उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनःअध्यक्षमा ढकाल, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ
०१ वैशाख २०८०
•
५ मिनेट पाठ
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनःअध्यक्षमा ढकाल, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार ढकाल अध्यक्ष भएका हुन्। वरिष्ठ उपाध्यक्ष ढकाललाई अध्यक्ष शेखर गोल्छाले अध्यक्ष पदमा बिहीवार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। अब गोल्छा निवर्तमान अध्यक्ष बनेका छन् भने ढकाल अध्यक्ष भएका छन्।




दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन्। व्यावसायिक क्षेत्रमा चार दशक बिताएका ढकालले उद्यम व्यवसाय तथा लगानी गर्दा तीनवटा सिद्धान्तलाई सधैं प्राथमिकतामा राखेर काम गर्दै आएका छन्।

बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मेका ढकालले वि.सं. २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका थिए। नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेरका अध्यक्ष ढकालले छोटो समयमा ठूलो व्यावसायिक सफलता प्राप्त गरेका छन्। आइएमई ग्रुपसँग आवद्ध दुई दर्जनभन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरू स्थापित छन्। ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरूमा ढकाल नेतृत्वको आइएमई ग्रुपको प्रमुख हिस्सा छ।

ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजार जनाभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएका छन्। ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ। यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरू बजारमा प्रतिस्पर्धी र गतिशील छन्।  

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी बिस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तव्य निर्माणमा सक्रिय छन्। अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ। औपचारिक माध्यममार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रूपमा ढकाल, नेपाल सरकारले पटक पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सिआइपी’ बाट सम्मानित भएका छन्। यस्तै रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रूपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो। अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिणबाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित व्यक्तित्व हुन्। महासंघको नव–निर्वाचित अध्यक्षको रूपमा ढकालले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजीक्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक–निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी–विदेशी लगानी प्रवद्र्धन सँगसगै निजीक्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य लिएको ढकालले बताए।

महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले महत्वका साथ हेरिएको थियो। वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणको निर्वाचनमा अन्जनले ३७.९९ प्रतिशत मत, उमेशले ३१.७१ प्रतिशत र रामचन्द्रले ३०.४६ प्रतिशत मत पाएका थिए। कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा प्रवेश गरेको थियो। पहिलो चरणबाट रामचन्द्र बाहिरिएपछि उमेशले अन्जनलाई सहयोग गरेपछि अन्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। महासंघका पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्षलगायतको पहलमा उमेशलाल अन्जनलाई छाड्न तयार भएका हुन्। तीन वर्षे कार्यकालमा आधा–आधा समय बाँडेर पदीय जिम्मेवारी लिने र नमिलेमा उमेशलाललाई विशिष्ट सदस्यमा ल्याउने गरी सहमति भएको बताइएको छ।

सदस्यमा विजयी  

निर्वाचनबाट जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, एसोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। जिल्ला उद्योग वाणिज्य संघको तर्फबाट १८ जना सदस्य पदका लागि ३२ जनाले प्रतिस्पर्धा गरेका थिए। विजयी सदस्यको नाम वर्णानुक्रम अनुसार राखिएको छ।

महासंघको केन्द्रीय सदस्यमा चितवनका अनिल कृष्ण श्रेष्ठ, नेपालगन्जका अब्बुल बाहिद मन्सुरी, सिन्धुलीका अमरेशचन्द्र बैदार, बुटवलका उज्जलप्रसाद कसजु, झापाका उमेश डालमिया, दार्चुलाकी कल्पना गैर निर्वाचित भएका छन्। त्यसैगरी रोल्पाका किशोरकुमार आचार्य, नवलपरासी केशवप्रसाद भण्डारी, मकवानपुरका कृष्ण कटुवाल, दमक झापाका गोकुल श्रेष्ठ, नुवाकोटका ताराबहादुर कार्की, पाँचथरका दीपक नेपाल, मोरङका नवीन रिजाल, सुर्खेतका निरक केसी, कैलालीका पुष्पराज कुँवर, उदयपुरका प्रयास कार्की, सिन्धुपलाञ्चोकका वेदबहादुर श्रेष्ठ, धुलिखेलका मञ्जुकुमार श्रेष्ठ, पाल्पाका मोहनप्रसाद श्रेष्ठ महासंघको केन्द्रीय सदस्यमा विजयी भएका छन्।

त्यसैगरी महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यमा अरनिको राजभण्डारी, कमला श्रेष्ठ, सुबोधकुमार गुप्ता, नरेशलाल श्रेष्ठ, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, मनोज अधिकारी, रविन पुरी, रामकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, शिवप्रसाद घिमिरे, शोभा ज्ञवाली, हरिबहादुर कार्की विजयी भएका छन्। त्यसैगरी महासंघको एसोसिएटतर्फको केन्द्रीय सदस्यमा अम्बिकाप्रसाद पौडेल, अविनास बोहोरा, आनन्दकुमार अग्रवाल, उज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, गोपाल खनाल, जुना माथेमा, डा.रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, बाबुकाजी कार्की, मनोज पौडेल, राजेशकुमार अग्रवाल, शक्तिकुमार बेगानी, सुशिल थापा, शैलेन्द्र गुरागाईं, संदिपकुमार अग्रवाल, सुनिल नारायण श्रेष्ठ, हेमन्त गोल्छा निर्वाचित भएका हुन्।
अर्को समाचार
अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँः अध्यक्ष ढकाल
२८ चैत्र २०८०
•
२ मिनेट पाठ
अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन्।  




महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताए।  

पहिला देशको अर्थतन्त्रमा अझै समस्या छ भन्ने स्वीकार गरेपछि मात्र यसको समाधानको खोजी सहज हुने उनको भनाइ थियो। 

उनले भने,‘अहिले आम्दानी र खर्चबीच तालमेल मिलेको छैन्। मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर राज्यका तर्फबाट त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन। यो क्षेत्रले अहिले सरकारबाट प्रोत्साहन चाहेको छ। अहिलेको अवस्थामा निजी क्षेत्रलाई काम गर्ने वातावरण र अर्थतन्त्र सुधारका लागि राज्यका प्रभावकारी नीति आवश्यक छ।’

केही समयअघि नेपाल पनि श्रीलङ्काको जस्तो अर्थतन्त्रमा पुग्छ भन्ने त्रासले निकै नै नियन्त्रणमुखी कार्यक्रमहरु नेपाल सरकार तथा केन्द्रीय बैंकले अवलम्बन गरेका कारण अर्थतन्त्र यसरी सङ्कुचन हुन पुगेको र अर्थतन्त्र सुधारका लागि दिगो कार्यक्रम अवलम्बन गर्न नसकिएको उनको भनाइ थियो।  

करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदानका लागि मुलुकका सबै निजीक्षेत्रका तर्फबाट साझा सुझाव दिएको र ती सुझावहरु राज्यका सम्बद्ध निकायले लागू नगर्दा समस्या झन् बल्झिँदै गएको उनले बताए।

‘अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र सुधारका लागि राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्‍यो। कानुनी अड्चन हुन गएका अवस्थामा त्यसलाई सहजीकरण गरिदिनुपर्यो र वातावरणीय रुपमा दिगो कार्यक्रमहरु अवलम्बन गर्नुपर्यो’,अध्यक्ष ढकालले भने।  

उनले वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झण्डै दोब्बर भएको अहिलेको अवस्थामा आन्तरिक स्रोत बढाउन सक्नुपर्ने र यसो गर्न नसकिएमा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको औँल्याए।  

निजी क्षेत्रले निर्वाध रुपमा लगानी गरेर काम गर्न पाएको अवस्थामा मात्र पछिल्लो दुई वर्षमा देखिँदै गएको न्यून आर्थिक वृद्धिको समस्या हल हुने उहाँको निष्कर्ष थियो।-रासस
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस