शवशिखर सहकारीको कार्यालय बन्द, बचतकर्ता आन्दोलित
११ फागुन २०७९
•
३ मिनेट पाठ
शवशिखर सहकारीको कार्यालय बन्द, बचतकर्ता आन्दोलित
धनगढीस्थित शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि कार्यालय नै बन्द भएको छ। बुटवल शाखामा बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि कार्यालय बन्द भएको हल्ला चलेसँगै धनगढी शाखामा पनि बचतकर्ता रकम फिर्ता माग्न थालेका हुन्। बचतकर्ताको भिड लागेसँगै शिव शिखरको धनगढी शाखाले कार्यालय नै बन्द गरेर बेपत्ता भएका छन्।  




बचतकर्ताहरू आफूले बचत गरेको पैसा फिर्ता लिन भिड लाग्न थालेपछि गत माघ २४ गतेदेखि धनगढी शाखा बन्द भएको हो। कार्यालय बन्द गरेर सञ्चालक तथा कर्मचारी बेपत्ता भएपछि यहाँका बचतकर्ताहरू मर्कामा परेका छन्।  

भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले सेवाग्राहीहरूले बचत गरेको रकम फिर्ता गर्न नसकेको सहकारीका ग्राहकले बताएका छन्।  

मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै शिव शिखरका बचतकर्ताहरूले केही हप्तादेखि धनगढीमा रहेको कार्यालय बन्द भएपछि सेयर तथा बचत रकम डुब्ने हो कि भन्ने चिन्ता रहेको बताएका छन्। दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता लिन खोजे पनि कार्यालय बन्द गरेर कर्मचारी तथा सञ्चालक सम्पर्कविहीन भएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पीडित संघर्ष समिति संयोजक मिना शाहीले बताइन्। उनले भनिन्, ‘हामीले पटक पटक शिव शिखरमा पैसा माग्न जाँदा उल्टै पैसा छैन भन्दै खाली हात फर्काउनुका साथै केही दिनदेखि कार्यालय बन्द गरेर कर्मचारीहरू बेपत्ता भएका छन्।’  

धनगढी कार्यालय बन्द भएको केही दिनमै सुदूरपश्चिमको डडेल्धुरा र कञ्चनपुरमा रहेका शिवशिखरको शाखा कार्यालय पनि बन्द भएका छन्। सुदूरपश्चिमका तीन वटै शाखा बन्द भएपछि यहाँका हजारौं बचतकर्ता तनावमा रहेका छन्।  

शिवशिखरकै बुटवल शाखामा बचतकर्तामाथि ठगी भएको विषय बाहिर आएपछि त्यसको प्रभाव कैलालीको धनगढी शाखामा समेत परेको बताइएको छ। सहकारीको धनगढीस्थित कार्यालयमा दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो लाग्न थालेपछि सहकारी कर्मचारी सम्पर्कबिहीन भएका थिए। उनीहरू अहिलेसम्म पनि कार्यालयको सम्पर्कमा आएका छैनन् भने कार्यालयमा तालबन्दी भएको छ।  

नियमित कार्यालय खोलेर कारोबार गर्नुको साटो कार्यालय नै बन्द गरेर निक्षेपकर्तालाई सशंकित गर्ने काम गरेको भन्दै संघर्ष समिति संयोजक शाहीले भनिन्, ‘कार्यालय के कति कारणले यतिका दिनसम्म बन्द भएको हो, त्यो जानकारीमा छैन, न त हामी बचतकर्तालाई पैसा सकुशल फिर्ता गर्न सक्छांै भनेर आश्वस्त गर्न सकेको छ। त्यसैले हामी पनि शिव शिखरप्रति सशंकित छौं।’  

शिव शिखरका निक्षेपकर्ताहरू एकजुट भएर संघर्षका कार्यक्रम गरिरहेको बताउँदै उनले भनिन्, ‘हामी फागुन १० गतेका दिन विभिन्न राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेतृत्वकर्तालाई समस्याबारे अवगत गराउने, जिल्ला प्रशासन कार्यालयमा स्मरण गराउनुका साथै थप संघर्षका कार्यक्रम गर्ने छौं।’ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका बारेमा सहरकारी विभागमा पत्राचार गरेर समन्वय गरिरहेको कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए। उनले भने, ‘हामीले सहकारी विभागलाई समन्वय गर्न जिल्ला प्रशासन कार्यालयबाट पत्राचार गरेका छौं।’ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था धनगढीका कर्मचारीलाई यसबारे बुझ्न फोन गर्दा सम्पर्क हुन सकेन। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस