चिनियाँ पर्यटकको पर्खाइमा पर्यटन व्यवसायी
२६ माघ २०७९
•
५ मिनेट पाठ
चिनियाँ पर्यटकको पर्खाइमा पर्यटन व्यवसायी
नेपाली पर्यटन बजारले दुई छिमेकी मुलुक चीन र भारतबाट भित्रिने पर्यटकबाट राम्रो लाभ कमाउँदै आएको थियो। चिनियाँ र भारतीय पर्यटक पर्याप्त आइदिने हो भने पर्यटन बजार सहजै धानिने र आन्तरिकसहित अरू मुलुकका पाहुना पनि थपिँदा पर्याप्त कमाइ हुने हुँदा व्यवसायी केही वर्ष अघिसम्म दंग थिए। अझ चीन र भारतका पाहुना पोखरा घुम्न मरिहत्ते गर्दा त व्यवसायी झन् खुसी भएका थिए।




कोरोना भाइरस संक्रमण सुरु भएपछि भने बाह्य पर्यटक आगमनमा एकाएक गिरावट आयो। संक्रमणको केही समयसम्म त तेश्रो मुलुकका पाहुनाको आगमन मासिक दुुई अकंमा झरेको थियो। संक्रमण कमजोर हुँदै जाँदा अरू मुलुकका पाहुना नेपाल भित्रिन थाले पनि छिमेकी मुलुक चीनका पर्यटक अझै पनि भित्रिन पाएका छैनन्। भारतीय पाहुनाका लागि नेपाल घुमघाममा कुनै रोकतोक नरहे पनि चिनियाँ पाहुनाका लागि भने चीनले नै फुकुवा गरेको छैन। जसले गर्दा पर्यटन व्यवसायी चिन्तित छन्।  

व्यवसायीका अनुसार चिनियाँ पोखराको पर्यटनमा चिनियाँ पाहुनाको हिस्सा निकै राम्रो थियो। भारतीय पनि थपिँदा व्यवसाय सहज बनेको थियो। भारत र चीनबाहेक तेश्रो मुलुक र आन्तरिक पाहुना पनि भित्रिँदा पर्यटक संख्याको बढोत्तरी वर्सेनि वृद्धि भइरहेको थियो। कोरोना संक्रमण सुरु भएपछि भने चिनियाँ पर्यटक आउन पाएका छैनन्। भारतीय र आन्तरिकको भरमा व्यवसाय धान्न सकस भइरहेको व्यवसायीको गुनासो छ।  

चिनियाँ पाहुनालाई नेपाल घुम्ने बाटो खुलाइदिनु भन्दै पोखरेली व्यवसायीले अहिले कूटनीतिक निकाय गुहार्न थालेका छन्। होटल संघले नेपालस्थित चिनियाँ राजदूतलाई पत्र पठाउँदै चिनियाँ पाहुनाको पर्खाइमा व्यवसायी रहेको उल्लेख गरेका छन्। संघका अध्यक्ष लक्ष्मण सुवेदीले पत्रमा भनेका छन, ‘कोभिड–१९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रूपमा लिइएको छ। सन् २०२३ मा चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आशावादी भएकै बखत चीनका तर्फबाट सार्वजनिक भएको २० गन्तव्य मुलुकको सूचीमा नेपाल नपर्दा संघ निराश भएको छ।

अध्यक्ष सुवेदीका अनुसार कोभिडसँगै आफ्ना नागरिकको बाह्य भ्रमण रोकेको चीनले करिब तीन वर्षपछि २० वटा मुलुकमा घुम्न जान पाउने गरी नाम सार्वजनिक गरेको थियो तर त्यसमा नेपाल समेटिएको थिएन। दूतावासलाई लेखेको पत्रमा चिनियाँ पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई घुम्न जानका लागि २० वटा देश सुचीकृत गरे पनि नेपाल नसमेटिएको अध्यक्ष सुवेदीले बताएका छन्। ‘सार्वजनिक गरिएको देशको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गरिएको छ। उक्त सूचीमा नेपाललाई समेट्न सकिए कोभिड–१९ बाट थला परेको नेपाली पर्यटन पुनरुत्थान गर्न सघाउ पुग्ने थियो,’ सुवेदीले भनेका छन्।  

पाहुना घुम्नका लागि नेपाल प्राकृतिक रूपमा सुन्दर र सांस्कृतिक तथा ऐतिहासिक रूपमा धनी रहेको स्मरण गराउँदै यहाँको हावापानी चिनियाँ पर्यटकको लागि उपयुक्त रहेको पनि पत्रमा उल्लेख छ। चिनियाँ पर्यटक विगतमा नेपाल आउँदा पोखराको प्याग्लाइडिङ निकै मन पराउने गरेको र पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधिमा पनि उनीहरू सरिक हुने गरेको उल्लेख गरिएको छ। ‘चिनियाँ पर्यटक आउन पाउने हो भने नेपालको पर्यटन क्षेत्रले अझै गति लिने थियो तर पाहुना आउनै पाएनन्,’ उनले भने।  

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा नेपालमा १ लाख ५३ हजार ६३३, २०१९ मा १ लाख ६९ हजार ५४३, २०२० मा १९ हजार २५७, २०२१ मा ६ हजार १९८ र २०२२ मा ९ हजार ५२४ जना चिनियाँ पर्यटक नेपाल आएका थिए। सन् २०२३ को पहिलो महिना जनवरीमा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या १४ सय ३१ छ।  

‘चिनियाँ पर्यटकलाई चीनले नै नेपाल घुम्नका लागि प्रतिबन्ध लगाएको छ। यसले गर्दा चाहेर पनि चिनियाँ पर्यटक नेपाल आउन पाएनन्,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘चिनियाँ पर्यटक भिœयाउन सरकारले पहल नगर्ने हो भने पर्यटन क्षेत्र अझै नोक्सानमा पर्नेछ।’ चिनियाँ पाहुना भिœयाउने पहल गर्न सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने श्रेष्ठले बताए। कोरोना त्रासकै कारण पाहुना आउन नसकेका हुन् भने पनि सावधानी अपनाउन सकिने उनले बताए।

व्यवसायीका अनुसार चिनियाँ पाहुनाले पोखरा घुमघामलाई निकै नै रुचाउँछन्। पोखराको आकाशमा प्याराग्लाईडिङ गर्नकै लागि पनि चिनियाँ पर्यटक पोखरा आउने गरेको व्यवसायीले बताउँदै आएका छन्। व्यवसायीका अनुसार पोखरा भित्रिएकामध्ये करिब ९० प्रतिशत चिनियाँ पाहुना यहाँको आकाशमा प्याराग्लाइडिङमा उड्ने गरेका थिए तर अहिले चिनियाँ नहुँदा पर्यटन क्षेत्र नोक्सानमा रहेको अध्यक्ष श्रेष्ठले बताए।  सन् २०१४ मा एकलाख २४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए। त्यो संख्या भूकम्पका कारण घटेर सन् २०१५ मा ६५ हजारमा झरेकोमा सन् २०१६ र २०१७ मा आगमन बढेर एकलाख चार हजारमा उक्लिएको थियो। चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। उनीहरू समूहमा हिँड्छन्। अधिकांश प्याकेजमा मात्र यात्रा गर्छन्। किनमेल र आकाशमा हुने साहसिक गतिविधि (अल्ट्रालाइट, प्याराग्लाइडिङ) मा निकै नै रमाउँछन्। पोखरामा अहिले चिनियाँ पर्यटकलाई मात्र सेवा दिने होटल र रेस्टुरेन्ट झन्डै डेढदर्जन छन्।

चीनले आफ्ना नागरिक घुम्न जाने देशका लागि विशेष अनुमति दिने गरेको छ। चिनियाँको ‘एप्रुभ्ड डेस्टिनेसन स्टाटस (एडिएस)’ मा नेपाल पनि छ। एडिएसमा पर्नु भनेको त्यो मुलुकमा घुम्न जान आफ्ना नागरिकलाई अनुमति दिएसरह हो। न्यून संख्यामा चिनियाँ नागरिक नेपाल भित्रिरहेको बेला चीनले सन् २००२ मा नेपाललाई ‘एडिएस’मा राखेको थियो। एडिएस मुलुकमा घुम्न चीनले नागरिकलाई विशेष प्रोत्साहन दिन्छ। एडिएस नपाएको देशमा घुम्न जान चिनियाँ नागरिक अलि हिच्किचाउँछन्।

सन् २००२ मा नेपालले एडिएस पाएपछि मात्र चिनियाँ नागरिकले पर्यटकको रूपमा नेपाल आउन थालेका थिए। सन् २००० अघि चिनियाँ नागरिकलाई पर्यटकको रूपमा नेपाल घुम्ने अनुमति थिएन। सन् २००० अघि ‘अफिसियल’ भ्रमणमा सीमित चिनियाँ नेपाल आउने गरेका थिए।
अर्को समाचार
सिजनकै मुखमा चिनियाँ पाहुनाका लागि नेपाल खुल्यो, राहतको अपेक्षामा व्यावसायी
२७ फागुन २०७९
•
५ मिनेट पाठ
सिजनकै मुखमा चिनियाँ पाहुनाका लागि नेपाल खुल्यो, राहतको अपेक्षामा व्यावसायी
पोखरामा चिनियाँ पर्यटक। फाइल तस्बिरः नागरिक
पर्यटन व्यावसायीका अनुसार चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। यही सिजनको मुखैमा चीनले आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समेटेको छ। लामो समयदेखि चिनियाँ पर्यटकको पर्खाइमा रहेका पर्यटन व्यवसायी नेपाललाई चिनियाँ पर्यटकको पर्यटकीय गन्तव्यमा पार्ने शुक्रबारको निर्णयपछि खुसी भएका छन्।




चीनले नेपाललाई पर्यटकीय गन्तव्यमा समेट्नका लागि यहाँका व्यवसायीले माग गर्दै आएका थिए। कोभिड संक्रमण पछि चिनियाँ पर्यटक नेपाल आउन पाएका थिएनन्। चीनले यसअघि पहिलो चरणमा नेपाललाई आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा समेटेको थिएन। त्यसपछि पर्यटन व्यवसायीले नेपाललाई गन्तव्यमा समेट्न विभिन्न माध्यमार्फत चीनसँग आग्रह गर्दै आएका थिए।

तर, मार्च १५ देखि लागु हुने गरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले चिनियाँ पर्यटकलाई बाहिरी मुलुकमा घुम्न जान पाउने गरि दोश्रोपटक सूँची प्रकाशित गरेको छ। चीनले पहिलो चरणमा प्रकाशित २० मुलुकमा नेपाल समेटिएको थिएन। पहिलो सूँचीमा दक्षिण एशियाका माल्दिभ्स र श्रीलंका मात्र समेटिएकोमा दोश्रोपटकको सूँचीमा नेपाल पनि थपिएको छ। सिजनको बेलैमा चिनियाँ पर्यटकलाई नेपाल आउने बाटो खुलेको भन्दै व्यवसायीले राहत मिल्ने अपेक्षा गरेका छन्।  

नेपाली पर्यटन बजारले दुई छिमेकी मुलुक चीन र भारतबाट भित्रिने पर्यटकबाट राम्रो लाभ कमाउँदै आएको थियो। चिनियाँ र भारतीय पर्यटक पर्याप्त आइदिने हो भने पर्यटन बजार सहजै धानिनेर र आन्तरिक सहित अरु मुलुकका पाहुना पनि थपिँदा पर्याप्त कमाई हुने हुँदा व्यवसायी केहीवर्ष अघिसम्म दंग थिए। अझ चीन र भारतका पाहुना पोखरा घुम्न मरिहत्ते गर्दा त व्यवसायी झनै खुसी थिए।
तर, कोरोना भाइरस संक्रमण सुरु भएपछि बाह्य पर्यटक आगमनमा एकाएक गिरावट आयो। संक्रमणको केही समयसम्म त तेश्रो मुलुकका पाहुनाको आगमन मासिक दुइ अकंमा झरेको थियो। तर, संक्रमण कमजोर हुँदै जाँदा अरु मुलुकका पाहुना नेपाल भित्रिन थालेपनि छिमेकी मुलुक चीनका पर्यटक भने भित्रिन पाएका थिएनन। भारतीय पाहुनाका लागि नेपाल घुमघाममा कुनै रोकतोक नरहेपनि चिनियाँ पाहुनाका लागि भने चीनले नै फुकुवा गरेको थिएन। तर, अब भने व्यवसायीले चिनियाँ पर्यटनबाट लाभ मिल्ने अपेक्षा गरेका छन्।  

‘चिनियाँ पर्यटक आउन पाउनु हामी पर्यटन व्यवसायीका लागि निकै नै खुसीको कुरा हो,’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी च्याप्टरका अध्यक्ष धर्मराज पन्थीले भने, ‘सिजनको बेला पारेर चिनियाँ पर्यटकलाई नेपाल आउन पाउने गरि चीनले फुकुवा गरिदिएको छ। यो निकै नै सकारात्मक छ।’  

व्यवसायीका अनुसार पोखरा भित्रिएका चिनियाँ पर्यटक छोटो दूरीको पदयात्रामा जान्छन। त्यसबाहेक यहाँका प्याराग्लाइडिङ र अल्ट्रालाइटमा चिनियाँ पर्यटकको निकै नै रुची हुने गरेको छ। पोखरा भित्रिएका चिनियाँमध्ये करिब ९० प्रतिशतले प्याराग्लाइडिङ गर्ने गरेको व्यवसायीले बताउने गरेका छन्। ‘भारतीय पाहुना त आएका थिए नै, अब चिनियाँ पनि आउन सक्ने गरि फुकुवा भएको छ। यसले पर्यटनमा राहत मिल्ने अपेक्षा छ,’ पन्थीले भने।  
व्यवसायीका अनुसार कोभिड संक्रमण सुरु हुनुअघि पोखराको पर्यटनमा चिनियाँ पाहुनाको हिस्सा निकै नै राम्रो थियो। भारतीय पनि थपिँदा व्यवसाय सहजै चलेको थियो। भारत र चीन बाहेक तेश्रो मुलुक र आन्तरिक पाहुना पनि भित्रिँदा पर्यटक क्षेत्रले वर्षेनी आकार बढाईरहेको थियो। तर, कोरोना संक्रमण सुरु भएपछि भने चिनियाँ पर्यटक आउन पाएका थिएनन। भारतीय र आन्तरिकको भरमा व्यवसाय धान्न सकस भईरहेको व्यवसायीको गुनासो थियो। अब त्यो गुनासो कम हुने अपेक्षा व्यवसायीको छ।  

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘पहिलो पटक नेपाललाई पर्यटकीय गन्तव्यमा समेटिएको थिएन। त्यसपछि हामीले नै दुतावासमा गुनासो गरेका थियौ। किनकी चिनियाँ पाहुना हाम्रा लागि पर्यटन व्यवसाय टिकाउने आधार हो। दूतावासले हामीलाई दोश्रोपटकमा समेट्ने आश्वासन पनि दिएको थियो, त्यही अनुसार भएको छ।’  

चिनियाँ पाहुना नेपाल भित्रिनु पर्यटन क्षेत्रका लागि निकै नै सुखद पक्ष रहेको संघका अध्यक्ष सुवेदीले बताए। ‘हामीले चाहेका पनि थियौ। किनकी चिनियाँ पर्यटक ठुलो आकारमा आउने र उनीहरु भित्रिँदा सबैखाले पर्यटनलाई राहत मिल्ने थियो। त्यही भएर हामीले पहल गरेका थियौं,’ उनले भने। चिनियाँ पर्यटकीय गन्तव्यमा नेपाल समेटिएसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चीनको कुनै एउटा सहरबाट सिधा हवाई सम्पर्क बढाउने हो भने पोखराले साच्चै चिनियाँ पर्यटनबाट लाभ पाउने उनले बताए। ‘विमानस्थल चिनियाँ कम्पनिले नै बनाईदिएको हो। त्यसबाहेक ऋण पनि चीनले नै दिएको हो। अब चीनको कुनै एउटा सहरबाट पोखरासम्म सिधा हवाई उडान राखिदिने हो भने त्यसले थप राहत दिलाउँछ,’ उनले भने।  

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा नेपालमा १ लाख ५३ हजार ६३३, २०१९ मा १ लाख ६९ हजार ५४३, २०२० मा १९ हजार २५७, २०२१ मा ६ हजार १९८ र २०२२ मा ९ हजार ५२४ जना चिनियाँ पर्यटक नेपाल आएका थिए। सन् २०२३ को पहिलो महिना जनवरीमा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या १४ सय ३१ र फेब्रुअरीमा २२ सय ६६ थियो । मार्चमा यो आकार अझ बढ्ने व्यवसायीको अपेक्षा छ।
सन् २०१४ मा एकलाख २४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए। त्यो संख्या भूकम्पका कारण घटेर सन् २०१५ मा ६५ हजारमा झरेकोमा सन् २०१६ र २०१७ मा आगमन बढेर एकलाख चार हजारमा उक्लिएको थियो। व्यावसायीका अनुसार चिनियाँ पाुहना समूहमा हिँड्छन्। अधिकांश प्याकेजमा मात्र यात्रा गर्छन्। किनमेल र आकाशमा हुने साहसिक गतिविधि (अल्ट्रालाइट, प्याराग्लाइडिङ) मा निकै नै रमाउँछन्। पोखरामा अहिले चिनियाँ पर्यटकलाई मात्र सेवा दिने होटल र रेस्टुरेन्ट झन्डै डेढदर्जन छन्।

चीनले आफ्ना नागरिक घुम्न जाने देशका लागि विशेष अनुमति दिने गरेको छ। चिनियाँको ‘एप्रुभ्ड डेस्टिनेसन स्टाटस (एडिएस)’ मा नेपाल पनि छ। एडिएसमा पर्नु भनेको त्यो मुलुकमा घुम्न जान आफ्ना नागरिकलाई अनुमति दिएसरह हो। न्यून संख्यामा चिनियाँ नागरिक नेपाल भित्रिरहेको बेला चीनले सन् २००२ मा नेपाललाई ‘एडिएस’मा राखेको थियो। एडिएस मुलुकमा घुम्न चीनले नागरिकलाई विशेष प्रोत्साहन दिन्छ। एडिएस नपाएको देशमा घुम्न जान चिनियाँ नागरिक अलि हिच्किचाउँछन्।

सन् २००२ मा नेपालले एडिएस पाएपछि मात्र चिनियाँ नागरिकले पर्यटकको रुपमा नेपाल आउन थालेका थिए। सन् २००० अघि चिनियाँ नागरिकलाई पर्यटकको रुपमा नेपाल घुम्ने अनुमति थिएन। सन् २००० अघि ‘अफिसियल’ भ्रमणमा सीमित चिनियाँ नेपाल आउने गरेका थिए।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस