३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया
२४ फागुन २०७९
•
४ मिनेट पाठ
३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया
नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ। तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ। नेपाली बगानमा उत्पादित चियाको स्वादले विश्व बजारका उपभोक्तालाई आकर्षित गरिरहेको छ।




यहाँ उत्पादित चिया गुणस्तरीय भएकैले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र अहिले ३७ बढी मुलुकमा निर्यात हुन थालेको छ। नेपालको चिया छिमेकी मुलुक भारत, चीनमा मात्र होइन सात समुद्रपारि अमेरिका, क्यानडासम्म निर्यात भइरहेको छ।

पछिल्लो पटक चीनमा आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली बगानको चियाको स्वाद र महक अब्बल ठहरिएको थियो। चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेपछि यसको प्रचारप्रसारले व्यापकता पाउँदा माग बढ्न थालेको छ। इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेको थियो। यस प्रतिस्पर्धामा गुणस्तरीय ठहरिएपछि विश्वका चिया पारखीको ध्यान नेपाली चियातर्फ थप आकर्षित भएको छ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै गएको चिया तथा कफी विकास बोर्डले जनाएको छ। ‘यहाँको चिया गुणस्तरीय भएकाले विश्व बजारमा प्रभाव बढ्दै गएको छ,’ चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भने, ‘यो हाम्रा लागि ठुलो अवसर हो।’ मुलुकले ठुलो व्यापार घाटा व्यहोरिरहेको अवस्थामा निर्यात बढेको छ। मुलुकको कुल निर्यात व्यापार घटिरहेको अवस्थामा चियाको निर्यात बढेको छ। ‘पोहोरको तुलनामा चियाको निर्यात ३६ प्रतिशतले बढेको  छ,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘चीनको प्रतिस्पर्धामा अब्बल ठहरिएपछि पछिल्लो समय माग अझै बढेको छ।’

चालु आव २०७९र८० मा नेपालबाट २ अर्ब ७१ करोड ५ लाख रूपैयाँको चिया निर्यात भएको छ। नगदे बाली चिया मूल्यका हिसाबले थोरै देखिएपछि विश्व बजारमा बढ्दो मागले नेपाली किसानका लागि ठुलो अवसर सिर्जना भएको छ। भन्सार विभागका अनुसार ७ महिनाकै अवधिमा नेपालबाट अस्टे«लिया, चेक रिपब्लिक, जापान, नेदरल्यान्ड, स्विटजरल्यान्ड, संयुक्त अरब इमिरेट्स, अस्ट्रिया, इस्टोनिया, फिनल्यान्ड, जर्मनी, हङकङ, हंगेरी, इटाली, कोरिया, लिथुनिया, पोर्चुगल, न्युजिल्यान्ड, रसिया र सिंगापुर निर्यात भएको छ।

त्यसैगरी, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्विडेन, ताइवान, युक्रेन, बेलायत, फ्रान्स, पाकिस्तान, रोमानिया, नाम्बिया, इस्तोनिया, फिनल्यान्डलगायत मुलुकमा पनि चिया निर्यात भएको छ। ती देशमा सात महिनाको अवधिमा १ करोड २५ लाख ६५ हजार ५ सय ५२ किलो ग्रिनटी र ब्ल्याक टी (फरमेन्टेड) निर्यात भएको छ।

चियाको बजार विस्तार गर्नका लागि विश्वका ठूला क्रेता (बायर) लाई आमन्त्रण गरेर नेपालमा अन्तर्राष्ट्रिय टी इभेन्ट गर्ने बोर्डको तयारी छ। ‘बजारलाई अझ विस्तार गर्ने योजनामा छौं,’ भट्टराईले भने। चियाको उत्पादन बढाउन सके बजारको कुनै समस्या नहुने बोर्डले जनाएको छ। नेपालबाट अर्थोडक्स र सिटिसी चिया निर्यात हुन्छ। अर्थोडक्स चिया किलोको २० हजार रूपैयाँसम्म बिक्री हुने गरेको भट्टराईले बताए। ‘तेस्रो मुलुकमा उच्च मूल्यमा बिक्री भइरहेको छ,’ उनले भने, ‘नेपाली चियाको बजार सुनिश्चित छ।’ बोर्डका अनुसार करिब ८ अर्बको चिया उत्पादन हुन्छ। ‘उत्पादनको ५० प्रतिशत चिया स्वदेशमै खपत हुन्छ,’ भट्टराईले भने, ‘यो वर्ष वार्षिक करिब ४ अर्बको चिया निर्यात हुने अनुमान गरेका छौं।’

नेपालमा करिब १७ हजार हेक्टरमा चिया रोपण भएको छ। वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ। चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन्। ६० हजारभन्दा बढी श्रमिकले चियाको मूल्य शृंखलामा काम गरेका छन्। चियाको उत्पादन बढाएर करिब १० अर्ब रूपैयाँ बढीको निर्यात गर्न सकिने सम्भावना रहेको बोर्डले जनाएको छ। ‘उत्पादन बढाएर निर्यात बढाउन सकिन्छ,’ उनले भने। उत्पादन बढाउनका लागि किसानलाई आकर्षित गर्न अनुदान लगायत कार्यक्रम ल्याउनुपर्ने बोर्डले जनाएको छ।

बोर्डले अर्गानिक चिया उत्पादनलाई प्रोत्साहित गर्दै आएको छ। यहाँको चियामा एक रूपता ल्याउन ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्डमा निर्यात हुन्छ। नेपालका ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछापलगायत जिल्लामा व्यावसायिक चिया खेती हुँदै आएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३४ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस