विद्युतीय सवारीमा आकर्षण बढ्यो
११ माघ २०७९
•
३ मिनेट पाठ
विद्युतीय सवारीमा आकर्षण बढ्यो
सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि विद्युतीय सवारीमा प्रयोगकर्ताको आकर्षण बढेको छ। पेट्रोलियम पदार्थको भन्दा निकै कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि समेत राम्रो भएकाले विद्युतीय सवारी प्रयोगकर्ताको रोजाइमा परेको हो।




चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे १७ सय वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चार अर्ब ९२ करोड रूपैयाँ बराबरको १७ सय ४९ वटा चार पाङ्ग्रे सवारी साधन नेपालमा आयात भएका छन्।  

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा ११ सय ३ वटा विद्युतीय सवारी साधन भित्रिएका थिए। गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनाभित्र ६ सय ४५ वटा अर्थात् ५८.४७ प्रतिशत बढी विद्युतीय सवारी साधन आयात भएको छ। विभागको तथ्यांकले गत आर्थिक वर्षभरिमा आयात भएका विद्युतीय सवारी साधनको हाराहारी विद्युतीय सवारी साधन पछिल्लो ६ महिनाभित्र आयात भएको देखाउँछ। विभागका अनुसार गत आवको वर्षभरिमा १८ सय ७ वटा विद्युतीय सवारी साधन आयात भएका थियो।

कर वृद्धिले सवारी साधनको आयात घट्यो

सरकारले चालु आवको बजेटमा तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको थियो। त्यसैगरी ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको अन्तःशुल्क ४५ बाट बढाएर ६० प्रतिशत पु¥याइएको थियो। जसको कारणले चालु आर्थिक वर्षको ६ महिनामा यो क्षमताका विद्युतीय सवारी साधन न्यून मात्रामा आयात भएका छन्। चालु आवकै ६ महिनाको अवधिमा दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमताका ६ वटा मात्रै चार पाङग्रे सवारी साधन नेपाल भित्रिएका छन्। सो सवारी साधन खरिद गर्न तीन करोड ५१ लाख ५० हजार रूपैयाँ लागत तिरेर खरिद गरिएको हो।

सरकारले आर्थिक ऐन मार्फत एक सय किलोदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको १५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरेर ३० प्रतिशत गराएको थियो। आर्थिक ऐन मार्फत दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी साधनको भन्सारदर ३० प्रतिशत रहेकोमा अहिले वृद्धि गरेर ४५ प्रतिशत कायम गरेको छ। त्यस्तै एक सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनमा भने अन्तःशुल्क लगाइएको छैन। चालु आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा एक सय किलोवाट क्षमताका कार÷जीप÷भ्यान १७ सय ८ वटा चार पाङग्रे विद्युतीय सवारीसाधन आयात भएका छन्। ती सवारी साधन आयात गर्दा ४ अर्ब ७३ करोड ७८ लाख रूपैयाँ खर्च लागेको छ। सोही अवधिमा एक सय किलोवाटदेखि दुई सय किलोवाट क्षमताका ३५ वटा चारपाङग्रे सवारीसाधन खरिद गर्दा १५ करोड ६१ लाख २२ हजार रूपैयाँ खर्च लागेको छ।

भन्सार विभागका अनुसार आव २०७८/७९ को ६ महिनाको अवधिमा तीन अर्ब २४ करोड ३३ लाख खर्चेर ११ सय ३ वटा विद्युतीय सवारी साधन आयात भएको थियो। गत आवको ६ महिनाको अवधिमा १५० देखि २०० किलोवाट क्षमताका ६ सय ९२ इलेक्ट्रिक कार, जीप र भ्यान छन्। ६ महिनाको अवधिमा सबैभन्दा धेरै यस्ता खालका विद्युतीय सवारी साधन आयात गरिएको थियो।  

विभागले गत वर्ष ६ सय ९२ वटा विद्युतीय सवारी आयात गर्दा दुई अर्ब १३ करोड रूपैयाँ खर्च भएको जनाएको छ। गत आवको ६ महिनामा १ अर्ब ४ करोड रूपैयाँ बराबरको सय किलोवाट क्षमताका इलेक्ट्रिक कार, जीप र भ्यान ३ सय ९६ वटा सवारी साधन आयात गरिएको थियो।सोही अवधिमा १०० देखि १५० किलोवाट क्षमताका इलेक्ट्रिक कार, जीप र भ्यान गरी १३ वटा सवारी साधन आयात गरिएको थियो। यसका लागि ३ करोड ६७ लाख रूपैयाँ खर्च भएको थियो।  

गत आर्थिक वर्षमा तीन सय किलोवाट क्षमताको दुईवटा विद्युतीय सवारी साधन आयात भएका थिए। यसका लागि दुई करोड ५६ लाख रूपैयाँ लागेको थियो। गत आवको ६ महिनाको अवधिमा २७ करोड २७ लाख रूपैयाँ खर्चेर २९ सय ५१ वटा तीनपांग्रे इलेक्ट्रिक सवारी साधन आयात गरिएको थियो। चालु आवको ६ महिनाको अवधिमा ३७ करोड ५८ लाख ६४ हजार रूपैयाँ खर्चेर ३८ सय ४८ वटा तीन पाङग्रे इलेक्ट्रिक सवारी साधन आयात भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका छन्। आव २०७७÷७८ मा भने २४९ वटा मात्रै आयात भएका थिए। अघिल्लो आवको बजेटमा विद्युतीय सवारी साधनको आयातमा लाग्ने कर घटाइएसँगै गत आर्थिक वर्षमा झण्डै ६ गुणा बढी विद्युतीय सवारी नेपाल भित्रिएका थिए।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस