पेट्रोल पनि पाइप लाइनबाट ल्याउने तयारी
१५ माघ २०७९
•
४ मिनेट पाठ
पेट्रोल पनि पाइप लाइनबाट ल्याउने तयारी
नेपाल आयल निगमले एक वर्षभित्रै पेट्रोल/मट्टीतेल लगायतका पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाटै ल्याउने गरी पूर्वाधार निर्माणको काम सुरु गरेको छ। निगमले २०७६ भदौदेखि नै भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनबाटै डिजेल भित्र्याउँदै आइरहेको छ। पेट्रोल र मट्टीतेल राख्ने आवश्यक पूर्वाधार नहुँदा अहिले ट्यांक तथा ट्रकबाटै पेट्रोल आयात गर्दै आइरहेको छ।




नेपाल आयल निगम मधेस प्रदेश कार्यालयका प्रमुख प्रदीपकुमार यादवले निगमले एक वर्षभित्रै अर्थात् सन् २०२४ को जनवरीभित्रै डिजेलजस्तै पेट्रोल र मट्टीतेल पनि पाइपलाइनबाटै नेपाल ल्याउने बताए। हामीसँग पर्याप्त मात्रामा भण्डारण गर्ने क्षमताको अभाव भएका कारणले अहिले पाइप लाइनबाट पेट्रोल ल्याउन सकिरहेका छैनौं,’ उनले भने ‘अहिले ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीको आवश्यक पूर्वाधारको फाउण्डेसन लगायतको काम सुरु गरिसकेको छ।’

गत डिसेम्बर १५ मा एक कार्यक्रमबीच सो कार्यको निर्माण शुभारम्भ गरिएको थियो। निगमले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना दोस्रो चरण अन्तर्गतको पूर्वाधार निर्माणका लागि भारतीय कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता गरिसकेको छ। सो ठेक्का सम्झौता अनुसार सो कम्पनीले सन् २०२३ को डिसेम्बरमा आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गर्नुपर्नेछ। कार्यालय प्रमुख यादवले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण अन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुई वटा पेट्रोलका ट्यंक निर्माण गरिने बताए। ‘२५० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स ट्यांक निर्माण गरिनेछ,’ उनले भने ‘२४ वटा पूर्ण रूपमा स्वाचालित पेट्रोल भर्ने स्टेशन निर्माण गरिनेछ,’ उनले भने।

भारतीय कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिका सिइओ अभिषेक भारतीले पनि तोकिएको समयसीमा भित्रै दोस्रो चरणका पूर्वाधार निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। ‘हामीले तोकिएको समयसीमाभित्रै काम गर्ने योजनासहित अहिले साइटमा खटिइसकेका छौं।’ उनले भने, ‘दैनिक दुई सिफ्टमा काम गरेर सम्पन्न गराउने लक्ष्य राखेका छौं।’

निर्माण कम्पनीका अनुसार परियोजनाको लागि आवश्यक पर्ने जनशक्ति र पूर्वाधार निर्माणको काम भइरहेको छ। आयोजनाको साइट क्लियरिङको काम भइसकेको छ। दोस्रो चरणको पूर्वाधार निर्माण गर्न स्थानको छेकबार लगाउने काम सम्पन्न भइसकेको छ। निर्माण कम्पनीले अहिले ट्यांक राख्ने फाउण्डेसनको काम गर्दै आइरहेको छ।

निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ओइल वाटर स्प्रेटर, पिएमसीसी रुम लगायतका पूर्वाधार निर्माण गरिनेछन्। नेपाल आयल निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माण गर्नेछ। नेपाल आयल निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक खर्ब ५४ करोड भारु खर्चिएर ४१ सय किलोलिटर क्षमताको पेट्रोलको टैंक, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माण गर्नेछ।  

त्यस्तै गरी इन्डियन आयल कर्पाेरेसन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर ४१ सय किलोलिटर क्षमताको ट्यांक, २५० किलोलिटर क्षमताको दुई वटा ट्रान्समिक्स ट्यांक तीन हजार किलोलिटर क्षमताको दुई वटा फायरवाटर ट्यांक निर्माण गर्नेछ। नेपाल सरकार र भारत सरकारले दुई चरणमा पाइपलाइन विस्तारको काम अघि बढाउने निर्णय गरेका थिए।

सन् २०१५ मा पाइपलाइन विस्तारको लागि पहिलो र दोस्रो चरणमा गरेर कुल २ अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो। सो योजना अनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजना थियो। पहिलो चरणको योजनामा भारतको तर्फबाट २ अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन।

दोस्रो चरणको पाइपलाइन विस्तारको कार्य सात वर्ष ढिलो गरी भर्खरै मात्रै सुरु भएको छ। कार्यालय प्रमुख यादवले दोस्रो चरणको काम तोकिएको समयभित्रै सुरु हुन नसक्दा लागत दोब्बर वृद्धि भएको बताए। ‘दोस्रो चरणको पाइपलाइन अन्तर्गतका पूर्वाधार निर्माणमा नेपाल आयल निगमको तर्फबाट १ अर्ब ५४ करोड भारु खर्चिनुपर्ने अवस्था आएको छ,’ उनले भने ‘पहिल्यै निर्माण गर्न सकेको भए धेरै सहज हुने थियो तर सात वर्ष ढिलो हुँदा लागत दोब्बर पुग्न गर्‍यो।’

कार्यालय प्रमुख यादवले अमलेखगन्ज डिपोको भण्डारण क्षमता ३४ सय ३० किलोलिटर मात्रै भए पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात गर्न नसकिएको बताए। अहिले २१ वटा डिजेल लोड गर्ने म्यानुअल स्टेशन रहेका छन्। दोस्रो चरणको काम सकिएसँगै सोही पाइपलाइनबाट पेट्रोल तथा मट्टितेल समेत आयात गर्न सकिनेछ। त्यति मात्रै होइन, निगमको भण्डारण क्षमतामा ठूलो मात्रामा स्तरोन्नति हुनेछ।

अहिले डिजेल मात्रै ३४ सय ३० किलोलिटर भण्डारण क्षमता सो बनेसँगै बढेर ११ हजार ६ सय ३० किलोलिटर पुग्नेछ। पूर्णरूपमा स्वचालित डिजेल तथा पेट्रोल भर्ने स्टेशन निर्माण गरिनेछ। प्रमुख यादवले दोस्रो चरणको पूर्वाधार बनेसँगै अहिले पेट्रोलियम पदार्थमा हुँदै आएको ट्यांक ट्रक ढुवानी खर्च र नोक्सानी मासिक १५ करोड रूपैयाँको दरले जोगिने दाबी गरे। ‘अहिले पाइपलाइनबाट डिजेल ल्याउँदा नियमले वार्षिक २ अर्ब रूपैयाँ खर्च जोगिँदै आइरहेको छ,’ उनले भने ‘पेट्रोल र डिजेल दुवै ल्याउँदा निगमको वार्षिक तीन अर्ब ८० करोड रूपैयाँ जोगिनेछ।’ अम्लेखगञ्ज डिपोको क्षमतामा पनि सुधार आउनेछ। 
अर्को समाचार
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना: तीन महिनाभित्रै पेट्रोल लाइनबाटै ल्याउने तयारी
१२ असार २०८१
•
४ मिनेट पाठ
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना: तीन महिनाभित्रै पेट्रोल लाइनबाटै ल्याउने तयारी
नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ।




नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टितेल पाइप लाइनबाट ल्याइने बताए।

‘दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबैजसो काम सकिएका छन्’, उनले भने, ‘परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्याङ्क निर्माण गर्नुपर्ने थियो। अहिलेसम्म दुईवटै ट्याङ्क निर्माणको काम सम्पन्न भइसकेको छ’, उनले भने, ‘समग्रमा अहिलेको जुन रफ्तारमा काम भइरहेको छ। सोही कायम रहेको खण्डमा तीन महिनाभित्र सम्पन्न हुनेछ।’

प्रमुख उपाध्यायले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भइरहेको बताए। ‘केही सिभिलसँग सम्बन्धित  र इलोक्ट्रिोनिक्स र आइटीसँग सम्बन्धित काम बाँकी रहेको छ’, उनले भने, ‘बाँकी रहेका काम पनि तीव्रगतिमा भइरहेकाले सकेसम्म भदौको दोस्रो साताभित्र सकाउने गरी काम भइरहेको छ।’

प्रमुख उपाध्यायले पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चमा  प्रतिलिटर रु तीन कम हुने बताए । ‘एकतर्फ प्रतिलिटर रु तीन ढुवानी खर्च घट्नेछ भने अर्कातर्फ वातावरण प्रदूषण पनि कम हुनेछ’, उनले भने, ‘योसँगै वार्षिक रु एक अर्ब रकम ढुवानी भाडा जोगिनेछ।’ निगमले अहिले पेट्रोल तथा मट्टितेल भारतको बरौनीबाट ट्याङ्करबाट ल्याउँदै आइरहेको छ। डिजेल भने पाइप लाइनबाटै भित्रिदै आइरहेको छ।

कार्यालयका अनुसार दुई सय ५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्याङ्क निर्माण भइरहेको छ भन २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माणको काम भइरहेको छ। निगमले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना दोस्रो चरणअन्तर्गतको पूर्वाधार निर्माणका लागि भारतीय कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता गरेको थियो।

सो ठेक्का सम्झौताअनुसार कम्पनीले सन् २०२३ को डिसेम्बरमा आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो। सन् २०२४ को जनवरीमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयसीमाभित्र दोस्रो चरणको काम सम्पन्न हुनसकेको छैन।

निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ‘ओइल वाटर स्प्रेटर’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भइरहेको छ। निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माण गर्दै आइरहेका छन्।

निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक अर्ब ५४ करोड भारु खर्चिएर चार हजर एक सय किलोलिटर क्षमताको पेट्रोलको ट्याङ्क, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माण गर्दै आइरहेको छ।

त्यसैगरी इन्डियन आयल कर्पोरेशन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको ट्याङक, दुई सय ५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्याङक, तीन हजार किलोलिटर क्षमताको दुईवटा फायरवाटर ट्याङ्क निर्माण गर्दै आइरहेको छ।

सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर कुल दुई अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो। सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजना बनाइएको थियो।

पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट दुई अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन। जसका कारण पनि दोस्रो चरणको पाइप लाइन विस्तारको लागत बढेर भारु एक अर्ब ५४ करोड पुगेको छ।

निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ओइलवाटर स्प्रेटर, पिएमसिसी रुमलगायत पूर्वाधार निर्माण हुँदै आइरहेको छ।

दुवै पक्षले अहिले विभिन्न पूर्वाधार निर्माण गर्दै आइरहेका छन्। पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेलको आयात भइरहेको निगमले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस