उदयपुर सिमेन्टमा ५६ करोड लगानी थप्ने तयारी
२७ माघ २०७९
•
४ मिनेट पाठ
उदयपुर सिमेन्टमा ५६ करोड लगानी थप्ने तयारी
निरन्तर घाटामा रहेको सरकारी स्वामित्वको उदयपुर सिमेन्टमा करिब ५६ करोड रूपैयाँ लगानी थपेर उत्पादन बढाउने तयारी गरिएको छ। उद्योगमा पुराना मेसिन हटाएर नयाँ मेसिन जडान, प्रविधिको प्रयोग गरी उद्योगको स्तरोन्नति गरी उत्पादन बढाउन लगानी थप्न लागेको उदयपुर सिमेन्टले जनाएको छ।




उद्योगको स्तरोन्नति गरेर क्षमता बढाउन ५६ करोड रूपैयाँ लगानी थप्ने गृहकार्य भैरहेको उदयपुर सिमेन्टका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले बताए। ४० करोड रूपैयाँ अर्थ मन्त्रालयबाट स्वीकृत गराएर वाणिज्य बैंकबाट र १६ करोड आन्तरिक श्रोतबाट लगानी गर्ने निर्णय भएको उद्योगले जनाएको छ। ‘४० करोड रूपैयाँ लगानी स्वीकृतिका लागि उद्योग मन्त्रालयबाट अर्थमा फाइल गएको छ,’ महाप्रबन्धक न्यौपानेले भने, ‘स्वीकृत भएर आएपछि काम अघि बढ्छ।’

तीन वर्षमा फिर्ता गर्ने गरी सरकारसमक्ष रकम माग गरेको उनले बताए। ‘५७ करोड माग गरेको भए पनि सरकारले ४० करोड रूपैयाँ लगानी थप्न सिफारिस गरेको छ,’ उनले भने, ‘तीन वर्षमा फिर्ता गर्ने गरी रकम माग गरेका हौं।’

अहिलेका मेसिन र प्रविधि पुरानो भएकाले उत्पादन बढाउन थप लगानी आवश्यक रहेको न्यौपाने बताउँछन्। उद्योगबाट पूर्ण क्षमतामा उत्पादन लिन स्ट्यार्कर/रिक्लाइमर, जिसिटी, कम्प्रेसर/ब्लोअर्स, २०.१ मिटर क्लिन सेल, बर्नर, जिबिएफ ब्याक फिल्टर, कोल मिल, सिमेन्ट मिलको ट्युनिङ बियरिङ, पिएलसी सिष्टम अपग्रेडेसन, रोपवे मर्मत, प्लाण्ट लिकेज कन्ट्रोल, इपी च्याम्बर मर्मत, ग्यास एनालाइजर लगायतको मुख्यमुख्य मर्मत सम्भार गर्न जरुरी रहेको उद्योगले जनाएको छ।

‘पुराना मेसिन फेर्न र नयाँ प्रविधि जडान गर्नुपर्नेछ,’ उनले भने, ‘प्रविधि जडान गरे २५ प्रतिशत कोइला खपत कम हुन्छ।’ ३० वर्ष पुराना मिल, मेसिनरीहरूको मर्मतसम्भार गर्न लगानी थप आवश्यक रहेको न्यौपानेको दाबी छ। लगानी गर्न सके दैनिक २२ हजार बोरा सिमेन्ट उत्पादन गर्न सकिने उद्योगले जनाएको छ।

उद्योगको पूर्ण क्षमता अनुसार उत्पादन बढाउने र आय आर्जन गर्ने योजना बनाएको जनाएको छ। ठूलो परिमाणमा रहेको खानीको उपयोग गर्ने नीति पनि उद्योगको छ। रोजगारी प्रवद्र्धन गर्ने, सिमेण्टमा आत्मनिर्भर बनाउन योगदान गर्ने, क्लिंकर तथा सिमेण्ट निकासी गर्न प्रयत्न गरी राजस्वमा योगदान गर्ने न्यौपानेले बताए।

गत वर्ष औषत दैनिक २ सय ४२ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष दैनिक करिब ३ सय ६२ मेट्रिक टन उत्पादन भइरहेको उद्योगले जनाएको छ। ‘पोहोरको तुलनामा ४९.५०% उत्पादन वृद्धि भएको छ,’ महाप्रबन्धक न्यौपानेले भने, ‘५६ करोड लगानी थपे प्रतिदिन ११ सय मेट्रिक टन उत्पादन गर्न सकिन्छ।’ उद्योगको उत्पादन क्षमता दैनिक ८ सय टन रहेको छ।

सरकारले थप गर्ने लगानी फिर्ता गर्न सक्ने र निकट भविष्य कर्मचारीलाई भुक्तानी गर्नुपर्ने करिब १ अर्ब रूपैयाँ दायित्व उद्योगकै आम्दानीबाट बहन गर्न सकिने कम्पनीले जनाएको छ। कोइलाको भाउ ५० प्रतिशतले, डिजेलको भाउ १ सय प्रतिशतले, कर्मचारीको तलब १५ प्रतिशतले र सोही अनुपातमा भएका अन्य मूल्य वृद्विको कारणले उत्पादन नबढाइ यथास्थितिमा उद्योग चलाइरहन सम्भव नरहेको महाप्रन्धक न्यौपानेले बताए। ‘लगानी थपेर उद्योगको क्षमता बढाउनुको विकल्प छैन,’ उनले भने, ‘नाफामा जान न्यूनतम दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्नैपर्छ।’

निजी क्षेत्रका सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेको अवस्थामा उदयपुर सिमेन्ट पनि निर्यात गर्न सकिने व्यवस्थापनले जनाएको छ। भारतको बिहार र उत्तर प्रदेशमा उदयपुरको चुनढुंगाबाट बनेको क्लिंकर निकासी गर्न सकिने उनले बताए। ‘स्वदेशमै पनि खानी नभएका उद्योगलाई क्लिंकर बिक्री गरेर मुनाफा कमाउन सकिन्छ’ उनले भने, ‘सररकारले उद्योगको प्रस्तावलाई सहयोग गर्नुपर्छ।’

गत आर्थिक वर्ष २०७७/७८ सम्म ३०% भन्दा कम उत्पादन रहेकोमा चालु आर्थिक वर्ष २०७८/७९ मा ३९.१९% उत्पादन भएको छ उद्योगलाई नाफामा लैजान कम्तिमा ५०% भन्दा बढी उत्पादन हुनुपर्ने न्यौापनेले बताए। निजी क्षेत्रले सञ्चालन गरेको उद्योग नाफामा रहे पनि सरकारी स्वात्विको उद्योग घाटामा रहेको छ। उद्योग आर्थिक वर्ष २०७७/७८ मा ३० करोड ६० लाख रूपैयाँ घाटामा थियो। त्यसअघि २०७६/७७ मा पनि ३३ करोड ३६ लाख रूपैयाँ घाटा थियो।

आर्थिक वर्ष २०७४/७५ मा भने १० करोड नाफामा रहेको थियो। अर्थ मन्त्रालयको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनअनुसार उदयपुर सिमेन्टमा ५ अर्ब ३७ करोड रूपैयाँ लगानी छ। उद्योगको आर्थिक अवस्था नाजुक बन्दै गएको र कर्मचारीले सेवासुविधा पनि नपाएको गुनासो गर्दै आएका छन्। उद्योगले आर्थिक वर्ष २०७८/७९ मा २१ लाख ७२ हजार ४ सय १९ बोरा सिमेन्ट बिक्री गरेको थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४३ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस