गौरवका आयोजनाको खर्च नाजुक
०२ फागुन २०७९
•
४ मिनेट पाठ
गौरवका आयोजनाको खर्च नाजुक
सरकारले राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखे पनि सो अनुसार काम हुन सकेको छैन। राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरेको रकम खर्च भएको छैन।




सरकारले चालु आवमा गौरवका आयोजनाका लागि पुँजीगत खर्चतर्फ ८८ अर्ब ५३ करोड रूपैयाँ विनियोजन गरेकोमा समीक्षा अवधिमा गौरवका आयोजनाले १५.१६ प्रतिशत अर्थात् १४ अर्ब ५ करोड रूपैयाँ मात्रै पुँजीगत खर्च गरेका छन्।  

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार गौरवका आयोजनाले बहुवर्षे योजना अन्तर्गत रहेका आयोजनाको चालु आवको ६ महिनाको खर्च निराशजनक देखिन्छ। यसले पूर्वाधार लक्षित विकास निर्माणको गति सुस्त रहेको पुष्टि गर्छ। सरकारले चालु आर्थिक वर्षमा चालु खर्चतर्फ तीन अर्ब ५७ करोड, वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८६ करोड विनियोजन गरेको थियो। समीक्षा अवधिमा भने चालु खर्चतर्फ ८० करोड र वित्तीय व्यवस्थातर्फ भने १४ करोड रूपैयाँ खर्च भएको छ। चालु आवमा तीन वटै शीर्षकमा १५ अर्ब ८ लाख खर्च भएको छ।  

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मिलेनियम च्यालेञ्ज (एमसीसी) आयोजनाको खर्च निकै कम देखिएको छ। मिलेनियम च्यालेञ्ज नेपालले सो अवधिमा कुल विनियोजित बजेटको ३.६६ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ। जबकी यो आयोजनाको लागि चालु आवमा ९ अर्ब २७ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो। चालु आवमा दोस्रो सबैभन्दा कम भौतिक प्रगति गर्ने आयोजनामा उत्तरदक्षिण लोकमार्ग (कर्णाली कोरिडोर) रहेको छ।  

यो आयोजनाले ६ महिनाको अवधिमा ९.०१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ। चालु आवको ६ महिनामा तेस्रो कम भौतिक प्रगति गर्ने आयोजनामा काठमाडौं तराई÷मधेश द्रुत मार्ग आयोजना रहेको छ। यो आयोजनाले पनि चालु आवको ६ महिनाको अवधिमा ९.११ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ। सरकारले चालु आर्थिक वर्षमा यो आयोजनाका लागि ३० अर्ब रूपैैयाँ बजेट विनियोजन गरेकोमा सो अवधिमा भने एक अर्ब ५९ करोड रूपैयाँ मात्रै खर्च गरेको छ। यो आयोजनाको २०७८/७९ को असार मसान्तसम्मको अवधिमा समष्टिगत भौतिक प्रगति भने २१.१८ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सबैभन्दा धेरै भौतिक प्रगति गर्ने आयोजनामा सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना रहेको छ। सो आयोजनाले चालु आवको ६ महिनाको अवधिमा ८८ प्रतिशत भौतिक उपलब्धि हासिल गरेको छ। सरकारले यो आयोजनाको लागि चालु आवमा दुई अर्ब ७१ करोड ६२ लाख बजेट विनियोजन गरेको थियो । सो अवधिमा भने भने दुई अर्ब ३९ करोड २ लाख रूपैयाँ खर्च गरेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पनि चालु आवको ६ महिनाको ५२ प्रतिशत भौतिक प्रगति गरेको छ।  

प्रतिवेदनले आयोजना छनौट र कार्यान्वय सम्बन्धमा छुट्टै कानुनी व्यवस्था र मापदण्ड नहुँदा आयोजना कार्यान्वयनमा प्रभावकारिता आउन नसकेको औंल्याएको छ। ‘आयोजनाको कार्यान्वयन विधि, लागत, समयावधि जस्ता आधारभूत पक्षको निक्र्याेल नभई राष्ट्रिय गौरवको आयोजनाको रूपमा वर्गीकरण गरी खरिद प्रक्रिया अघि बढाउँदा समयमै आयोजना सम्पन्न नहुने र लागत बढ्दै गएको छ। प्रतिवेदनले गौरवको आयोजनामा जग्गाको मुआब्जा निर्धारण र घर टहरा मूल्याङ्कनमा समस्या रहेको छ। अन्तर निकाय समन्वय हुन नसकेको कारण वातावरणीय प्रभाव मूल्याङ्कन वन क्षेत्रको उपभोग, रुख कटान जग्गा अधिग्रहण, निर्माण सामग्रीको आपूर्ति जस्ता समस्याले आयोजनाको कार्यान्वयन निर्वाध तवरले हुन नसकेको देखिन्छ।  

गौरवका आयोजनामा काम गर्ने कर्मचारीलाई स्पष्ट कार्य विवरण तोकी सोही बमोजिम कार्य सम्पादन सम्झौता गरी जिम्मेवार र जवाफदेही बनाउन नसकेको देखिएको छ। प्रतिवेदनले गौरव तथा ठूला आयोजना छनौट र कार्यान्वयनमा प्रभावकारिता ल्याउन स्पष्ट कानुनी व्यवस्था गरी र विकास ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको छ। ‘राष्ट्रिय गौरव आयोजनाको पूर्व तयारी र भौगर्भिक अध्ययन तथा क्षेत्रीय सन्तुलन समेत विश्लेषण गरी विस्तृत परियोजना प्रतिवेदन टुंगो लागेपछि मात्र राष्ट्रिय गौरवका आयोजनाको रूपमा घोषणा गर्ने सुझाव दिएको छ।

‘आयोजनाको स्रोत परिचालन र कार्यान्वयन विधि निक्र्याेल गरेपछि मात्र खरिद प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा सुझाव दिँदै भनिएको छ, ‘नतिजा खाकासहितको अनुगमन मूल्याङ्कन गर्ने छुट्टै संयन्त्र निर्माण गरी कार्यान्वयन गर्ने र प्राप्त पृष्ठपोपणका आधारमा सुधारका काम अघि बढाउनुपर्छ। आयोजना लागि प्राविधिक र वित्तीय क्षमता र तोकिएको समयसीमाभित्र कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीको समुचित रूपमा परिचालन गर्ने व्यवस्थालाई निश्चित गर्न आवश्यक देखिएको छ।’
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस