राजस्व संकलन लक्ष्यभन्दा ८० अर्ब कम
३० फागुन २०७९
•
३ मिनेट पाठ
राजस्व संकलन लक्ष्यभन्दा ८० अर्ब कम
सरकारले चालु आर्थिक वर्षको ६ महिनामा उठाउनुपर्ने राजस्वको लक्ष्य आठ महिनामा पनि संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्षको आठ महिना सकिँदासम्म राजस्वको लक्ष्य र संकलनबीच ठूलो खाडल देखिएको हो।




सरकारले चालु आर्थिक वर्षको ६ महिनाभित्र अर्थात् पुस मसान्तभित्र ६ खर्ब ५१ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। चालु आवको आठ महिना सकिन १ दिन मात्रै बाँकी रहँदा ५ खर्ब ७१ अर्ब रूपैयाँ मात्रै राजस्व संकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा लक्ष्यको ४०.७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार हालसम्म सरकारले चालु आवको लक्ष्यको ४०.७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। सरकारले चालु आवका ६ महिनामा उठाउनुपर्ने राजस्वको लक्ष्यभन्दा ८० अर्ब कम राजस्व संकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षमा कर राजस्व शीर्षकमा १२ खर्ब ९५ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य छ।  

यो अवधिमा सरकारले कर राजस्व शीर्षकमा भने ५ खर्ब १६ अर्ब अर्थात् ३९.८४ प्रतिशत राजस्व संकलन गरेको छ। सरकारले गैरकरतर्फ चालु आवमा एक खर्ब ७ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ तर हालसम्म लक्ष्यको ५१.०१ प्रतिशत अर्थात् ५४ अर्ब ९७ करोड रूपैयाँ मात्रै संकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षमा अनुदान शीर्षकमा ५५ अर्ब ४५ करोड रूपैयाँ प्राप्त हुने लक्ष्य राखेको छ। हालसम्म यो शीर्षकमा लक्ष्यको ८.६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड रूपैयाँ मात्रै अनुदान आएको छ। सरकारले चालु आवको ६ महिनासम्मको अवधिमा भने चार खर्ब ८३ अर्ब रूपैयाँ राजस्व संकलन गरेको थियो।

पुँजीगत खर्च झण्डै २२ प्रतिशत सरकारले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा पूर्वाधार लक्षित पुँजीगत खर्च गर्न पनि चुकेको छ। चालु आवको ८ महिनाको अवधिमा पुँजीगत खर्च २१.८६ प्रतिशत अर्थात् ८३ अर्ब ३१ करोड रूपैयाँ मात्रै खर्च भएको छ। सरकारले चालु आर्थिक वर्षको लागि तीन खर्ब ८० अर्ब पुँजीगत बजेट विनियोजन गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा चालु, पुँजीगत र वित्तीय व्यवस्थापनतर्फ गरेर १७ खर्ब ९३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो। चालु आवको ८ महिनाको अवधिमा ७ खर्ब ७२ अर्ब अर्थात् ४३.०९ प्रतिशत खर्च भएको छ। यो कुल लक्ष्यको ४३.०९ प्रतिशत मात्रै हो। सरकारले नियमित (चालु खर्च) खर्चतर्फको शीर्षकमा यो अवधिसम्म ६ खर्ब ११ अर्ब खर्च गरेको छ। त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ८५ अर्ब १५ करोड रूपैयाँ खर्च भएको छ। पुँजीगत बजेट खर्च नहुनु भनेको विकास निर्माणका कामको गति कम हुनु हो। सरकारी निकायहरूले बहुवर्षे आयोजनामा पर्याप्त मात्रामा बजेट खर्च गर्न सकेको छैनन्। राष्ट्रिय गौरवमा सूचीकृत आयोजनाको अवस्था पनि उस्तै छ। विकासे अड्डाको रूपमा चिनिने सडक विभागले पनि चालु आर्थिक वर्षमा पर्याप्त मात्रामा पुँजीगत बजेट खर्च गर्न सकेको छैन्। सरकारले चालु आवको ६ महिना अवधिमा ४ खर्ब ५५ अर्ब १२ करोड रूपैयाँ खर्च गरेको थियो। सो अवधिमा ३८.४६ प्रतिशत खर्च भएको थियो। सरकारले सो अवधिमा पुँजीगत खर्चतर्फ भने ५३ अर्ब ४५ करोड अर्थात् १४.०५ प्रतिशत खर्च गरेको थियो।  

वित्तीय व्यवस्थातर्फ ६७ अर्ब ७६ करोड ५४ लाख अर्थात् २९.४४ प्रतिशत भएको थियो। सो अवधिमा वैदेशिक अनुदानतर्फ ७ अर्ब २१ करोड रूपैयाँ खर्च भएको छ। सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड खर्च हुने अनुमान गरेकोमा मध्यावधि समीक्षापछि बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड खर्च गर्ने गरी संशोधन गरेको छ। सुरुको विनियोजन रकमको ८६.४१ प्रतिशत हो।  
अर्को समाचार
लक्ष्यभन्दा पौने ३४ अर्ब कम उठ्यो राजस्व
२८ मंसिर २०८२
•
२ मिनेट पाठ
लक्ष्यभन्दा पौने ३४ अर्ब कम उठ्यो राजस्व
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिकमा लक्ष्यभन्दा पौने ३४ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ । विभागले प्रथम चौमासिकको साउनदेखि कात्तिक मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व संकलन गरेको हो ।




विभागले प्रथम चौमासिकमा एक खर्ब ९० अर्ब ४२ करोड ७३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा एक खर्ब ५५ अर्ब ६९ करोड १८ लाख ७९ हजार रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यभन्दा ३४ अर्ब ७३ करोड ५५ लाख रुपैयाँ कम हो । विभागले लक्ष्यको ८१.७६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।  

विभागले गत आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिकमा पनि लक्ष्यको कम राजस्व संकलन गरेको थियो । गत वर्ष एक खर्ब ७९ अर्ब ५८ करोड ६५ लाख ५२ हजार रुपैयाँ लक्ष्य रहेकोमा एक अर्ब ५० अर्ब ९७ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले प्रथम चौमासिकमा विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आइरहेकोमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । विभागले आयकरमा ६८ अर्ब २७ करोड ६१ लाख ५४ हजार रुपैयाँ लक्ष्य रहेकोमा ४८ अर्ब २५ करोड तीन लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जसको ७०.६७ प्रतिशत राजस्व संकलन हुन आउँछ ।

घरबहाल कर ८८ अर्ब ६० करोड ६४ लाख रुपैयाँ लक्ष्य रहेकोमा ६२ अर्ब २७ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसको ७०.२९ प्रतिशत राजस्व संकलन भएको छ ।  

यसैगरी ब्याजमा २४ अर्ब सात करोड २३ लाख ३४ हजार रुपैयाँ लक्ष्य रहेकोमा ११ अर्ब ९१ करोड ६६ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जसको ४९.५ प्रतिशत राजस्व संकलन भएको छ ।  

आन्तरिक उत्पादन शुल्कको लक्ष्य ४३ अर्ब ५५ करोड ३२ लाख ९४ हजार रुपैयाँ रहेकोमा ४२ अर्ब सात करोड ५० लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जसको ९६.६१ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व विभागको तथ्यांकमा उल्लेख छ ।  

यस्तै स्वास्थ्य सेवाको ३२ अर्ब २४ करोड ६१ लाख ५० हजार रुपैयाँ लक्ष्य रहेकोमा २० अर्ब ६८ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा ६३.७१ प्रतिशत राजस्व संकलन गरेको छ ।  

शिक्षामा १४ अर्ब ४३ करोड २१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा १०१.१९ प्रतिशत राजस्व संकलन भएको छ ।  

अन्यमा १७ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ४५ अर्ब ७८ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसको २६२३.६४ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस