेको सडक विभाग स्विकार्छ। सडक विभागका महानिर्देशक शुशिलबाबु ढकाल ठेकेदारलाई भुक्तानी दिन नसक्दा र थप बजेट नआउँदा सडक आयोजना र पुल निर्माणले गति लिन नसकेको बताउँछन्। उनका अनुसार, औसतमा एक पुलको लागत ५ करोडदेखि १ अर्बसम्म हुने गरेको छ । तर पुल बनाउन भन्दै सरकारले २०–३० लाख रुपैयाँ मात्र बजेट दिँदा निर्माणले अपेक्षित गति लिन सकेको छैन।

विवाद र अवरोधको शृङ्खला  

२०८० सालमा कतिपय आयोजनामा विवाद र अवरोधको शृङ्खला नै चल्यो । वैदेशिक लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजना निर्माण झन्डै २ महिना अवरुद्ध हुन पुग्यो। करिब २४ किलोमिटर सडक खण्ड निर्माणमा त्यहाँका स्थानीयले मुआब्जाको माग गर्दै आयोजनामा निरन्तर अवरोध पुर्‍याए।

त्यस्तै अवरोध नागढुंगा सुरुङ मार्ग आयोजनाले भोग्नुपर्‍यो। सुरुङ मार्ग आयोजनाअन्तर्गत काठमाडौँ र धादिङतर्फका स्थानीयले आफ्ना माग पूरा नभएको भन्दै झन्डै एक महिना आयोजना अघि बढ्न दिएनन्। पछि, माग सम्बोधन गर्ने आयोजनाका तर्फबाट आश्वासन पाएपछि निर्माण पुनः अघि बढेको छ। चिनियाँ ठेकेदारले निर्माण गरिरहेको नारायणगढ–बुटवल सडक, मुग्लिङ–पोखरा सडक विस्तारको काम पनि वर्षभर धीमा गतिमा अघि बढ्यो।  

सरकारले सुनेन निर्माण व्यवसायीका माग  

२०८० सालमा निर्माण व्यवसायप्रति सरकार अनुदार बन्यो। निर्माण सकिएका विकास आयोजनाको झन्डै ६० अर्ब रुपैयाँ भुक्तानी सरकारले नदिएपछि यस वर्ष निर्माण व्यवसायी सडक आन्दोलनमा होमिनुपर्‍यो।

२०८० साउन  १४ देखि भुक्तानी माग गर्दै सडकमा निस्केका निर्माण व्यवसायीले झन्डै एक महिना आन्दोलन गरे। तर, सरकारले निर्माण व्यवसायीको माग सुनुवाइ नै गरेन।

अहिलेसम्म पनि निर्माण व्यवसायीको बाँकी भुक्तानी सरकारले गर्न सकेको छैन। आर्थिक मन्दी र तरलता अभावको बहाना बनाउँदै सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन सक्यो, न त विकास आयोजनामा पर्याप्त बजेट नै छुट्टाउन सक्यो। फलस्वरुप, वर्षभर समग्र विकास तथा निर्माणको क्षेत्र सुस्त रह्यो।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस