आधुनिक प्रविधिले घटायो गहुँ खेतीको लागत
२२ चैत्र २०७९
•
३ मिनेट पाठ
आधुनिक प्रविधिले घटायो गहुँ खेतीको लागत
कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँ खेती गर्छन्। उक्त जमिनमा गहुँ खेती गर्दा  ११ हजार रुपैयाँ लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ।




गहुँ खेतीमा जिरो टिलेज प्रविधि प्रयोग गरिएकाले यसपालि रु पाँच हजार मात्र खर्च हुनाका साथै मेहनत कम र काम पनि छिटो सकिएको उनले बताए। ‘सामान्यतया गहुँ खेती गर्दा तीन पटक जोत्नुपर्छ’, कृषक चौधरीले भने, ‘तर अहिले जिरो टिलेज प्रविधिमा मेहनत कम र समय पनि बचत भएको छ।’

गहुँका बाला पनि राम्रो भएकाले विगतको भन्दा राम्रो उत्पादन हुने अनुमान गर्दै उहाँले आधुनिक प्रविधि आए पनि एक जनाले मात्र सञ्चालन गर्न सम्भव नभएको बताए। ‘प्रविधि राम्रो छ तर एक जनाले मात्र काम गर्नु सम्भव देखिँदैन,’ कृषक चौधरीले भने, ‘त्यसका लागि समूहगतरुपमा  काम गर्नु आवश्यक देखिन्छ। ट्र्याक्टरसँगै सिडड्रिल आवश्यक पर्ने हुँदा साना किसानहरूको एकल लगानी भने असम्भव हुन्छ।’ 
जिरो टिलेज प्रविधिबाट लगाएको गहुँ देखेर अन्य किसान पनि उत्साहित भएको कैलारी गाउँपालिका–८ का अर्का किसान सानुराम चौधरीले बताए। जिरो टिलेज ९बिना खनजोत० बाट गरिएको गहुँ खेतीले आफूहरूलाई धेरै सहज भएको उनको भनाइ थियो। ‘पहिलो पटक बारीमा खनजोत नगरेर नै गहुँ लगाइएको छ”, सानुरामले भने, ‘गहुँको बोट हेर्दा फसल राम्रो हुने देखिन्छ।’

‘बाइस कट्ठा जमिनमा पहिलो पटक टिलेज प्रविधिबाट गहुँ खेती गरिएको छ’, उनले भने, ‘सामान्य तरिकाले गरिने गहुँ खेतीभन्दा यस प्रविधिबाट गरिने खेतीमा आधाभन्दा पनि कम लागत लागेको छ।’ उपकरण महँगो भएको हुँदा एकल लगानी असम्भव भएको उनले बताए। ट्र्याक्टर र सिडड्रिल गरी रु २० लाखभन्दा बढी लाग्ने हुँदा समूहगतरुपमा काम गर्नुपर्नेमा सानुरामले पनि जोड दिए।
थोरै श्रम शक्तिमा धेरै आम्दानी गर्न सकिने भएकाले खेतीपातीमा कृषि यान्त्रीकरणको प्रयोग गर्नुपर्नेमा अर्का किसान अजित चौधरीले बताए। ‘थोरै श्रम शक्तिमा धेरै आम्दानी त छँदैछ किसानलाई झन्झट पनि कम हुन्छ’, उनले भने, ‘दस दिन लगाएर गरिने गहुँ खेती एक घण्टामै सकिन्छ। ८० प्रतिशत श्रम शक्ति पनि बचत हुन्छ।’ 

खेतबारी जोत्न सजिलो मात्र नभई छिटो पनि हुने भएकाले कृषि क्षेत्रमा उपकरणको प्रयोगमा यहाँका किसान आकर्षित भएका हुन्। 

जिल्लाको सबैभन्दा बढी गहुँ खेती हुने क्षेत्र कैलारी गाउँपालिकामा प्रदर्शनीका रूपमा झन्डै तीन बिघा क्षेत्रफलमा जिरो टिलेज प्रविधिबाट खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका शाखा प्रमुख गोविन्दराज जोशीले बताए। परम्परागत छरुवा विधिको तुलनामा लागत खर्च निकै कम आउने, सिँचाइ गर्दा पानी कम लाग्ने र उत्पादन राम्रो हुने उनको भनाइ थियो। रासस 
‘यस प्रविधिबाट सिडड्रिल मेसिनको सहायताले गहुँ र मल एकैनासले लाइनमा पर्ने गरी छर्नुपर्छ। उम्रेका गहुँका बोटले राम्ररी मल पाउने भएकाले एउटै बिरुवामा गाँज राम्रो आउँछ’, शाखा प्रमुख जोशीले  भने।

छरुवा प्रविधिमा गरिएको खेतीमा बढी पानी भए बोट पहेँलो भई मर्ने र कम उत्पादन दिने समस्या हुन्छ तर यस प्रविधिबाट त्यो समस्या नहुने उनले बताए। हिउँदमा बढी चिस्यान हुँदा बाँझो रहने खेतको सदुपयोग गर्दै यस प्रविधिबाट गहुँ खेती गरी बढी प्रतिफल हासिल गर्न सकिने र झारपात तथा रोग कीराको प्रकोपसमेत बढी नहुने शाखा प्रमुख जोशीको भनाइ थियो । 
कार्यालयले जिरो टिलेज प्रविधिमा गहुँ खेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ र मल सहयोग उपलब्ध गराएको छ। रासस
अर्को समाचार
कच्ची घरमा बसेर महल ठ्डयाउँछन् ‘रुवि’
१९ वैशाख २०८१
•
३ मिनेट पाठ
कच्ची घरमा बसेर महल ठ्डयाउँछन् ‘रुवि’
कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ। आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गर्न सकेनन्।




घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी सुरु गरेका उनले दशकपछि मिस्त्री काम गरेर घर बनाउन सिप सिके तर आफ्नो कच्ची घर अझै पक्कीमा परिणत गर्न सकेका छैनन्। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँरदा रुवि दिवसको प्रवाह नगरी महेन्द्रनगरस्थित एयरपोर्ट रोडमा घर बनाउने काममा खटिएका छन्।

एक दशकदेखि घर बनाउने काममा लागेका उनले धनगढी र महेन्द्रनगरमा गरेर ३५ देखि ४० ठूला र साना गरी पक्की घर बनाएको सुनाए। ‘ज्याला मजदुरीका क्रममा अरूका पाँचतले महलसम्म बनाए तर समयसापेक्ष हाम्रो ज्याला दर बढ्न सकेन’, उनले भने, ‘मजदुरीको पैसा जम्मा गरेर सानो भए पनि पक्की घर बनाउँला, परिवार राखौँला सोचेको अझै पूरा हुने छाँट छैन।’

रुविसँगै उनका भाइ पनि कैलालीमा घर बनाउने काममै सक्रिय छन्। दुईजनाको कमाईले घर खर्च मुस्किलले टर्ने गरेको उनको भनाइ छ। ‘मिस्त्रीको दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म ज्याला छ’, उनले भने, ‘लेबरीमा खटिनेको त झन् पाँच सय ७५ मात्रै छ।’ बुबा/आमाको जेठो छोरा रुविले घर बनाउने मिस्त्री काममा लागेपछि मन लगाएर खटिरहेको बताए।

‘ज्याला मजदुरी गर्न विदेश जान पनि त पैसा लाग्छ’, उनले भने, ‘तीन महिनाको तालिम गरेर मिस्त्री काम थालेको वर्षौं भइसक्यो।’ कञ्चनपुरको महेन्द्रनगरमा एक वर्षअघि मात्रै मिस्त्री कामका लागि आएका उनले कामको भने अभाव नरहेको बताए। ‘यहाँ बास बस्ने डेरा पनि लिएको छैनौँ’, उनले भने, ‘जहाँ घर बनाउन सुरु गर्‍यौँ, त्यही त्रिपाल टाँगेर रात काट्छौँ।’

त्यसैगरी, कैलारी–७ भुइँयाफाँटाका २२ वर्षीय दीपक चौधरी पनि महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गरिरहेको अवस्थामा आज भेटिए। ‘मजदुर दिवस भनेको के हो थाहा नै छैन्‘, उनले भने, ‘दिवस मनाएर बसे बेलुकी के खाने ? ’ उनले दिवस मनाउनुभन्दा पनि मजदुरहरुको हकहित र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए।

‘यत्रो महँगीको जमानामा पाँच सय दिनको ज्यालाले के हुन्छ र ?,’  एसइईसम्मको अध्ययन गरेका दीपकले भने, ‘पुस्तौँदेखि कच्ची घरमा बसेका हामी मजदुर कमाएर कहिले पक्की घरमा बस्ने टुङ्गो नै छैन।’ उनले समयक्रम अनुसार मजदुरहरुको ज्याला पनि वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए।

‘पाँच सय ज्यालाले खर्च त चल्दैन् तर पनि बाध्यताले जेनतेन चलाउनु त परिहाल्यो’, उनले भने, ‘मुलुकको समृद्धिमा मजदुरको भूमिका महत्वपूर्ण भए पनि हामीहरुको अवस्थामा सुधार आउन सकेन।’

त्यसैगरी घर बनाउने कामको ठेक्का लिने ठेकेदारको सम्पर्कमा रहेर महेन्द्रनगरमा विगतदेखि मिस्त्री काम गर्दै आएका कैलारीकै शिवकुमार चौधरीको पनि छाक टार्न नै चर्को काम नभनी काममा सक्रिय छन्।

‘घरमा भएको १० कट्ठा जमिनले खानसम्म पुग्छ’, उनले भने, ’त्यो बाहेकको सबै खर्च मजदुरीबाटै चलाएको छु।’ धनगढी हुँदै कामको शिलशिलामा महेन्द्रनगर पुगेका उनले पनि यहाँ दर्जनौँ घर निर्माण गरिसकेका छन्। ‘हामी त अरूका पक्की घर बनाउँदै जिन्दगीको महत्वपूर्ण समय बिताउने भयौँ’, उनले भने, ‘कमाएर परिवारसहित पक्की घरमा कहिले बस्न पाइने हो, त्यो सपना जस्तै छ।’

मजदुरीबाट घर बनाउने काममा लागेका शिवकुमारले पनि दातृ निकायबाट तीनमहिने तालिम लिएर मिस्त्री काममा लागेको बताए। त्यसैगरी, बर्दिया राजापुरका रामबहादुर चौधरीले महेन्द्रनगरमा काम गर्न थालेको नौ वर्ष भयो। सुरुआतमा घर बनाउने काममा मजदुरीबाट सुरु गरेका चौधरीले मिस्त्री, सटरिङको काम हुँदै अहिले घर बनाउने ठेक्का लिन थालेका छन्।

‘मजदुरीबाट सुरु गरेको अहिले अघि बढ्दै जाँदा १२ जना काम गर्ने मसितै छन्’, उनले भने, ‘मिस्त्री काम गर्दा बिहान साँझ अटो चलाउने र दिउँसो घर बनाउने काम पनि गरेँ।’ उनले हाल सो कामबाट मासिक ४० देखि ४५ हजार कमाउने गरेको बताए।

‘यही कमाईबाट भीमदत्त नगरपालिका–२ महुलियामा १५ धुर जग्गा किनेर घर पनि बनाएँ’, उनले भने, ‘गाउँ बर्दिया राजापुरमा भने अझै कच्ची घरमै छौँ।’ उनले मिस्त्री हुँदादेखि घर बनाउने ठेक्का लिने अवस्थासम्म आइपुग्दा यहाँ ४०/५० को हाराहारीमा पक्की घर बनाएको बताए। 
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस