कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम चाँडै शुरु हुन्छः मन्त्री श्रेष्ठ
११ फागुन २०७९
•
२ मिनेट पाठ
कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम चाँडै शुरु हुन्छः मन्त्री श्रेष्ठ
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन्।  




बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत चेन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो।  

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै शुरु हुने सहमति भएकाले बताए। उनले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडकपनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए।  

‘दोस्रो खण्ड चक्रपथ बिस्तार गर्ने काम सम्पन्न गर्नुछ। कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ। यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ’, उनले भने, ‘त्यसै अनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ। यो बीचमा धेरै समयसम्म यो काम हुन सकेन।’

मन्त्री श्रेष्ठले चिनियाँ राजदुत चेन सङसँग मन्त्रालयमा छलफल गरी छटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए। उनले सो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम शुरु हुने प्रतिवद्धता जनाए।  

‘हाम्रो बीचमा मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदुतसँग छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको छ। समस्याको समाधान निकालीसकेको छाँै’, उनले भने,‘बिजुलीका पोल र मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिटै हामी काम शुरु गर्ने सहमति भएको छ।’

बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारी रहेको बताए। स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक पडजाइन परिवर्तन गर्ने सहमति भएको पनि उनले बताए। उनले चीन सरकासँग कलंकीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भएपनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक बिस्तार गरिदिन पनि आग्रह गरेका छन्।

उनले भने, ‘बिजुलीका पोल र मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिटै हामी काम शुरु गर्ने सहमति भएको छ। सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ। बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरुका कुराहरु छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ। सकेसम्म महाराजगञ्जदेखि धोबीखोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ। तर सहमति भने त्यो होइन।’

उपप्रधानमन्त्री श्रेष्ठले कलंकी–कोटेश्वर सडक खण्ड बनेको लामो समयसम्म पनि कलंकी–महाराजगञ्ज सडक निर्माण नभएको भएपनि अब भने तत्काल काम शुरु गर्ने तयारी रहेको बताए।
अर्को समाचार
विकास र समृद्धि सरकारको मुख्य कार्यभारः गृहमन्त्री श्रेष्ठ
१८ चैत्र २०७९
•
३ मिनेट पाठ
विकास र समृद्धि सरकारको मुख्य कार्यभारः गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन्।




काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरेको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको आज उद्घाटन गर्दै उनले जनताको आकाङ्क्षाअनुसारको काम गर्न आफूहरू दृढ भएर लागिरहेको स्पष्ट पारे।

विकास र समृद्धिको कार्यभार नेपाली जनताको अपेक्षाअनुसार पूरा गर्न नसकिएको बताउँदै उनले सरकारले एउटैमात्र उद्देश्य ‘सामाजिक, आर्थिक रुपान्तरण विकास र समृद्धि’ जसको प्रतिफल आम जनताले उपभोग गर्न पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री श्रेष्ठले विपी राजमार्गको माम्दी पुलबाट तेमाल गाउँपालिकाको मेच्छेपौवास्थित म्हानेगाङसम्मको मोटरबाटोको जिम्मा सरकारको तर्फबाट आफूले लिने बाचा गरे।

प्राप्त राजनीतिक उपलब्धिलाई कुनै पनि कोणबाट गुम्न नदिई अझ बलियो बनाउने काममा लाग्न आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले प्राप्त उपलब्धिलाई कमजोर पार्न खोज्ने प्रवृत्ति र असंवैधानिक क्रियाकलापविरुद्ध खबरदारी गरिरहनुपर्नेमा जोड दिए। उनले जनताको सहयोगबाट निर्माण भएको गुम्बाबाट यहाँका स्थानीयको आस्थालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले जनताको अपेक्षा रहेको शिक्षा, स्वास्थ्य, बाटो कृषि र रोजगारलाई अभियानकै रूपमा अगाडि बढाउने काममा आफू प्रतिबद्ध रहेको बताए। सो क्रममा उहाँले निर्माण भएको गुम्बाको संरक्षण गर्ने जिम्मा समाजको रहेकाले त्यसमा सबैले ध्यान दिन उनले आग्रह गरे।

गुम्बा व्यवस्थापन समितिका अध्यक्ष जगत दोङले गुम्बा बनाउनु भनेको कर्मकाण्डीका रूपमा रहेर नभई समाजसँग जोड्दै बुद्धका शिक्षालाई अगाडि बढाउनुपर्छ भन्ने मान्यताका साथ निर्माण गरेको बताए। गुम्बामा परम्परागत ज्ञानमा आधारित उपचार पद्धतिलाई सोही गुम्बाबाट सुरु गर्ने योजनासमेत रहेको उनले जानकारी दिए।

गुरु पद्मसम्भवको तपोभूमि, धार्मिक, ऐतिहासिक एवं तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा स्थानीय बासिन्दाको सक्रियतामा आम सहयोगीदाताको सहयोगबाट निर्माण भएको गुम्बाको लामा गुरु क्याब्जे श्याल्पा तेञ्जिन रेन्पोछेबाट ह्राप्ने पूजा गरी गुम्बाको उद्घाटन गरिएको थियो।

सो क्रममा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष दोङले गाउँमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसँगै पक्की मोटरबाटो गाउँको विकासको मुख्य आवश्यक रहेको भन्दै माम्दीबाट पौवाको म्हानेगाङसम्म बाटो निर्माण गर्न आग्रह गरे। अध्यक्ष दोङको बुवाआमाका नाममा रहेको दुई रोपनी १५ आना जग्गा गुम्बाका नाममा दान गरेपछि आवश्यक रकम जुटाएर गुम्बा निर्माण सम्पन्न गरेको उपभोक्ता समितिले जनाएको छ। सत्ताइस महिना लगाएर गुम्बा निर्माणपश्चात उद्घाटन भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्।

सो ठाउँमा निर्मित गुम्बामा बुद्धको इतिहास लेख्ने, गुरु रेन्पोछे (गुरु पद्मसम्भव) को इतिहास लेख्ने तथा तामाङ राजा ह्रिञ्जेन दोर्जेको इतिहास लेख्ने काम गर्ने योजना रहेको छ। जसबाट बाह्य तथा आन्तरिक पर्यटक आकर्षण गर्न धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा गुम्बाले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयवासी भनाइ छ। रासस
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस