नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको छ। चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको छ।
चीन, भारत, श्रीलंका, केन्यालगायत मुलुकमा उत्पादन भएका चियाका सयौं नमुना प्रतिस्पर्धामा सहभागी थिए। प्रतिस्पर्धाबाट इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि ग्राण्ड गोल्ड मेडल प्राप्त भएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए। ‘चियाको गुणस्तरमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय टेस्टरबाट विभिन्न प्यारामिटरमा गरिएकोे परीक्षणमा नेपाली चियाको गुणस्तर उत्कृष्ट ठहरिएपछि मेडल प्राप्त भएको हो।’
चीनमा आयोजना गरिएको अन्तर्राष्ट्रिय चिया प्रतिस्पर्धामा नेपाली उत्पादन अब्बल ठहरिनु नेपालका लागि ठुलो सफलता भएको उनले बताए। प्रतिस्पर्धामा विभिन्न देशमा उत्पादित सयौं चियाका नमुनालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विभिन्न प्यारामिटरमा मापन गरिएको भट्टराईले बताए। ‘नेपाली चियाले धेरै चरण पूरा गरेर पहिलोपटक प्रतिस्पर्धामा भाग लिन पाएको हो,’ उनले भने, ‘विश्वस्तरको प्रतिस्पर्धामा यहाँको चिया उच्च गुणस्तरको प्रमाणित भएको छ।’ प्रतिस्पर्धामा किसान चिया उत्पादक उद्योग, हिमालयन सांग्रिला चिया उत्पादक, गोरखा टी स्टेट प्रालि, सिद्धदेवी चिया स्टेट प्रालि, कञ्चनजंघा अर्गानिक अर्थोडक्स चिया उद्योगले गोल्ड मेडल प्राप्त गरेको बोर्डले जनाएको छ।
बोर्डले एक्जिम कोड लिएर प्रतिस्पर्धामा भाग लिन पाउने अवसर सिर्जना गरेको थियो। बोर्डले मुलुकका ४० वटा चियाका नमुना संकलन गरी स्वाद एव गुणस्तर परीक्षण गरेर १६ वटा नमुनालाई प्रतिस्पर्धाका लागि चीन पठाएको थियो। प्रतिस्पर्धामा अन्य पाँचवटा कम्पनीले गोल्ड मेडल र चारवटा कम्पनीले सिल्भर मेडल प्राप्त गरेको बोर्डले जनाएको छ।
मेडल प्राप्त गर्ने उत्कृष्ट चिया उत्पादकलाई बोर्डले बिहीबार एक कार्यक्रम गरी प्रमाणपत्र प्रदान गरेको छ। विश्व बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट प्रमाणित भए पनि यसको उचित बजारीकरण हुन सकेको छैन। ‘अब अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको निर्यात व्यापार बढ्छ,’ उनले भने। प्रतिस्पर्धामा अब्बल ठहरिएपछि विश्व बजारमा नेपाली चियाको माग बढ्ने अपेक्षा गरिएको छ। चिया प्रयोगकर्ताले गुणस्तरका आधारमा माग गर्छन्। यसले नेपाली चियाको बजार विस्तारमा सघाउ पुग्छ। चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा नेपाली चियाको निर्यात बढ्ने अपेक्षा गरिएको छ।
नेपालमा करिब १७ हजार हेक्टरमा चियाखेती हुन्छ। वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ। चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन्। ६० हजारभन्दा बढी श्रमिकले चियाको मूल्य शृंखलामा काम गरेका छन्। मुलुक अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर रहेको अवस्थामा चियामा भने आत्मनिर्भर छ। नेपालबाट करिब पौने चार अर्ब रूपैयाँको चिया वार्षिक निर्यात हुने गरेको छ। मुलुकमा व्यापार घाटा बढिरहेको बेला चियाको निर्यातले केही राहत पुगेको छ। चिया उत्पादन बढाएर करिब १० अर्ब रूपैयाँभन्दा बढीको निर्यात गर्न सकिने सम्भावना रहेको बोर्डले जनाएको छ।
नेपालमा उत्पादित अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न ‘ट्रेडमार्क’ तयार गरिएको छ। ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्डमा चिया निर्यात हुने गरेको छ। नेपालका ३६ वटा उद्योगले यो ट्रेडमार्क लिएका छन्। बोेर्डले अमेरिका, अस्ट्रेलिया, चीन, जापान, फ्रान्स, क्यानडा, जर्मनी, रुस, डेनमार्क, भारतलगायत मुलुकका कफी बायरलाई सगरमाथा आधार शिविरमा लगेर नेपाली अर्थोडक्स चियाको स्वाद चखाउँदै ब्रान्ड सार्वजनिक गरेको थियो।
नेपालको अर्थोडक्स चिया तेस्रो मुलुकमा र सिटिसी चिया भारतलगायतका मुलुकमा निर्यात हुन्छ। सरकारी मापदण्डअनुसार चिया गुणस्तर जाँच गरेपछि मात्र ट्रेडमार्क दिइन्छ। ट्रेडमार्क पाउन रसायनिक विषादी प्रयोग नगरेको बगानमा उत्पादन भएको चिया हुनुपर्छ। चियाको बजार प्रबद्र्धन गर्न सरकारले सघाउँदै आएको छ। नेपाली चियाले रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा सघाएको छ। ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछापलगायतका जिल्लामा व्यावसायिक चिया खेती हुँदै आएको छ। १९२० सालमा इलाममा चिया रोपिएको थियो। त्यसपछि यसको खेती गर्न थालिएको हो।