उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षहरुका प्रतिवद्धता
२१ चैत्र २०७९
•
३ मिनेट पाठ
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षहरुका प्रतिवद्धता
नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ।




निर्वाचन नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिसकेका छन् । निर्वाचन जित्नको लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार टिम बनाएर उम्मेद्वार तानातानमा ब्यस्त छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष पदको लागि मुख्य तीन जना प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन् । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन् ।  

त्यस्तै,वरिष्ठ उपाध्यक्ष बाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदैछ । तर भरत आचार्य भने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको सर्वसम्मत एसोसिएट उपाध्यक्षको उम्मेद्वार बनेका छन् । मंगलवार आचार्य र पाण्डेबीच सहमति भएपछि अब यी दुई प्यानलबीच एशोसिएट उपाध्यक्षमा भने आचार्यको मात्रै उम्मेदवारी रहनेछ ।  अब एसोशिएट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ टिमका भरत आचार्य र रामचन्द्र संघाई टिमकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा हुनेछ । ज्योत्स्ना दुई दिनअघि अञ्जनको टीमलाई छोडेर वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघाईको टीममा पुगेकी थिइन् । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वारहरुले अर्थतन्त्रमा देखिएको संकटका कारण समस्यामा रहेका व्यवसायीहरुको समस्या समाधान गर्न कस्तो पहल गर्ने प्रविद्धतता जनाए भन्नेकुरा सबै व्यवसायीहरुको चासोको विषय छ । व्यवसायीहरुको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्ने जस्ता प्रतिवद्धता उनीहरुको छ । आईतवार रामचन्द्र संघाईले समृद्धिको आधार राजनीतिक स्थायीत्व,लगानीमैत्री वातावरण र पूर्वाधार मुल नारासहित वरिष्ठ उपाध्यक्षका उम्मेद्वारी घोषणा गरे । उनले उद्योगी व्यवसायीहरुका समस्याको समाधान गरी व्यवसायीहरुको हकहीतमा निरन्तर लाग्ने अठोटसहित उम्मेद्वारी दिएको बताए । उनले महासंघको संगठनात्मक सुधार र समन्वय गर्ने प्रतिवद्धता जनाए । उनले महासंघलाई थप प्रविधिमैत्री बनाउने,उद्योगी व्यवसायीहरको गुनासो समस्या बुझ्ने हेल्प डेस्क र हट लाइन व्यवस्थित बनाउने,प्रदेश च्याप्टरहरुको भुमिका थप बढाउने,केन्द्र,प्रदेश,जिल्ला नगर समन्वय बढाउने,देशभर महासंघको आफ्नै भवन बनाउने प्रतिवद्धता जनाए । उनले कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल गर्ने प्रतिवद्धता जनाए । उनले सुस्ताएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएर आर्थिक विकास र अर्थतन्त्र सुधार गर्ने पनि बताए ।  

त्यस्तैै, सोमवार वरिष्ठ उपाध्यक्षको उम्मेदवार उमेशलाल श्रेष्ठले सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र मुल नारासहित उम्मेद्वारी घोषणा गरे । उनले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हीतमा  काम गर्ने प्रतिवद्धता जनाए । उनले आर्थिक काँचुली फेर्नका लागि निःस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाए । उनले उद्योग वाणिज्य महासंघमा  फोटो खिच्न नभएर उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि आफू वरिष्ठ उपाध्यक्षमा उठेको  स्पष्ट पारे । उम्मेद्वार श्रेष्ठले बिना शर्त व्यवसायीका समस्या समाधान गर्न लागिपर्ने बताए । महासंघबाट सरकारलाई पत्र बुझाउँदा पत्र वाचन गर्ने अध्यक्ष मात्रै नबन्ने प्रतिवद्धता जनाए । उनले महासंघको वरिष्ठ उपाध्यक्ष जिताएर पठाए कसैको कठपुतली नहुने तर उद्योगी व्यवसायीहरुको कठपुतली बन्न तयार रहेको उल्लेख गरे । उनले उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन महासंघ सुदृढ र संगठित महासंघ पाउन नसकेको भन्दै अब आफूले बनाउने प्रतिवद्धता जनाए

अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार अञ्जन श्रेष्ठले भने औपचारिक कार्यक्रम गरेर व्यवसायीहरु माझ प्रतिवद्धता सार्वजनिक गरेका छैन । तर श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेद्वारी भने दर्ता गरिसकेका छन।  
अर्को समाचार
निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बजेट
१६ जेष्ठ २०८०
•
३ मिनेट पाठ
निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बजेट
चन्द्रप्रसाद ढकाल,अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ/विष्णु अग्रवाल अध्यक्ष, नेपाल उद्योग परिसंघ
सरकारले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट लगानीको वातावरण बनाउँदै निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको हो।




बजेटले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरेको छ। नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने, एक सय रूपैयाँमा कम्पनी खोल्न सकिने व्यवस्थाले स्टार्टअपलाई आकर्षित गर्छ। विद्युत् व्यापार गर्न दिइने सुविधाले निजी क्षेत्रको विद्युत् उत्पादन व्यापार विस्तारमा लगानी विस्तार हुन्छ।

–चन्द्रप्रसाद ढकाल

अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले बजेटले निजी क्षेत्रले अघि सारेका माग सम्बोधन गरेको बताए। बजेटले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

सबै नीतिगत र कागजी प्रक्रिया पूरा गरेका आयोजनालाई मात्र बजेट विनियोजन गर्ने व्यवस्था ठीक भएको उनले बताए। नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने, एक सय रूपैयाँ पुँजीमा कम्पनी खोल्न सकिने व्यवस्थाले स्टार्टअपलाई आकर्षित गर्ने ढकालले बताए।

‘निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिइने सुविधाले निजीक्षेत्रको विद्युत् उत्पादन व्यापार विस्तारमा लगानी विस्तार हुन्छ,’ उनले भने, ‘सिमेन्टको खपत बढाउन सडक निर्माण गर्दा ढलान गर्ने व्यवस्थाले स्वदेशी उत्पादन र खपतलाई बढाउँछ।’

बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने प्रयास गरेको छ। औद्योगीकरण, विदेशी लगानी आकर्षित गर्ने नीति, अनधिकृत व्यापार नियन्त्रण, कृषि क्षेत्रमा लगानी गर्न बजेटले प्रोत्साहन गरेको छ। औद्योगिक क्षेत्रलाई पिपिपी मोडलमा अघि बढाउने तथा औद्योगिक क्षेत्रलाई प्रोत्साहित गरेको छ।

–विष्णु अग्रवाल

अध्यक्ष, नेपाल उद्योग परिसंघ
वनक्षेत्र र रुख कटानी प्रक्रिया सहज बनाउन, रित पुगेका निवदेनउपर ३० दिनभित्र निर्णय गर्ने कार्य पनि स्वागतयोग्य भएको ढकालले बताए। ‘उद्योगको जग्गा प्राप्ति तथा लिज प्रक्रिया सहज बनाइने उल्लेख छ,’ ढकालले भने, ‘यसले पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी  आकर्षित हुन्छ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजेटले निजीक्षेत्रलाई प्रोत्साहन गर्ने प्रयास गरेको बताए। औद्योगिकरण, विदेशी लगानी आकर्षित गर्ने नीति, अनधिकृत व्यापार नियन्त्रण, कृषि क्षेत्रमा लगानी गर्न लागेको अग्रवालले बताए। ‘औद्योगिक क्षेत्रलाई पिपिपी मोडलमा अघि बढाउने भनिएको छ,’ अध्यक्ष अग्रवालले भने, ‘बजेटले औद्योगिक क्षेत्रलाई प्रोत्साहित गरेको छ।’ उद्योग सञ्चालन गर्न वन तथा वातावरणका कानुनी प्रावधानमा लचकता अपनाएको उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजेटले निजीक्षेत्रलाई प्रोत्साहन गर्ने प्रयास गरेको बताए।
‘स्वदेशी उद्योगलाई संरक्षण गर्न खोजिएको छ,’ अध्यक्ष अग्रवालले भने। १ सय रूपैयाँमा कम्पनी दर्ता गर्न सकिने, अनलाइनबाट कम्पनी दर्ता र खारेज गर्न सकिने व्यवस्था स्वागतयोग्य भएको उनले बताए । बजेटमार्फत अवैध व्यापार नियन्त्रण गर्ने प्रयास गरिएको छ।’
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस